युवा संगठनको कञ्चन गाउँपालिका अध्यक्षमा सुसान्त शर्मा

युवा संगठनको कञ्चन गाउँपालिका अध्यक्षमा सुसान्त शर्मा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चन गाउँपालिका वडा नं. ३ को वडा भेला सम्पन्न भएको छ । भेलाले सुसान्त शर्माको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै नेकपा रुपन्देहीका जिल्ला सचिवालय सदस्य एवम् पश्चिम कमान्ड इन्चार्ज शिशिरले समाजमा देखिएका बेथिति, विसंगति, भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध युवाहरुले संघर्ष गर्नुपर्ने भन्दै त्यसका लागि युवाहरु युवा संगठन नेपालको झण्डामुनि गोलबन्द हुनु आवश्यक भएको बताए । युवा संगठन नेपालका जिल्ला अध्यक्ष साइमनले दलाल राज्यसत्ताका विरुद्ध नयाँ वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र युवाहरुको भविष्य उज्जवल हुने भन्दै युवाहरु क्रान्तिको अग्रभागमा उभिनुपर्ने पनि बताए ।

यसैगरी अखिल नेपाल किसान संघ क्रान्तिकारी रुपन्देही जिल्ला अध्यक्ष सोमनाथले युवाहरु क्रान्तिसँगै उत्पादनसित पनि जोडिनु आवश्यक भएको बताए ।

नवनिर्वाचित कमिटीलाई शपथ तथा अविर ग्रहण कार्यक्रम समेत गरिएको थियो । सुसान्त शर्माको अध्यक्षतामा नेकपाका जिल्ला सचिवालय सदस्य एवम् पश्चिम कमान्ड इन्चार्ज शिशिरको प्रमुख आतिथ्यता र अतिथिहरु जिल्ला अध्यक्ष साइमन र किसान संघ क्रान्तिकारी जिल्ला अध्यक्ष सोमनाथ रहेका थिए भने भेलाको सञ्चालन निशान शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :