अखिल नेपाल शिक्षक संगठन सुर्खेतको बैठक सम्पन्न

सुर्खेत : अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति सुर्खेतको बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संगठनको एकाई र एरियाको भेला बैठक देखि जिल्ला सम्मेलन पनि सम्पन्न गर्ने, गठन पुनर्गठन गर्ने, माग पत्र निर्माण गरि स्थानीय तह र जिल्लामा बुझाउने, ‘वर्तमान शिक्षा र पेशागत समस्या’ बिषयक अन्तरक्रिया सञ्चान गर्ने लगायतका निर्णय गरिएको उक्त बैठकमा बोल्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य पुर्णसिंह ठकुरीले वर्तमान शैक्षिक, पेसागत र राजनीतिक समस्या उत्पन्न भएर देशमा संकट आएको बेला शिक्षक साथीहरुले आ–आफ्नो भुमिका आँफै खोजेर क्रियाशील हुनुपर्ने जरुरी रहेको बताए ।

विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका सचिव यामराजले जनताको बलमा संसदवादलाई फालेर एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्न पार्टीले सरकारसँग सहमति गरेको बताए ।

एक दर्जन शिक्षकको सहभागितामा कार्यक्षेत्र बाँडफाँड कोटा लेवी र जिल्ला सम्मेलन गर्ने निर्णय गरेको उक्त बैठकको अध्यक्षता जिल्ला अध्यक्ष हरिलाल महताराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :