कोरोना सङ्क्रमित र कुरुवालाई नेकपा रुकुमपश्चिमद्वारा निःशुल्क खाना

कोरोना सङ्क्रमित र कुरुवालाई नेकपा रुकुमपश्चिमद्वारा निःशुल्क खाना

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले कोरोना सङ्क्रमित र बिरामी कुरुवालाई जिल्ला अस्पताल सल्लेमा निःशुल्क खाना खुवाउन सुरु गरेको छ ।

नेकपाका जिल्ला नेता नरेन्द्र विकको नेतृत्वमा खटिएको टोलीले शनिबारदेखि बिरामी र करुवालाई खाना र तातोपानी निःशुल्क रूपमा उपलब्ध गराएको हो ।

पार्टीले सरस्वती माध्यमिक विद्यालय सल्लेमा खाना बनाउने र सोही टोलीले प्याक गरेर जिल्ला अस्पतालसम्म पुर्याई बिरामी र कुरुवालाई खुवाउन सुरु गरेको जानकारी नेकपाका जिल्ला नेता नरेन्द्रले दिएका छन् ।

यसअघि सम्बन्धित सरोकारवालासँग पटकपटक नेकपालाई जिम्मा दिएमा निःशुल्क खाना उपलब्ध गराउने र त्यसको व्यवस्थापन नेकपा आफैँले गर्ने बताउँदै आएको थियो तर सम्बन्धित सरोकारवालाले अनुमति नदिएको भन्दै नेकपाका नेताहरूले सञ्चारमाध्यममार्फत गुनासो राखेका थिए ।

अखिल क्रान्तिकारीका निवर्तमान जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहोरा र निवर्तमान उपाध्यक्ष सोम्पाल विक भने सङ्क्रमित भई मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका छन् । यसअगाडि सम्बन्धित सरोकावालाले यस्तो अनुमति दिएका थिएनन् ।

नेकपाले निःशुल्क खाना र पानीको व्यवस्थापन गर्नुअघि अस्पतालमा रहेको क्यान्टिनले बिरामीका आफन्तको ढाड सेक्दै सादा खानाको तीन सय रुपैयाँ, पानी तताएको पचास रुपैयाँ, एक प्लेट चनाको नब्बे रुपैयाँ लिँदै आएको थियो । नेकपाको पहलमा निःशुल्क खाना र पानी प्राप्त गरेपछि बिरामी र आफन्तले खुसी प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

पहिलो चरणमा खाना खुवाउने अभियानलाई सहज गराउन मुसीकोट नगरपालिका ४ सोलाबङ्गका व्यवसायी मनकामना जुत्ता पसलका सञ्चालक किरण बुढाथोकी र ओली ब्रदर्स किराना पसलका धनबहादुर ओलीले सहयोग गरेको नेकपा रुकुम पश्चिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :