जनस्वास्थ्य शिविर सञ्चालन

जनस्वास्थ्य शिविर सञ्चालन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं २ मा रहेको श्री आनन्द माध्यमिक विद्यालय कृष्णगन्जको प्राङ्गणमा बुधवार जनस्वास्थ्य सेवा शिविर सञ्चालन गरेको छ ।

शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँलगायत विभिन्न रोगको परीक्षण र लक्षण पहिचान गरी त्यसबाट बच्ने उपायसम्बन्धी परामर्शका साथै सिटामोल, प्यान्टापराजोल, जिङ्क ट्याब्लेट, भिटामिन बी, सी, डी, क्याल्सियम, डिकोल्ड, निम्स, सिप्रोल्लाक्सासिन, अल्ट्रासिड, एन्टिएलर्जिक, मेट्रोनिडाजोल, एन्टिफङ्गल, एन्टिब्याक्टेरिएल, साइनेक्स, जीवनजललगायत विभिन्न औषधी, ११ लिटर सेनिटाइजर र १००० थान सर्जिकल मास्कसमेत वितरण गरिएको थियो ।

थर्मल गनद्वारा २१० जनाको ज्वरो मापन गरिएको उक्त शिविरको सहजीकरण जनस्वास्थ्यकर्मी महासङ्घका फिजियो थेरापिस्ट भूमिप्रसाद उपाध्याय र अहेव आशा सहकारीले गरेका थिए ।

कार्यक्रममा वितरित औषधी र स्वास्थ्य सामग्रीहरू जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका कार्यालय सुर्खेत र औषधी व्यवसायी सङ्घ सुर्खेतबाट प्राप्त भएको जानकारी महासङ्घले दिएको छ । शिविरमा सहभागीले सरकारले लकडाउन मात्र नगरेर जनताको जीवनरक्षाका लागि विभिन्न राहत प्याकेज कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :