मेट्रो प्लाजा निर्माणकार्य तत्काल रोक्न नेकपाको चेतावनी

मेट्रो प्लाजा निर्माणकार्य तत्काल रोक्न नेकपाको चेतावनी

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्सचोकमा निजी क्षेत्रले बनाउन लागेको भरतपुर मेट्रो प्लाजा निर्माणको बाँकी काम अगाडि नबढाउन नेपाल कम्युनिस्ट पार्टीले चेतावनी दिएको छ ।

नेकपा चितवनका सेक्रेटरी मीनप्रसाद सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा साना तथा मझौला व्यवसायीहरूलाई नकारात्मक असर पुर्याउने गरी कमिसनको खेलमा कर्पोरेट पुँजीलाई राज्यको सम्पत्ति सुम्पिने काम भरतपुर महानगरबाट भएको भन्दै यो कार्यलाई तुरुन्त रोक्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लायन्सचोकको पुरानो तरकारी बजारमा बहुउद्देश्यीय भवन निर्माण गरी सञ्चालन गर्न ३० वर्षका लागि लिजमा सम्झौता गरी राज्यको स्वामित्वमा रहेको ११ कट्ठा जमिनमा भवन सिलान्याश गरिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । महानगरपालिका आफैँले निर्माण नगरी नाटकीय प्रतिस्पर्धाका नाममा निजी कम्पनी आर्या बिल्डर्स इन्जिनियरिङ प्रालिलाई दिने कार्य भएकोमा हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ ।’

विज्ञप्तिमा साना तथा मझौला व्यवसायीहरूलाई नकारात्मक असर पुर्याउने गरी कमिसनको खेलमा कर्पोरेट पुँजीलाई राज्यको सम्पत्ति सुम्पिने यसप्रकारको निर्णय तत्काल रोकी जनसरोकारवालाहरूसँग छलफल गरी नयाँ प्रक्रिया अगाडि बढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :