अखिल भारत प्रवासी नेपाली एकता समाज गठन

नेपाली एकता समाज र प्रवासी नेपाली एकता मञ्चबीच एकता

अखिल भारत प्रवासी नेपाली एकता समाज गठन

हरियाना (भारत) : भारतमा क्रियाशील क्रान्तिकारी कम्युनिस्ट आन्दोलनसँग निकट नेपालीहरुका दुईवटा सङ्गठन नेपाली एकता समाज र प्रवासी नेपाली एकता मञ्चबीच एकता भएर अखिल भारत प्रवासी नेपाली एकता समाज गठन भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आतिथ्यमा भारत हरियानाको सोनीपतमा असार २४ र २५ गते सम्पन्न एकता अधिवेशनले आनन्द थापाको संयोजकत्वमा ९१ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको जानकारी प्राप्त भएको छ ।

भारतभरका प्रतिनिधि भेला भएर गरिएको एकता अधिवेशनले सङ्गठनको नाम अखिल भारत प्रवासी नेपाली एकता समाज राखेको हो ।

नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच गत वैशाख १८ गते एकता अधिवेशन भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएपछि देशभित्र र देशबाहिर जवस, मोर्चाहरूको एकताअधिवेशन भइरहेको छ । यसै सिलसिलामा भारतमा दुई पार्टीमा आबद्ध सङ्गठनहरूबीच एकता भई नयाँ सङ्गठन निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :