सम्पर्क मञ्चद्वारा उपत्यकामा पर्चा विरतण

सम्पर्क मञ्चद्वारा उपत्यकामा पर्चा विरतण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिले काठमाडौँका विभिन्न ठाउँमा पार्टीद्वारा प्रकाशित पर्चा वितरण गरेको छ ।

काठमाडौँका विभिन्न ठाउँहरू गृह मन्त्रालय गेट, परराष्ट्र मन्त्रालय गेट, अनामनगरको हनुमानचोक, सिंहदरबारको दक्षिण गेट, चाबहिल चोक, पुरानो बानेश्वर चोक, कमलादी चोक, मैतीदेवी मन्दिर, भारतीय दूतावासको प्रवेशद्वार अगाडि, लाजिम्पाट, लैनचौर, लैनचौर सञ्चयकोष, ठमेल चोक, सोह्रखुट्टे चोक, ठमेल, पीपल चोक र सोह्रखुट्टे पुलिस बिटअगाडि, नयाँबजार, म्हेपी, बालाजु पुल, गोंगबु चोक, सामाखुसी चोक, रानीबारी चोक, रेडन कलेजअगाडि, नेपाल पुलिसको सेतो भ्यान, सोह्रखुट्टेको बत्तीस पोखरी, नेपाल पुलिसको बोलेरो निलो गाडीमा समेत पर्चा छरिएको सम्पर्क मञ्चले जनाएको छ ।

आफ्नो पार्टीको केन्द्रीय कार्यक्रमअनुसार सोमबार काठमाडौँका विभिन्न ठाउँमा पर्चा वितरण गरिएको जानकारी जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले दिएका हुन् ।

केपी वली सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा कुठाराघात गरेपछि र कोरोना सङ्क्रमणका बिरामीहरूलाईसमेत उपचार नगर्ने निर्णय गरेपछि नेकपाले सरकारविरुद्ध सङ्घर्ष घोषणा गर्दै कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुसको कार्यक्रम सार्वजनिक गरेको थियो । सङ्घर्षको सोही कार्यक्रमअन्तर्गत सोमबार देशभर पर्चा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :