बुद्धिजीवी सङ्गठनद्वारा केन्द्रीय सदस्य महर्जनप्रति श्रद्धाञ्जली

बुद्धिजीवी सङ्गठनद्वारा केन्द्रीय सदस्य महर्जनप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले सङ्गठनका केन्द्रीय सदस्य रामशरण महर्जनप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । सङ्गठनका संयोजक व्यापक नेपालीले बिहीबार साँझ श्रद्धाञ्जली वक्तव्य जारी गरी महर्जनको आकस्मिक निधनले सङ्गठनलाई मर्माहत बनाएको भन्दै आफन्तजन तथा बौद्धिक क्षेत्रप्रति समवेदना प्रकट गरेका छन् ।

संयोजक व्यापक नेपालीको वक्तव्यमा भनिएको छ, ‘यस सङ्गठनका केन्द्रीय सदस्य तथा प्रगतिशील सामाजिक अभियन्ता रामशरण महर्जनको मिति २०७८/०५/१० मा भएको असामयिक निधनले हामीलाई मर्माहत बनाएको छ । यो दुःखद् अवस्थामा उहाँका श्रीमती, छोरी, छोरालगायत परिवारजन र बौद्धिक समुदायमा हार्दिक समवेदनासहित दिवंगत महर्जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । महर्जनले आफ्नो जीवनभर श्रमजीवी वर्गको हकअधिकारका लागि विभिन्न मोर्चाबाट गर्नुभएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :