एमाले–माओवादी केन्द्रमा दाउपेचको कथा

 

एमाले–माओवादी केन्द्रमा दाउपेचको कथाएमाले–माओवादी केन्द्रमा दाउपेचको कथाअनिल शर्मावली–दाहाल सरकारको मन्त्री मण्डलमा दाहालका मन्त्रीहरु नै दाहाल भन्दा वलीको निर्देशनमा चल्न थालेको र प्रचण्डको अरनखटन वलीले नमानेको कारण चिढिएका प्रचण्ड दिल्लीको उक्साहटमा (हेर्दा काँग्रेसको प्रभावमा) एमाले–माके सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पुगे । भारतीय सञ्चार माध्यम र कतिपय भारतीय नेताहरुले प्रचण्डको आगमनलाई ‘हमारा आदमी आगया’ भनेका थिए । ‘दिल्लीका आदमी’ देउवा–प्रचण्डले शान्ति प्रक्रिया, संक्रमण कालको अन्त्य र विकासका लागि कांग्रेस–माके गठबन्धन लामो समय सम्म जारी रहने प्रतिबद्धता गरेका थिए । माके–कांग्रेसलाई शान्ति प्रक्रियाका मुख्य शक्ति भएको र यी दुई दलहरु नमिलिकन शान्ति प्रक्रिया पुरा नहुने बताएका थिए । त्यही नारा जनसमक्ष पेश गरेर यी दुई दलहरु स्थानीय तहको चुनावमा गए । तर चितवनमा बाहेक अन्यत्र कांग्रेसको मत माओवादी केन्द्रलाई गएन । वामपन्थी जनमत कांग्रेसको मत वामपन्थी तिर लग्नका लागि नेताको आदेश मात्र पर्याप्त थिएन । मत परिणाम सोचे जस्तो आएन । जनयुद्धको आधार क्षेत्र र बलियो पकड भनेको रोल्पा, रकुम मै कांग्रेस एमाले बलियो देखिए । त्यसले प्रदेश सभा र केन्द्रीय सभाको चुनावमा प्रचण्ड समूहको बेहाल हुने संकेत आयो । चितवनमा कांग्रेस र प्रचण्ड समूह मिल्दा पनि एमालेलाई जित्न नसकेर संसदीय व्यवस्था कै धज्जी उडाउने गरी धाँधली गर्नु पर्‍यो ।

स्थानीय तहको चुनावले एमालेलाई हिमालबाट जति तल झ¥यो उति झस्कायो । तराईमा एमाले तेश्रो, कतै चौथो भयो । सबैभन्दा कमजोर माधव नेपालको चुनाव क्षेत्र रौतहट देखियो । माधव नेपालले आफ्नो राजनीति धरापमा परेको देख्ने नै भए । वाम गठबन्धन नभएको भए माधव नेपाल, प्रचण्ड दुबै गुल्टिने थिए । त्यो चित्र चुनाव अगाडि नै उनीहरुले देखिसकेका थिए । कांग्रेस सहितको सरकारमा बसेर वाम गठबन्धनको मात्र कुरा गर्दा मतदाताले (वाम मतदाताले) पत्याउने थिएनन् । त्यसैले पार्टी एकताको प्रचार नगरी वाम गठबन्धन सार्थक हुन सक्दैनथ्यो । त्यसैले धेरै र गम्भीर छलफल नगरीकन आजैभोलि नै एमाले–माके एकता हुन्छ भने जसरी पार्टी एकताको प्रचार गरियो । विभ्रमको खेती गरेर मतदातालाई मुर्ख बनाइयो । मतदाताहरु ५ वर्षका लागि कवाडी भए । फेरि मुर्ख बनाउने नयाँ नारा खोज्दै गरौंला भन्दै वास्तविक चरित्र देखिँदैछ । 

वाम गठबन्धन र पार्टी एकताको प्रयासको पछाडि धेरै चर्चा नभएको तर कटु सत्य ओली–नेपाल गुट संघर्ष मुख्य कारक छ । एमालेमा ओली निकै बलियो भएका छन् । त्यसबाट नेपाल समूह छटपटिएको ठानिन्छ । ओलीलाई लगाम लगाउनका लागि प्रचण्ड समूहलाई ल्याउनु बाहेक नेपाल पक्षसँग अर्को विकल्प छैन । एनेकपा (माओवादी) विभाजित नहुँदा नै माधव नेपाल पक्षका कैयौँ नेताहरुले ‘हामीले ओलीलाई त नेता मानेर बसेका छौं, प्रचण्डलाई नेता मान्न के गाह्रो छ र !’ भन्ने गरेका थिए । ओलीसँग चिढिएका वामदेव गौतम नेपाल समूहमा मिसिएपछि त्यसले थप गति पायो । प्रचण्ड–नेपाल भातृत्वको रहस्य पनि त्यहीँ छ । 

वाम गठबन्धन र पार्टी एकताको प्रयास कांग्रेसको विरुद्ध भन्दा ओलीका विरुद्ध हो । यो कुरा अहिले धेरैले पत्याउने छैनन् । तर तीतो यथार्थ खुल्दै जानेछ । सहज ज्ञान र सरल ढङ्गले बुझ्न गाह्रो हुनेगरी वास्तविकता प्रकट हुँदै आएको छ । नेपाल–दाहाल र ओली समूहका बीचमा छापामर आक्रमण शुरु भैसकेको छ । ओली पक्ष एकता विरोधी देखिन चाहने कुरै भएन । त्यसैले उसले एकताको वकालत गर्दै एकता नहुने गरी काम गरिरहेको ठानिएको छ । ओली निकट नेताहरुले ५ वर्षकै लागि ओली प्रधानमन्त्री हुने र पार्टी अध्यक्ष महाधिवेशनले समाधान गर्ने अडानमा छन् । त्यो सोँच अनुसार प्रचण्डले पार्टी बुझाउँदैनन् । नेपाल र प्रचण्डले हाम्रो एकता भाँड्ने षड्यन्त्र भएको छ भन्दै अन्यत्र भनेझैँ गरेर ओली पक्षलाई धम्क्याउन थालेको छ । प्रचण्ड पक्ष र एमालेको नेपाल पक्ष प्रम, पार्टी नेतृत्व आलो पालो गरेर भएपनि पार्टी एकता गर्नुपर्ने पक्षमा सार्वजनिक रुपमा नै बोल्न थालेको छ । अहिले बजारमा पार्टी एकताको विषयलाई लिएर एमालेको ओली र नेपाल फुट्ने त्यसपछि नेपाल–दाहाल एकता भएर देउवाको समर्थनमा सरकार बन्ने चर्चा चल्न थालेको छ । ‘वाम गठबन्धन जनादेश हो’ भन्दै फुटेर नयाँ गठबन्धन र अनपेक्षित गठबन्धन सरकार बन्न सक्छ भन्ने चर्चा दबाबका लागि चुहाएको सूचना मात्रै हो भन्नेहरु पनि छन् । तर नेपाल पक्षले जति प्रचण्ड पक्षलाई बोक्दैछ एमालेभित्र त्यो समूह त्यत्तिकै कमजोर बन्दै गएको ठानिन्छ । 

प्रचण्डको एउटा गोडा अहिले पनि दुईटा डुङ्गामा छन् । चुनावको समयमा पनि उनी देउवा प्रति नरम थिए । कांग्रेसद्वारा राष्ट्रपति समक्ष पेश गरिएको विधेयकको पक्षमा राजपा, फोरम र अहिले प्रचण्ड पुगिसकेका छन् । जति समय बित्दैछ, उति नै प्रचण्ड–देउवा निकटता बढ्दै गएको छ । माके–एमाले दूरी बढ्दैछ । एमालेका अधिकांश कार्यकर्ता र बुद्धिजिविहरु प्रचण्डप्रति विश्वस्त छैनन् । प्रचण्ड आफ्नो स्वार्थको लागि आएको हो भन्ने उनीहरु ठान्छन् । एमाले–माके पार्टी एकता नभएको खण्डमा प्रचण्डका धेरै कार्यकर्ता एमालेमा विस्तारै प्रवेश गर्ने स्थिति छ । पार्टी एकताको घोषणा गरेर पछाडि फर्किदा कार्यकर्ता डोलायमान हुनु अनिवार्य बन्छ । त्यसो हुँदा साना समूह ठूला समूहमा डोलायमान हुन जान्छन् । त्यसकारण पनि ओलीपक्ष हलचल गरेको छैन भने प्रचण्ड पक्ष छट्पटीमा परेको छ । ओलीलाई नियन्त्रित गर्न प्रचण्डलाई तानेर हौसिएको नेपाल पक्ष, चुनाव हारेर रन्थनिएको वामदेव पक्ष र स्वार्थलम्पट प्रचण्डले अप्रिय, अनपेक्षित निर्णय लिनै सक्दैनन् भन्ने छैन । तर त्यस प्रकारको स्वार्थलम्पट, प्रो इण्डियन पक्षको भविष्य भने आजको नेपालमा छैन । 

भारतीय वामपन्थी विशलेषक तथा वरिष्ठ पत्रकार आनन्द स्वरुप वर्माले निर्वाचन अगाडि नै वाम गठबन्धन र पार्टी एकताको हल्ला केवल चुनावी स्वार्थको लागि भएको ठान्छन् । ‘चुनावपछि प्रचण्ड र देउवाकै सरकार बन्ने सम्भावनालाई कसैले नकार्न सक्छ ? उनी प्रश्न गर्छन् । वर्माले प्रचण्ड–देउवा सरकार बन्दै गर्दा भारतीय सञ्चार माध्यमका टिप्पणी र दाहालद्वारा गरिएको मोदीभक्ति तथा प्रशंसा सम्झन्छन् । सरकार र पार्टी नेतृत्वमा औकातभन्दा बढी महत्व दिन ओलीपक्ष तयार देखिन्न । तर प्रचण्ड सकुनीपाशा खेल्दै औकातभन्दा बढी फाइदा लुट्ने ध्यानमा छन् । एमालेले फोरमसँगको विकल्प प्रयास गरेको खुलासा गरेर प्रचण्डले आपूmलाई कांग्रेससँगको विकल्प खुला रहेको जनाऊ पनि दिएका छन् । प्रचण्डले राष्ट्रपति समक्ष पेश गरिएको सरकारी अध्यादेशको समर्थन गरेर कांग्रेस गठबन्धनलाई हर्षित गरिसकेका छन् । अहिले प्रचण्ड नयाँ गठबन्धन बनाउनका लागि मतदाता र कार्यकर्ता थकाउने खेलमा लागेको देखिन्छ ।’

२०७४ पुस १४ गते दिउँसो २ : ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :