अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सहिदहरूको स्मृतिमा रक्तदान

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सहिदहरूको स्मृतिमा रक्तदान

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले बुधबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तौलिहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केपी ओली सरकारले लगाएको प्रतिबन्धविरुद्धको सङ्घर्षमा सहादत प्राप्त गरेका विद्यार्थी नेता प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको स्मृतिमा सङ्गठनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीलगायत विद्यार्थी नेता–कार्यकर्ताको उपस्थिति रहेको सङ्गठनले जनाएको छ । कोरोना महामारीका कारण रगतको अभाव भई बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको सङ्गठनका जिल्ला अध्यक्ष क्षेत्रीले बताए । सङ्गठनले कोरोनाविरुद्धको विद्यार्थी अभियानअन्तर्गत विभिन्न चरण्मा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :