महिला सङ्गठनद्वारा सन्तोषी पाण्डेप्रति श्रद्धाञ्जली

महिला सङ्गठनद्वारा सन्तोषी पाण्डेप्रति श्रद्धाञ्जली

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले महिला नेत्री सन्तोषी पाण्डेको निधनप्रति दुःख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संगठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले आज शोक वक्तव्य जारी गर्दै कपिलवस्तु जिल्ला शिवराज नगरपालिका खरेन्द्रपुर निवासी लामो समयदेखि महिला आन्दोलन र माओवादी आन्दोलनमा सक्रिय, जुझारु महिला नेत्री सन्तोषी पाण्डेको कोरोनाका कारण २०७८ साल जेठ १२ गते भीम अस्पताल भैरहवामा असामयिक निधन भएको जानकारी गराउँदै मृतक पाण्डेप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् । पाण्डेको महिला आन्दोलन र सामाजिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको पनि शोक वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :