साम्राज्यवादको नयाँ रूप र नेपाल

साम्राज्यवादको नयाँ रूप र नेपाल

पुँजीवादसम्बन्धी कार्ल माक्र्सले बसालेको सैद्धान्तिक अवधारणामा टेकेर सबैभन्दा पहिले भीआई लेनिनले साम्राज्यवादसम्बन्धी अवधारणा वैज्ञानिक र ठोस रूपमा प्रस्तुत गर्नुभयो । पहिलो विश्वयुद्धको पृष्ठभूमि र पुँजीवादी देशहरूको आपसी लुछाचुँडी चलिरहेको परिवेशमा ‘साम्राज्यवाद पुँजीवादको उच्चतम चरण’ भन्ने लेनिनको कृति सन् १९१६ मा प्रकाशित भएपछि पुँजीवादको विकसित रूपमा साम्राज्यवादलाई बुझ्न थालियो । पुँजीको केन्द्रीकरण गर्ने, भूगोल कब्जा र कच्च पदार्थमाथि प्रभुत्व कायम गर्ने तथा बजार विकास र विस्तार गर्ने क्रममा साम्राज्यवादको विकास हुन पुगेको पाइन्छ । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध यही उद्देश्यका लागि खासमा पुँजीवादी शक्तिहरूले सञ्चालन गरेका थिए ।

उत्पादन र पुँजीको अति केन्द्रीकरण, औद्योगिक पुँजी र वित्तीय पुँजीको मिश्रणमा वित्तीय पुँजीको जगमा एउटा वित्तीय अल्पतन्त्रको उदय, अन्तर्राष्ट्रिय एकाधिकारवादी सङ्घको निर्माण, सर्वाधिक प्रभुत्वशाली पुँजीवादी देशहरूबीच विश्वको क्षेत्रगत भागबन्डा, वस्तुको निर्यातभन्दा भिन्न पुँजीको निर्यात र उत्पीडित राष्ट्रहरूमाथिको शोषण साम्राज्यवादको मूल विशेषता हो । आजभन्दा १०४ वर्षअघि लेनिनले भनेका कुराहरू आजको दिनमा पनि उत्तिकै सान्दर्भिक देखिन्छन् । हुनत साम्राज्यवादको विकास लेनिनको समयभन्दा धेरै अघि पुगिसकेको छ तर यसले आफ्नो शोषणकारी र दमनकारी चरित्रमा परिवर्तन गरेको छैन केवल लुट्ने उपाय र रूपमा परिवर्तन गरेको छ । खासगरी १९८० को दशकदेखि नवउदारवाद र भूमण्डलीकरणको प्रक्रियासँगै साम्राज्यवाद माक्र्सवाद र कम्युनिस्ट आन्दोलनविरुद्ध सोझै वैचारिक र फौजी आक्रमण, सूचना–सञ्चारको अधिकतम प्रयोग गरी सांस्कृतिक साम्राज्यको विस्तार, लालझन्डाविरुद्ध लालझन्डाको प्रयोग, कम्युनिस्ट आन्दोलनविरुद्ध गैरसरकारी संस्थाहरूको परिचालनजस्ता हतियारहरूमार्फत आगाडि आयो ।

नेपाल सानो, भूपरिवेष्ठित र अति कम विकसित मुलुक भए पनि इतिहासमा कहिल्यै कुनै साम्राज्यको प्रत्यक्ष उपनिवेश नभएको मुलुक हो । नेपाल इतिहासमा कसैको पराधीन भएन र आजसम्म स्वाधीन भएर पनि बाँच्न पाएको छैन । भौगोलिक हिसाबले दुई विशाल भूगोल र जनसङ्ख्या तथा फरक राजनीतिक विचार र व्यवस्था अँगालेका देशहरूका बीचमा हुनु, अमेरिका र युरोपियन युनियनहरूको दृष्टि पनि यही क्षेत्रमा पर्नु, चीन विश्वको उदाउँदो आर्थिक र सैन्य शक्ति हुनु, नेपालमा बलियो कम्युनिस्ट जनमत हुनुजस्ता विशेषताहरूले नेपाल सामरिक महत्व बोकेको मुलुक हो ।

आजको २१ औँ शताब्दीको साम्राज्यवाद हिजोको पहिलो विश्वयुद्धताकाका बेलायत, जर्मनी र दोस्रो विश्वयुद्धताकाका अमेरिका, जापानजसरी प्रत्यक्ष रूपमा हतियार र सेना लिएर आफ्नो उपनिवेश निर्माणका लागि लड्दैन । आजको साम्राज्यवाद उत्तरसाम्राज्यवादमा विकास भएको छ । यसले त आर्थिक रूपमा नवउदारवाद, राजनीतिक रूपमा बहुलवाद, जनतामा भ्रम उत्पन्न गर्नका लागि मानवअधिकार, प्रजातन्त्र, प्रेस स्वतन्त्रता, बहुआयामिक संस्कृति, गरिब देश र जनताका लागि अनुदान, विश्वशान्तिका लागि अन्तर्राष्ट्रिय मञ्चजस्ता विषयहरू एकातिर देखाउँछ भने अर्कोतिर अन्तरमहादेशीय क्षेप्यास्त्र, हाइड्रोजन बम, उच्चस्तरीय तालिम प्राप्त जासुस र सैन्य जनशक्तिको वृद्धि, सुरक्षा संवेदनशीलताका नाममा अन्तरिक्ष कब्जाजस्ता सैन्य रणनीतिका विषयहरूलाई अगाडि बढाउने र एकले अर्कालाई थ्रेट गर्ने तथा साना, अविकसित र गरिब मुलुकहरूलाई आफ्नो प्रभावमा राख्ने काम गरिरहेको छ ।

नेपाल सानो, भूपरिवेष्ठित र अति कम विकसित मुलुक भए पनि इतिहासमा कहिल्यै कुनै साम्राज्यको प्रत्यक्ष उपनिवेश नभएको मुलुक हो । नेपाल इतिहासमा कसैको पराधीन भएन र आजसम्म स्वाधीन भएर पनि बाँच्न पाएको छैन । भौगोलिक हिसाबले दुई विशाल भूगोल र जनसङ्ख्या तथा फरक राजनीतिक विचार र व्यवस्था अँगालेका देशहरूका बीचमा हुनु, अमेरिका र युरोपियन युनियनहरूको दृष्टि पनि यही क्षेत्रमा पर्नु, चीन विश्वको उदाउँदो आर्थिक र सैन्य शक्ति हुनु, नेपालमा बलियो कम्युनिस्ट जनमत हुनुजस्ता विशेषताहरूले नेपाल सामरिक महत्व बोकेको मुलुक हो । त्यसैले यस क्षेत्रमा साम्राज्यवादी र उत्तरसाम्राज्यवादी शक्तिहरू विभिन्न ब्यानरमा आफ्नो उपस्थितिलाई बलियो बनाउन चाहन्छन् । निम्नरूपमा साम्राज्यवादीहरूले नेपालमा आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेका छन् :

१. जासुस र गुप्तचरमार्फत

साम्राज्यवादी शक्तिहरूले आन्तरिक सूचना सङ्कलनका लागि आफ्नो गुप्तचर विभागमार्पmत उच्च तालिमप्राप्त जनशक्ति त प्रयोग गरेकै हुन्छन्, कतिपय विशेष सन्दर्भमा नेपाली नागरिकताधारी दलालहरूलाई समेत आर्थिक सुविधा दिएर सूचना स्रोतका रूपमा प्रयोग गरिरहेका छन् भन्ने कुरा राजनीतिक विश्लेषक भरत दाहाल, पुराना कम्युनिस्ट नेता नारायणमान बिजुक्छे, प्राध्यापक डा.सुरेन्द्र के.सी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलगायतले खुलमखुल्ला भनिरहेका छन् । यस्ता देशद्रोही अपराधीहरूले गर्दा नै नेपालको गोपनीयता बच्न सकेको छैन । मन्त्रिपरिषद्को निर्णय पनि उनीहरूकै हातमा पुगिहाल्ने भन्ने विषय सामान्य छैन । साम्राज्यवादी र उत्तरसाम्राज्यवादी शक्तिहरूले आन्तरिक तथा बाह्य सुराकी परिचालन गरेर नेपाललाई सूक्ष्म नियन्त्रण गर्ने प्रयत्न गरिरहेका छन् ।

२. राजनीतिक दलालहरू खडा गरेर

प्रत्यक्ष रूपमा सैन्य उपस्थिति गराएर आफ्नो अर्थराजनीति लागू गर्न नसक्ने आजको वर्तमान बहुध्रुवीय विश्वमा साम्राज्यवादले सम्बन्धित देश र क्षेत्रमा आफ्नो अनुकूलका राजनीतिक एजेन्टहरू तयार गर्ने गर्दछ । आफ्नो अनुकूलको राजनीतिक नेतृत्व, आफ्नो अनुकूलका नियम–कानुन, आफ्नै अनुकूलको सुरक्षायोजना र कर्मचारीतन्त्रको निर्माण गरेर साम्राज्यवादी हस्तक्षेपलाई स्वीकार्य गराउने नयाँ तरिका साम्राज्यवादले अवलम्बन गरेको छ । नेपालको पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमलाई सरसर्ती सीधा तरिकाले मात्र हेर्ने हो भने पनि राष्ट्रिय नेताहरूले एक–अर्कालाई विदेशी दलाल घोषणा गरिरहेका छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा वलीले आफ्नै पार्टीका सहयोद्धाहरूलाई भारतीय दलाल भन्दै आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको भन्नुले झनै यो तर्कलाई पुष्टि गर्दछ । नेपालमा साम्राज्यवादले आफ्ना प्रवक्ताहरू निर्माण गरेर राजनीतिक क्षेत्रमार्फत, सुरक्षा र कर्मचारीतन्त्रका उच्च तहका हाकिमहरूलाई समेत प्रभावमा पारेर नेपाली अनुहार भएका तर विदेशी मन भएकाहरूमार्फत नै आफ्नो उद्देश्य पूरा गर्न लागिपरिरहेको छ ।

नेपालका बहालवाला र पूर्वप्रधानमन्त्री र मन्त्रीहरूलाई होली वाइनमा सहभागी गराएर प्रभुको प्रसाद खुवाउनसमेत साम्राज्यवादीहरू सफल भएका छन् । यसरी नेपाललाई आफ्नो अनुकूलताको धार्मिक प्रभावमा राखी सूक्ष्म व्यवस्थापन गर्न साम्राज्यवादीहरू लागिपरेका छन् भने धार्मिक द्वन्द्व/विस्फोटको सम्भावनासमेत बढेको छ ।

३. ऋण र अनुदानमार्फत

नेपालमा साम्राज्यवाद प्रवेश गर्ने अर्काे सजिलो ढोका भनेको अर्थ–राजनीति हो । साम्राज्यवादी शक्तिहरूले आफ्नो स्वार्थ कार्यान्वयन गराउनका लागि विभिन्न सर्तसहित सहुलियत ऋण र अनुदान उपलब्ध गराउने गरेका छन् । विशेष गरेर तेस्रो विश्वका देशहरूमा साम्राज्यवादले आर्थिक प्रभावमा आफ्नो रणनीतिक उद्देश्य पूरा गर्ने संयन्त्र तयार गर्ने गर्दछ । आफूले भनेका क्षेत्र र शीर्षकमा अनुदान रकम खर्च गर्नुपर्ने, पुँजीवादी साम्राज्यवादी विचारलाई प्रोत्साहन गर्नुपर्ने, समग्रमा भन्दा साम्राज्यवादी हैकम र शोषणलाई स्वीकार गर्नुपर्ने सर्तमा साम्राज्यवादी शक्तिहरूले अनुदान दिने गरेका छन् । नेपालको राष्ट्रिय बजेट निर्माणमा समेत यसको प्रभाव पर्ने गरेको छ । कुल बजेटको आयको करिब आधा हिस्सा अनुदानमार्फत आउने अनुमानका आधारमा बजेट निर्माण गरिन्छ भने सबै सर्त स्वीकार गरेर अनुदान लिनलाई सरकार तयार हुने गरेको छ । साम्राज्यवादीहरूका प्रमुख आर्थिक संस्थाहरू विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता वित्तीय संस्थाहरूले र स्वयम् शक्ति राष्ट्रहरूले पनि सर्तसहित अनुदान र ऋण उपलब्ध गराउने गरेको पाइन्छ । नेपालले आफ्नो कुल बजेटभन्दा बढी त ऋण मात्र तिर्नुपर्ने भएको छ भने पछिल्लो अनुदानको उदाहरणका रूपमा अमेरिकी अनुदान परियोजना एमसीसीलाई लिन सकिन्छ जसमा नेपालको राष्ट्रियतासमेत कमजोर हुने सर्तहरू छन् भनिएको छ । नेपालको त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयहरूमा समेत विश्वविद्यालय अनुदान आयोगमार्फत लगानी गरेर आफ्नो अनुकूलताको शैक्षिक नीति निर्माणमा साम्राज्यवाद अघि बढेको छ । सरकारी क्याम्पसहरूलाई स्वायत्ततामा लैजाने, गुणस्तरका नाममा आफ्ना कामदार उत्पादन गर्ने खालको पाठ्यक्रम तयार गर्ने सर्तमा लगानी गरिरहेको तथ्य आज पनि कसैबाट लुकेको छैन ।

४. निगम पुँजीमार्फत

पुँजीवादी साम्राज्यवादी शक्तिहरूले प्रत्यक्ष सैन्यबल प्रयोग गरेर भूगोल र बजार कब्जा गर्न नसक्ने वर्तमान परिस्थितिमा लुटखसौटको एक नयाँ रणनीति बहुराष्ट्रिय निगम पुँजी हो । सेना र हतियारबिना, आफ्नो प्रत्यक्ष भौतिक उपस्थितिबिना भूमण्डलीकृत विश्वव्यवस्थामा आफ्नो पुँजी र प्रविधिलाई परिचालन गरेर अर्थ–राजनीति संकेन्द्रित गर्ने तरिका हो निगम पुँजीवाद । नेपालको राष्ट्रिय अर्थतन्त्र र उत्पादनलाई धराशयी बनाएर बहुराष्ट्रिय कम्पनी र उसकै उत्पादनलाई नेपालको सबै क्षेत्रमा स्थापित गर्ने योजनाका साथ अहिले निगम पुँजीको विस्तार भएको छ । बीचमा आफ्ना सामान बेच्ने केही व्यापारिक एजेन्टहरू तयार गरेर पूरा बजार कब्जा गर्ने दिशातिर अगाडि बढेको निगम पुँजीवादले स्थानीय उत्पादनलाई पनि विस्थापन गरिदिएको छ । अहिले गाँउगाँउमा कोक, फ्यान्टा पुग्नु र गाईभैँसीको दूध र महीलाई विस्थापित गर्नु, वर्षभरि मोटर चल्न नसक्ने ग्रामीण गाउँबस्तीमा पनि आईएमईलगायत वित्तीय संस्थाहरू पुग्नुलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । ग्रामीण क्षेत्रमा कोकाकोला, फ्यान्टा संस्कृति र आईएमई मात्र होइन, योसँगै साम्राज्यवादी संस्कृति र राजनीति पनि भित्रिएको छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा वलीले आफ्नै पार्टीका सहयोद्धाहरूलाई भारतीय दलाल भन्दै आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको भन्नुले झनै यो तर्कलाई पुष्टि गर्दछ । नेपालमा साम्राज्यवादले आफ्ना प्रवक्ताहरू निर्माण गरेर राजनीतिक क्षेत्रमार्फत, सुरक्षा र कर्मचारीतन्त्रका उच्च तहका हाकिमहरूलाई समेत प्रभावमा पारेर नेपाली अनुहार भएका तर विदेशी मन भएकाहरूमार्फत नै आफ्नो उद्देश्य पूरा गर्न लागिपरिरहेको छ ।

५. धर्ममार्फत

जनसमुदायलाई भ्रमित पारेर अथवा भुलाएर शासन गर्ने एउटा गतिलो हतियार धर्म हो । सामन्तवादले धर्मकै आडमा आफ्नो राजनीति टिकाएको थियो भने आजको पुँजीवादी साम्राज्यवादले पनि धार्मिक प्रभावमार्फत नै आफ्नो शोषणकारी अभियानलाई अगाडि बढाएको छ । विभिन्न धार्मिक सम्प्रदायहरूका बीचमा अन्तरविरोध उत्पन्न गरेर, एउटै धर्मभित्र पनि विभिन्न शाखाहरूबीच भिडन्त गराएर र आफ्नो धार्मिक साम्राज्यलाई विस्तार गरेर साम्राज्यवाद र उत्तरसाम्राज्यवाद नेपालजस्ता मुलुकहरूमा पुगेको छ । विशेष गरेर भारतीय सत्तासीन पार्टी भारतीय जनता पार्टी नेपाललाई हिन्दु राज्यका रूपमा पुनस्थापना गर्न चाहन्छ । भारतीय साम्राज्यवाद नेपाल विश्वको एक हिन्दु राज्य भए त्यसका लागि जुन राजनीतिक विचार बोकेका सत्तामा आए पनि फरक नपर्ने गरेर आफ्नो गतिविधि तीव्र बनाइरहेको छ । हिन्दु यवक सङ्घ, शिव सेना नेपाल, राजतन्त्रका पक्षधरका अभियानहरूजस्ता सङ्गठनहरूमार्फत भारत नेपालमा धार्मिक प्रभुत्व स्थापना गरेर धर्म–राजनीतिलाई अगाडि बढाउन खोजिरहेको छ । त्यसैगरी पश्चिमाहरू पनि क्रिस्चियन धर्मको विस्तारसँगै नेपालमा आफ्नो राजनीतिक प्रभाव बढाउन चाहन्छन् । धर्मकै आडमा नेपालको दूरदराजमा पुगेर उनीहरूले जनताको सामाजिक मनोविज्ञानमा खेलबाड गरिरहेका छन् । नेपालका बहालवाला र पूर्वप्रधानमन्त्री र मन्त्रीहरूलाई होली वाइनमा सहभागी गराएर प्रभुको प्रसाद खुवाउनसमेत साम्राज्यवादीहरू सफल भएका छन् । यसरी नेपाललाई आफ्नो अनुकूलताको धार्मिक प्रभावमा राखी सूक्ष्म व्यवस्थापन गर्न साम्राज्यवादीहरू लागिपरेका छन् भने धार्मिक द्वन्द्व/विस्फोटको सम्भावनासमेत बढेको छ ।

६. गैरसरकारी संस्थाहरूमार्फत

साम्राज्यवादी शक्तिहरूले सञ्चालन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको वार्षिक रूपमा आउने खर्बौं बजेट नेपाल विकासका लागि होइन, नेपालीको सीप र जाँगरलाई भुत्ते बनाउनका लागि प्रयोग भइरहेको छ । विभिन्न पार्टीका नेता–कार्यकर्ताले सञ्चालन गरेका होऊन् वा दातृ निकायको प्रतिनिधित्व गर्ने गरेर स्थापित भएका संस्थाहरू होऊन्, सबैको उद्देश्य केही टाठाबाठा व्यक्तिहरूलाई प्रयोग गरेर सामाजिक राजनीतिक हस्तक्षेप गर्नु नै हो । आज साम्राज्यवादले एनजीओ, आईएनजीओकै आधारमा राष्ट्रिय दलालहरू खडा गरेर एकातिर राजनीतिक पार्टी, प्रशासनमा प्रभाव पारेको छ भने अर्काेतिर विकासका नाममा जनतामा भ्रम छरिरहेको छ । नेपाल दिनानुदिन खोक्रो बन्दै जानुमा यो प्रवृत्तिको पनि ठूलो भूमिका रहेको छ ।

७. भाषा र संस्कृतिमार्फत

आज साम्राज्यवादले आफ्नो भाषा र संस्कृतिलाई सबैभन्दा सभ्य र आधुनिक भन्दै विश्वव्यापी बनाएको छ । नेपालमा स्कुल, कलेजभन्दा बेसी भाषा कन्सल्टेन्सीहरूको स्थापना हुनु यसको एउटा गतिलो उदाहरण हो । त्यसैगरी नेपालका परम्परागत संस्कृतिहरू वा मौलिक पहिचान बोकेका चाडपर्व, जात्रा, भेषभूषाहरूसमेत विस्तारै लोप हुने अवस्थामा पुग्नु र अङ्ग्रेजी नयाँ वर्ष, क्रिसमसजस्ता पर्वहरू निकै हर्षबढाइँका साथ मनाइने गरिनु पनि साम्राज्यवादी प्रभाव हो ।

आज साम्राज्यवादले लुटको मन्त्र त बदलेको छ नै तर आफ्नो मिसन बदलेको छैन । नेपाल कहिल्यै साम्राज्यवादको प्रत्यक्ष उपनिवेश त भएन तर स्वाधीन भएर पनि पराधीन बन्न बाध्य बनाइएको छ । नेपाली शासकहरूले आफ्नै देशलाई साम्राज्यवादी शक्तिहरूको क्रीडास्थल र प्रयोगशालाका रूपमा सञ्चालन गरिरहेका छन् ।

८. विज्ञान र प्रविधिमार्फत

साम्राज्यवादले आजको दिनमा सबैभन्दा बढी प्रयोग गर्ने शोषणको हतियार भनेको विज्ञान र प्रविधि हो । हाम्रो पुँजी मात्र होइन, समग्र सूचनाको सङ्केन्द्रण साम्राज्यवादले गरेको छ । साम्राज्यवादी शक्तिहरू एक–अर्काको सूचना ह्याक गरी एक–अर्कालाई नाकाम बनाउन त प्रतिस्पर्धा गरिरहेका छन् । नेपालजस्ता तेस्रो विश्वका देशहरूको गोपनीयतासमेत कुनै न कुनै माध्यमबाट उनीहरूले भङ्ग गरिदिएका छन् । मोबाइल, कम्प्युटरलगायत अन्य इलेक्ट्रोनिक चिप्सहरू नेपालका गाउँगाउँमा पुगेका छन् । यी उपकरणहरूले हाम्रो दैनिकीमा सहयोगी भूमिका पनि निर्वाह गरेका छन् । योसँगै यी उपकरणहरूमार्फत साम्राज्यवादीहरूले हरेक व्यक्तिको सूचना लिइरहेका छन् । अझै फेसबुक, गुगल, ट्वीटर, यूट्युबजस्ता सामाजिक सञ्जालहरूको विकासले वर्तमान नेपालको बालकदेखि युवाहरूसम्मको मनोविज्ञानलाई बहुलठ्ठीपनमा परिणत गरिदिएको छ । यसको उपयोग कम र दुरूपयोग बढी भएकाले नयाँ पुस्तालाई एकलकाटे जीवनतर्पm धकेलिरहेको छ । तसर्थ सूचनाप्रविधि नेपाली युवाहरूको मनोविज्ञान भाँड्न, राज्यको आन्तरिक सूचना नियन्त्रण गर्न, जनतामा भ्रम छर्न बढी प्रयोग भइरहेको छ ।

निष्कर्ष

साम्राज्यवादी, उत्तरसाम्राज्यवादी शक्तिहरूले आफूभित्र केही लोककल्याणकारी सामाजिक कार्यक्रमहरू पनि लागू गर्ने र विशेष गरेर तेस्रो विश्व भनिएका देशहरूमा शोषण र उत्पीडन पनि कायम राख्ने कार्यलाई सँगसँगै अगाडि बढाएका छन् । नवउदारवाद, समावेशी प्रजातन्त्र, मानवअधिकारको मात्र नभै पशुअधिकार, संयुक्त राष्ट्रसङ्घलगायतको अन्तर्राष्ट्रिय मञ्च, अन्तर्राष्ट्रिय न्याय, औद्योगिक र विकसित भनिएका मुलुकले गरिब र साना मुलुकहरूलाई दिइने क्षतिपूर्ति र अनुदान, विश्व वातावरण सन्तुलनजस्ता विषयहरू साम्राज्यवादको देखाउने दाँत मात्र भएका छन् ।

आज साम्राज्यवादले लुटको मन्त्र त बदलेको छ नै तर आफ्नो मिसन बदलेको छैन । नेपाल कहिल्यै साम्राज्यवादको प्रत्यक्ष उपनिवेश त भएन तर स्वाधीन भएर पनि पराधीन बन्न बाध्य बनाइएको छ । नेपाली शासकहरूले आफ्नै देशलाई साम्राज्यवादी शक्तिहरूको क्रीडास्थल र प्रयोगशालाका रूपमा सञ्चालन गरिरहेका छन् । विभिन्न सहयोग नियोग, संयुक्त सैन्य अभ्यास, पर्यटन संरक्षण क्षेत्र विकास, युवा सीप तथा सशक्तीकरण तालिम आदिइत्यादि रूपहरूमा नेपाल भित्रिएको साम्राज्यवादले कुनै समयमा इस्ट इन्डिया कम्पनीको रूप नलेला भन्न सकिन्न । तसर्थ साम्राज्यवादको नयाँ स्वरूपको पहिचान गरौँ र सबै देशभक्तहरूले यसको डटेर सामना गरौँ ।

(लेखक अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :