नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेकाे हो ।

महासंघका अनुसार आइतबार  छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी  तोलामा २० रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी तोलाको १४१५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :