सङ्गठन विस्तारलाई तिब्रता दिँदै नेकपा धादिङ

सङ्गठन विस्तारलाई तिब्रता दिँदै नेकपा धादिङ

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङ सिद्धलेक गाउँ समितिको प्रथम भेला सम्पन्न भएको छ । बिहीबार सिद्धलेक गाउँपालिका कुम्पुर भञ्ज्याङमा सम्पन्न भएको हो ।
सिद्धलेक गाउँसमितिका इन्चार्ज जीवनको अध्यक्षता र नेकपा धादिङ जिल्ला पार्टी पुर्व इन्चार्ज तथा सेक्रेटरी सुमन क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट सुरेशको नेतृत्वमा १९ सदस्यीय गाउँ समिति गठन गरेको छ ।

जिल्ला सेक्रेटरी सुमनले जनसेवा तथा सङ्गठन विस्तार अभियान भेलालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी राज्य व्यवस्थाले मात्र वर्ग विभेदको अन्त्य गर्ने भएकोले सवै नेपाली जनता संसदीय व्यवस्थाको विकल्पमा नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादमा गोलबन्द हुन बुद्धिजीवी, मानव अधिकारवादी, पत्रकार, लेखक, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई आव्हान् गरेका छन् । उनले देशभक्त नेपाली बुद्धिजीवी प्रगतिशील शक्तिहरूले दलाल संसदीय व्यावस्थाका विरुद्ध एकजुट भएर लाग्न ढिला गर्न नहुने कुरामा जोड दिए ।

उक्त भेलालाई पार्टीका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिव सागर तामाङले भेला सफलताको शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन राजु घलेले गरेका थिए । भेलामा नेकपा धादिङ पुर्व सेक्रेटेरी प्रवेश, जिल्ला सदस्य लेखबहादुर, प्रतिक, गणेश र अभयको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :