आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले घट्यो

आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रू पाँच सयले घटेको हो ।

आइतबार प्रतितोला रू एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रू एक लाख २४ हजार पाँच सय कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य आइतबार रू एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रू पाँच सयले घटेर रू एक लाख २३ हजार नौ सय कायम भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला रू एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रू एक हजार तीन सय तीन निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :