वुद्धिजीवी संगठनको सातौँ राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न

काठमाडौँ : नेपाल राष्ट्रिय वुद्धिजीवी संगठन केन्द्रीय समितिको बैठक फ्याक्सन इन्चार्ज तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माको उपस्थितिमा शनिबार काठमाडौँमा सम्पन्न भएको छ । शर्माले समसामयिक विषयमा मन्तव्य राख्दै सदस्यहरुका जिज्ञासाको अन्तरक्रियात्मक सम्वोधन गरेका थिए ।

बैठकले महासचिव व्यापक नेपालीले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्दै बिराटनगर, जनकपुर, विरगञ्ज, हेटौडा, काठमाडौँ, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढीलगायतका स्थानमा “राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने निर्णय गरी संयोजन कर्तासमेत तोकेको छ ।

सो बैठकले व्यापक नेपालीको संयोजकत्वमा १०१ सदस्यीय सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिको चयन गरेको छ । संगठनले देशभरका वुद्धिजीवी, शुभचिन्तक तथा सम्पूर्ण जनसमुदायलाई सातौँ राष्ट्रिय सम्मेलन सफल बनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :