नेकपा दाङद्वारा राउतप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

नेकपा दाङद्वारा राउतप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला पार्टी सदस्य वसन्त राउतका दिवंगत बुवा कुलबहादुर राउतप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको छ । घोराही उप–महानगरपालिका–२ निवासी पार्टी सदस्य बसन्त राउतका बुवा मृतक कुलबहादुर राउतको ७८ बर्षको उमेरमा दुःखद् निधन भएको थियो ।

बिहीवार रामपुरको च्यापे घाटमा भएको दाहसंस्कारमा नेकपा दाङ जिल्ला सदस्य एवम् घोराही उप–महानगर–२ इन्चार्ज चुलुवा, अखिल (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिल, नेकपा दाङ जिल्ला सदस्यहरू मोती, बिष्णु, छोटिलाल लगायत अखिल (क्रान्तिकारी) दाङ जिल्ला सचिव शरद, जिल्ला कोषाध्यक्ष चुडामणिले अन्तिम दाहसंस्कारमा सहभागी भई मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मृतक कुलबहादुरले जनयुद्धका साथै एकीकृत जनक्रान्तिमा पार्टीलाई अतुलनीय सहयोग गरेको र उहाँको निधनले पार्टीलाई ठूलो क्षति भएको नेकपा दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :