नेपालमा ७ हजार ९१४ कोरोना सङ्क्रमित थपिए, १९३ जनाको मृत्यु

नेपालमा ७ हजार ९१४ कोरोना सङ्क्रमित थपिए, १९३ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७ हजार ९१४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ७ हजार ९१४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ५ लाख १३ हजार ५५७ पुगेको छ । त्यसमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ५४६ पुगेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप १९३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ३४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :