नेकपा (बहुमत) केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोको बैठक सम्पन्न

‘क्रान्तिमा सञ्चार मोर्चाको कार्यभार महत्वपूर्ण’

काठमाडौँ : नेकपा (बहुमत) केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोको पहिलो बैठक काठमाडौँमा आइतबार सम्पन्न भएको छ । ब्युरो संयोजक अशोक सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथिका रूपमा नेकपा (बहुमत) का संयोजक कञ्चन, विशेष अतिथि पार्टी प्रवक्ता सुदर्शन र अतिथिहरू पार्टी केन्द्रीय कार्यालय सदस्य दीपक, पार्टी केन्द्रीय कार्यालय सचिव एवम् केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोका इन्चार्ज प्रवीर, पार्टी सचिवालय सदस्य समरजङ्ग, पार्टी केन्द्रीय आर्थिक विभागका सदस्य राजन उपस्थित थिए ।

ब्युरो बैठकमा प्रमुख अतिथि पार्टी संयोजक कञ्चनले वर्गसङ्घर्ष र अन्तरसङ्घर्षमा सञ्चार मोर्चाको भूमिका अत्यन्त महत्वपूर्ण रहेकाले प्रचार ब्युरोले दलाल पुँजीवादविरुद्ध र वैज्ञानिक समाजवादका पक्षमा निरन्तर सङ्घर्ष गरिरहनुपर्ने बताए । पार्टीको प्रचार ब्युरोले वर्गसङ्घर्ष र अन्तरसङ्घर्षमा निर्वाह गरेको भूमिका र स्पिरिट सराहनीय र उल्लेखनीय रहेको भन्दै प्रमुख अतिथि कञ्चनले यो गति कायम राख्दै अघि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रियावादी र संसदीय संशोधनवादी दुवै शक्ति माक्र्सवादका विरोधी भएकाले क्रान्तिकारी माक्र्सवादीहरूले दुस्मन र माक्र्सवादविरोधीहरूले क्रान्तिविरुद्ध फैलाएका भ्रमणहरू तत्काल प्रतिवाद गरी वैज्ञानिक समाजवादी क्रान्तिका पक्षमा निरन्तर विचार र सञ्चार प्रवाह गरिरहनुपर्ने संयोजक कञ्चनले बताए । क्रान्तिकालमा माक्र्सवादी सञ्चार मोर्चाले प्रचारक, संगठक र आन्दोलनकर्ताको भूमिका निर्वाह गर्नुपर्ने माक्र्स, लेनिन र माओदेखिकै विश्लेषण र संश्लेषण कायमै रहेको उल्लेख गर्दे संयोजक कञ्चनले अत्याधुनिक प्रविधि र चेतानाले युक्त सञ्चारयोद्धा समयको माग रहेको बताए ।

पार्टी प्रवक्ता सुदर्शनले लेनिनले क्रान्तिकालमा आफैँ सम्पादक रहेर स्क्रा सम्पादन गरेको, कार्ल माक्र्सलदेखि माओसम्मका मुख्य दार्शनिक र नेताहरूले सञ्चारमोर्चा समालेको इतिहास स्मरण गराउँदै पार्टीको प्रचार ब्युरो र विशेषगरी केन्द्रीय प्रकाशन रातो खबरले अन्तरसङ्घर्ष र वर्गसङ्घर्षमा निर्वाह गरेको भूमिका स्क्रा र प्राब्दाकै स्तरमा रहेको बताए । विप्लव समूहको संसदीय संशोधनवादका विरुद्ध पार्टीको सञ्चार ब्युरो र रोता खबर प्रकाशन गृहले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको संश्लेषण गर्दै प्रवक्ता सुदर्शनले यो गतिलाई वैज्ञानिक समाजवाद स्थापना होउन्जेल कायम राख्नुपर्ने बताए ।

प्रवक्ता सुदर्शनले पार्टीका सबै नेता–कार्यकर्ताले आन्दोलनको दायित्व र जिम्मेवारी महसुस गर्दै सिर्जनाका माध्यमबाट विचार प्रवाह गर्नुपर्ने र निरन्तर देश, जनता र क्रान्तिका विषयमा लेखहरू लेखिरहनुपर्ने धारणा राखे ।

बैठकमा ब्युरो संयोजक सुवेदी, सदस्यहरू सुदृष्टि, इमानदार, प्रज्वललगायतले ब्युरोका गतिविधि, प्रकाशन र सञ्चारको अवस्था र आवश्यकताका बारेमा अनुभूतिजन्य रिपोर्टिङ गरेका थिए । बैठकले ब्युरोको विस्तार, पार्टीको सञ्चारनीति, पत्रकार मोर्चाको भेलालगायत विषयमा निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :