रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा

रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा

काठमाडौँ : रियल मड्रिडले दोस्रो स्थान सुरक्षित गर्दै स्पेनिस ला लिगा सकेको छ । सिजनको आफ्नो अन्तिम खेलमा पुनरागमन जित निकाल्दै रियल मड्रिडले सुखद अन्त्य गरेको हो ।

शनिबार राति भएको खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै भिल्ला रियलमाथि २–१ गोलको जित निकालेको हो । खेलको २० औँ मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।

८७ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

रियल च्याम्पियन एट्लेटिको मड्रिडभन्दा २ अङ्कले पछि परेको छ । दोस्रो स्थानको रियलले ३८ खेलमा ८४ अङ्क जोड्यो । एट्लेटिकोले ८६ अङ्क जोडेको छ भने भिल्ला ५८ अङ्क जोडेर सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :