नेकपाका केन्द्रीय सदस्य रणवीरलाई रिहा गर्न अदालतको आदेश

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत बम ‘रणवीर’ लाई अदालतले रिहा गर्न आदेश दिएको छ । २८ महिना पहिले गिरफ्तार परेका नेता रणवीरलाई एक लाख धरौटीमा उच्च अदालत नेपालगञ्जले रिहा गर्न आदेश दिएको हो ।

रिहाईको माग गर्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतमा एक महिनाभित्र फैसला गर्न परमादेश जारी गरेको थियो ।

नेकपामाथिको प्रतिबन्धकै अवस्थामा रणवीरलाई गिरफ्तार गरेर प्रहरीले हात हतियार, राज्यद्रोहको मुद्दा लगाएको छ । उनलाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :