जनकपुर व्युरोद्वारा धमलाको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

जनकपुर व्युरोद्वारा धमलाको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका जनकपुर व्युरो इन्चार्ज अरुणले पार्टीका व्युरो सदस्य तथा उत्पादन विभाग प्रमुख अमर धमलाका बुवा तथा नेपाल कम्युनिस्ट आन्दोलनका महत्वपूर्ण सहयोगी नरबहादुर धमलाको निधनप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । फागुन २६ गते बुधबार असामयीक निधन भएको थियो । व्युरो इन्चार्ज अरुणले शनिबार विज्ञप्तिमार्फत शोकाकुल अमर धमलागायत परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

व्युरो इन्चार्ज अरुणले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरो सदस्य तथा उत्पादन विभाग प्रमुख क.अमर धमलाका बुवा तथा नेपाल कम्युनिस्ट आन्दोलनका महत्वपूर्ण सहयोगी क.नरबहादुर धमलाको यहि मिति २०७७/११/२६ गते बुधबार असयामिक निधनले हाम्रो पार्टीलाई दुःखी र मर्माहित बनाएको छ । सर्वप्रथम यस दुःखद घडिमा धमलाप्रति हार्दिक श्रदाञ्जली र शोकाकुल प्ररिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :