क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुरको जिल्ला एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुरको जिल्ला एकता अधिवेशन सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नं. प्रदेश अन्तर्गत नवलपुर जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सोमबार कावासोतीमा सम्पन्न भएको छ ।

नवलपुर जिल्लाको कावासोती लुम्बिनी आदर्श डिग्री कलेजमा सम्पन्न एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले संयोजक आकाशको संयोजकत्वमा २ जना पछि थप्नेगरि ६५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ ।

कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा ४ नं. प्रदेश इन्चार्ज आजादको प्रमुख आतिथ्यता, सचिवालय सदस्य तथा ४ नं. प्रदेश संयोजक अनुकुल, सचिवालय सदस्य तथा ४ नं. प्रदेश फ्याक्सन इन्चार्ज मामा, सचिवालय सदस्य तथा युवा जनस्वयम्सेवक ४ नं. प्रदेश इन्चार्ज अनन्त र नवलपुर जिल्ला इन्चार्ज वन्दना अतिथि रहेका थिए ।

नवलपुर जिल्ला संयोजक आकाशको अध्यक्षता र सह–संयोजक विशालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा टिकाराम काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :