नेकपा दाङले भाले चोर्ने दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझायो

नेकपा दाङले भाले चोर्ने दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझायो

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर–दंगिशरण गाउँपालिकाले स्थानीय जनताको भाले चोरेर भाग्दै गरेका दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ ।

नेकपा शान्तिनगर–दंगिशरण गाउँपालिका इन्चार्ज निर्मलको नेतृत्वमा रहेको टोलीले शान्तिनगर गाउँपालिका–१ निवासी चेप्टी घर्तीको भाले चोरेर भाग्दै गरेका बबई गाउँपालिका हापुरेस्थित दुर्गानगर टोल बस्ने युवक द्वय बिजय बिक र दिनेश बिकलाई ग ८ प ४२२८ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको इन्चार्ज निर्मलले बताए ।

नेता निर्मलले भने, “भाले चोरेर भाग्दै गर्दा नियन्त्रणमा लियौँ र प्रहरीलाई खबर गरेर बुझायौँ ।”

नेकपाले भाले चोरेर भाग्न खोजेका दुई युवकलाई झण्डै ३ घन्टा नियन्त्रणमा राखेर स्थानीय चिराघाट प्रहरी चौकीलाई बुझाएको प्राप्त समाचारमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :