क्रान्तिकारी महिला सङ्गठन रामेछापको संयोजकमा सीता गौतम

क्रान्तिकारी महिला सङ्गठन रामेछापको संयोजकमा सीता गौतम

रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन रामेछापको प्रथम जिल्ला एकता भेला सम्पन्न भएको छ । भेलाले सीता गौतमलाई संयोजकमा चयन गरेको छ भने उक्त भेलाले सीता गौतमको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समितिसमेत गठन गरेको छ ।

सङ्गठनकी केन्द्रीय सह-संयोजक सारदा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला पार्टी इन्चार्ज तथा केन्द्रीय आयोजक समिति सदस्य लाङघालि मगर, जिल्ला संयोजक तथा केन्द्रीय समिति सदस्य कृष्ण सेवा, ३ नम्बर प्रदेस कार्यालय सह-सचिव झनक श्रेष्ठलगायत सहिद परिवारको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :