माइला लामाको नयाँ गीतिएल्बम ‘दुख्छ कालापानी’ छिट्टै सार्वजनिक हुँदै

काठमाडौँ : नेपालको जनसाङ्गीतिक क्षेत्रका चर्चित एवम् लोकप्रिय कलाकार तथा नेपाल कम्युुनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष माइला लामा लामो समयदेखि विभिन्न जिल्ला हुँदै यतिबेला सङ्खुवासभामा जेलजीवन बिताइरहनुभएको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदै सहमतिअनुसार जनताका प्रिय कलाकार माइला लामा यथाशीघ्र जेलमुक्त हुने अपेक्षा गरिरहँदा उनै माइला लामाको नयाँ गीतिएल्बम ‘दुख्छ कालापानी’ छिट्टै सार्वजनिक हुन लागेको हो ।

आमा, मालकोटे, जाग नौजवान, दिनेछु भन्थ्यो, जरैदेखि, झिसमिसेमा, नजाऊ विदेश, कोही भन्छ जीवन, अवसरवाद, देशको मुहारजस्ता झन्डै एकदर्जन महत्वपूर्ण गीतहरूको सँगालोको रूपमा आउन लागेको प्रस्तुत गीतिएल्बममा विभिन्न चर्चित गायकहरूद्वारा सुमधुर स्वरबद्ध गरिएको छ । माइला लामाले उक्त शीर्षगीत ललितपुरस्थित नख्खुजेलमा सिर्जना गर्नुभएको थियो । प्रस्तुत छ– चर्चित गायक राजेशपायल राई र साथीहरूको स्वर तथा माइला लामाको शब्द÷सङ्गीत रहेको ‘दुख्छ कालापानी’ शीर्षगीत :

दुख्छ कालापानी
देब्रे छाती दुख्छ मेरो दुख्दा कालापानी
आँखाभरि सलबलाउँछ युगको नालापानी

मानेभञ्ज्याङ दुख्छ उस्तै सुस्ता महेशपुर
आजादीको आशमा छिन् रे मेरी लिम्पियाधुरा
झस्किन्छन् रे सगरमाथा पनि बारम्बार
यो धर्तीमा हुने हो कि बुद्धको नि हार
देब्रे छाती …

दुनियाँलाई चकित पार्ने यी गोर्खाली वीर
मैं हुँ भन्ने झुक्दा हाम्रो नझुकेको शिर
मिचाहाको सामु नेपाल हार कहाँ खान्छ
स्वाभिमानको झन्डा बोकी कालीसम्मै जान्छ
देब्रे छाती … ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :