शाहीलाई मुक्त नगरिए जिल्लाव्यापी सङ्घर्ष गर्छौं : अखिल क्रान्तिकारी

शाहीलाई मुक्त नगरिए जिल्लाव्यापी सङ्घर्ष गर्छौं : अखिल क्रान्तिकारी

बाँके : अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डीबी शाहीलाई प्रहरीले मङ्गलबार बिहान गिरफ्तार गरेको छ । अखिल (क्रान्तिकारी) भेरी–कर्णाली ब्युरोले सङ्गठनको कामको सिलसिलामा बाँकेको कोहलपुर पुगेका शाहीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति प्रकट गरेको छ । क्रान्तिकारीले विद्यार्थी हकहित र शैक्षिक क्षेत्र सुधारको अभियानमा रहेको सङ्गठनका कार्यकर्तालाई गिरफ्तार नगर्न सरकारलाई चेतावनी पनि दिएको छ ।

अखिल क्रान्तिकारीले शाहीलाई झूट्टा मुद्दा लगाएर सरकारले फसाउन खोजेको भन्दै रिहाइको माग पनि गरेको छ । शाहीलाई रिहा नगरिए जिल्लाव्यापी सङ्घर्ष घोषणा गर्ने चेतावनी पनि अखिल क्रान्तिकारीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :