नेकपा अर्घाखाँचीद्वारा जिल्लाभरी पर्चा वितरण

नेकपा अर्घाखाँचीद्वारा जिल्लाभरी पर्चा वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले केन्द्रीय कार्यक्रम अनुसार सोमबार अर्घाखाँची जिल्लामा पर्चा वितरण गरेको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका, मालारानी गाँउपालिका, भुमिकास्थान नगरपालिका, पाणिनी गाँउपालिका, छत्रदेब गाँउपालिका र सितगंगा नगरपालिकामा पर्चा वितरण गरेको नेकपाले बताएको छ ।

पर्चा वितरण गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष नविन खड्काले सरकारले कोरोना माहामारीको बेलामा भ्रष्टाचारका श्रृखला बढाई जनताका दैनिक जीवनमा असहज भएको बताउदै त्यस्ता क्रियाकलाप रोक्नको लागि आफुहरु जनस्तरबाट लागेको बताउँदै सरकारको यो रबैया पुर्ण रुपमा नरोके आफुहरु कडा प्रतिरोध सहितका कार्यक्रम गर्ने बताएका थिए । आफुहरुले पूर्ण तया सांकेतिक स्वरुप आफुहरुले पहिलो चरणका कार्यक्रम गरेको उनले बताए ।

नेकपाले केन्द्रीय समितिले प्रकाशन गरेको पर्चा चोक–चोक, गल्ली–गल्ली, स्कुल–कलेज र सार्बजनिक स्थानमा वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :