शान्तिनगर गाउँपालिका प्रथम भेला सम्पन्न, सेक्रटरीमा उद्वव निर्वाचित

शान्तिनगर गाउँपालिका प्रथम भेला सम्पन्न, सेक्रटरीमा उद्वव निर्वाचित

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) शान्तिनगर गाउँपालिका प्रथम भेला सम्पन्न भएको छ । सोमबार शान्तिनगर गाउँपालिका ५ मा भएको भेलाले उद्ववको सेक्रेटरीमा १७ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा दाङ जिल्ला पार्टी इन्चार्जले सत्ता सञ्चालनका शासकहरू नै दलाल पुँजीवादी भएको हुँदा एकपछि अर्को राष्ट्रघाती सन्धि सम्झौताहरू गरिरहेको र अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादलाई रिझाउन राष्ट्रघाती सम्झौताहरू गरिरहेको बताए । एमसीसी एसपीपी लगायतका राष्ट्रलाई अहित हुने सम्झौताहरू गरिरहेकाले दलाल सत्ता र शासकको बिकल्प खोज्नुपर्ने बताए । दलाल संसदीय सत्ताको बिकल्पमा वैज्ञानिक समाजवादी राज्य सत्ता स्थापना गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि तथा दाङ जिल्ला संयोजक बिरेन्द्रले गाउँगाउँमा भष्टाचार, अनियमितताका बेतिथिहरू मौलाई रहेकाले त्यसका बिरुद्ध नगर पार्टीले भण्डाफोर गर्दै जनताका जनजिविका समस्याहरूमा केन्द्र हुनुपर्ने बताए । नवनिर्वाचित टिमलाई शुभ–कामना दिँदै पार्टीको नीति कार्यक्रम जनताहरूलाई बुझाउन जरुरी भएको बताए । लघुवित्त, मिटर ब्याजी तस्कर र घुसखोरीहरूका बिरुद्ध पार्टीले भण्डाफोर गरेर पीडित जनताहरूलाई राहात दिनुपर्ने बताए ।

कार्यक्रममा आर्घाखाँची जिल्ला संयोजक बारुद, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य इन्दु लगायतले शुभ–कामना मन्तव्य राखेका थिए भने अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष प्रेम, युवा जनस्वयमसेवक जिल्ला उपाध्यक्ष उद्वव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता पार्टी गाउँपालिका इन्चार्ज माइकलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :