मकवानपुरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य

काठमाडौँ : ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मकवानपुर जिल्लाको आयोजनामा सयौँ महिलाहरूको सहभागितामा भव्य रूपमा सम्पन्न भएको खबर प्राप्त भएको छ । उक्त कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मकवानपुरकी अध्यक्ष ज्योतिले गरेकी थिइन् । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका वाटर रहेको समाचारमा जनाइएको छ […]

नेपाल लगायत विश्वभरी श्रमिक महिला दिवस मनाईदै

नेपाल लगायत विश्वभरी आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । संसारभरीका श्रमजीवी महिलाहरुले आजको दिवसलाई ऐतिहासिक विजयउत्सवको रुपमा मनाउदै आएका छन् । सन् १८७५ मार्चमा अमेरिकाको गार्मेन्टमा कार्यरत श्रमिक महिलाहरूले आठ घन्टा काम, मताधिकारको अधिकार, ट्रेड युनियन अधिकार, शिशु स्याहार केन्द्रको व्यवस्था, समान शिक्षा र समान कामको माग गर्दै […]

८ मार्चको ऐतिहासिक महत्व र महिला मुक्तिको प्रश्न

प्रारम्भ संसारभरिका महिलाहरूको ऐतिहासिक दिन ८ मार्च हामीमाझ आउँदैछ । यो महिलाहरूका लागि निकै खुसीको दिन हो । विजयको दिन हो । यो दिन (८ मार्च लाई संसारभरिका महिलाहरूले अधिकार प्राप्ति र विजयको प्रतीकका रूपमा मनाउँदै आइरहेका छन् । यो दिन (८ मार्च लाई वैज्ञानिक समाजवादी वा कम्युनिस्ट विचार राख्ने महिलाहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन, […]

हिरासतको बन्द कोठाबाट ११० औँ श्रमिक महिला दिवसको शुभकामना

श्रमिक तथा उत्पीडित महिलाहरूको सङ्घर्षशील गौरवको गाथा बोकेको विद्रोह र एकताको प्रतीकका रूपमा स्थापित श्रमिक महिला दिवस हो ८ मार्च । विश्वभरिका महिलाहरूले आआफ्नो वर्ग–पक्षधरताअनुसार यो दिवस मनाउँदै आएका छन् । शासकवर्गीय दृष्टिकोणबाट निर्देशित डलरवादी महिलाहरूले यसको सङ्घर्षशील सत्यतालाई तोडमोड गर्दै आफ्नो निहित स्वार्थका लागि मनोरञ्जनको साधन बनाएका छन् । सर्वहारावर्गीय दृष्टिकोणबाट निर्देशित आमूल परिवर्तनका […]

८ मार्चकी अभियन्ता क्लारा जेट्किन

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक क्लारा जेट्किन (Clara Zetkin) को जन्म ५ जुलाई १८५७ मा जर्मनीको लिपगिजमा भएको थियो । नवसाम्राज्यवादको समयमा श्रमिक वर्गकी एक नेत्री, समाजवादी महिला आन्दोलनकी संस्थापक क्यारा जेट्किन एउटी सिद्धान्तकार र अन्तर्राष्ट्रिय कम्युनिस्ट महिला मुक्ति आन्दोलनकी अगुवा हुनुहुन्छ । उहाँ पहिलोपटक महिला मुक्तिको आवाज लिएर आन्दोलनमा आउने पहिली महिला हुनुहुन्थ्यो । […]

युरोपमा राता मान्छेहरूको मार्चपास्टबीच जनयुद्ध दिवस

पोर्चुगल : नेपाल कम्युनिस्ट पार्टीलाई केपी–पीकेमण्डलीको सामाजिक दलाल फासिवादी सरकारले लगाएको प्रतिबन्ध चिर्दै देशभर र विदेशमा पनि २५ औँ जनयुद्ध दिवस र सहिद सप्ताह साताव्यापी विविध कार्यक्रमका साथ मनाउने क्रम जारी छ । युरोपबाट प्राप्त समाचारअनुसार २५ औँ जनयुद्ध दिवस र सहिद सप्ताहका अवसरमा नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको वार्षिक साधारणसभा लिस्बन सहरमा राता मान्छेहरूले मार्च […]

श्रीलङ्काद्वारा एमसीसी खारेज

काठमाडौँ : शुक्रबार अबेर श्रीलङ्काका प्रधानमन्त्री महेन्द्रा राजपाक्षेको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले एमसीसी सम्झौता खारेज गर्ने निर्णय गरेको छ । नेपालमा जसरी नै श्रीलङ्कामा पनि एमसीसी प्रस्ताव विवादित थियो । विवाद चर्किंदै गएपछि कोलम्बो विश्वविद्यालयका उपकुलपति ललि थसिरी गुणरुवानको नेतृत्वमा ४ सदस्यीय सुझाव समिति गठन गरिएको थियो । उक्त कार्यदलले अमेरिकाद्वारा प्रस्तावित सम्झौता देशको हितको […]

दिल्लीमा प्रायोजित हिंसा

काठमाडौँ : संशोधित नागरिकता विधेयक पारित भएदेखि यताका तीन महिना भारतमा लगातार हिंसात्मक घटनाहरू बढिरहेका छन् । राजधानी दिल्लीस्थित साहिनबागमा २ महिनादेखि मुस्लिम समुदायका महिलाहरूले धर्ना दिँदै आएका थिए । त्यसको कारण दिल्लीको यातायात व्यवस्था प्रभावित थियो । बुर्का लगाएका हजाराैँ महिलाको प्रदर्शनले भारतको अन्तर्राष्ट्रिय छविसमेत नकारात्मक बन्दै गएको थियो । बङ्गलादेश, पाकिस्तन र अफगानिस्तानका […]

दिल्लीमा प्रवासी नेपाली जनसमाज भारतको घोषणा सभा

दिल्ली : शान्ती, समृद्धि, स्वाधीनता र बिकासको लागि प्रवासी नेपालीको आन्दोलन ! मुक्ति र स्वदेशमै रोजगारका निम्ति दोश्रो राष्ट्रिय सम्मेलन भब्य रुपमा सफल पारौं !! मुल नाराका साथ प्रवासी नेपाली जनसमाज भारतको दोश्रो राष्ट्रिय सम्मेलनको घोषणा सभा भव्यरुपमा सम्पन्न भएको छ । अखिल नेपाल भुमिहिन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनले भारतस्थित नेपालीहरुको संगठन […]

ग्रिसमा साम्राज्यवादविरोधी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको कडा प्रस्तुति

ग्रिसको एथेन्स सहरमा आयोजित साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिनिधि नेकपाका अन्तर्राष्ट्रिय ब्युरोका सदस्य माणिक लामाले केपी वली सरकारको फासिवादी कदमको कडा शब्दमा विरोध गरेका छन् । प्लेटो, एरिस्टोटल, पाइथागोरसलगायत इतिहासप्रसिद्ध व्यक्तित्वहरूको सहरका रूपमा चिनिने एथेन्समा आयोजित कार्यक्रममा लामाले भने, ‘नेपालमा पनि हामी साम्राज्यवादविरुद्ध लडिरहेका छौँ । नेकपाको नेतृत्वमा अमेरिकी, भारतीयलगायत साम्राज्यवादविरुद्ध यतिबेला नेपालमा तीव्र सङ्घर्ष […]