मेस्सीले आठौँपटक जिते पीचीची ट्रफी

मेस्सीले आठौँपटक जिते पीचीची ट्रफी

काठमाडौँ : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आठौँपटक पीचीची ट्रफी जितेका छन् । ला लिगामा यो सिजनकै सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले आठौँपटक पीचीची ट्रफी जितेका हुन् ।

बार्सिलोनालाई उपाधि दिलाउन असफल भए पनि मेस्सीले ३० गोल गर्दै पीचीची ट्रफी जितेका छन् ।

यो सिजनमा मेस्सीको टिम बार्सिलोना भने तेस्रो स्थानमा पुगेको छ । अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारेका छन् । मेस्सी बेन्जिमाभन्दा ७ गोलले अघि छन् । बेन्जिमाले २३ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :