चर्किँदै कुर्सीको खेल / ओलीको जोड सरकारतिर, प्रचण्डको जोड पार्टी एकतातिर

काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सकिनासाथ दलहरूको कुर्सीकाे खेल चल्न थालेको छ । निर्वाचनअगाडि नै माथिल्लो सदनको प्रतिनिधित्व तथा गठन कसरी गर्ने भन्ने बहस चर्किएको थियो । एमाले गठबन्धनको बहुमत आउने अनुमानसहित सो दल ‘बहुमतीय प्रर्णाली’ को पक्षमा थियो भने कांग्रेस बहुमत  नआउने पूर्वानुमानसहित त्यसको विपक्षमा थियो । निर्वाचनमा पूर्वानुमानजस्तै परिणाम आएको कारण वाम तथा लोकतान्त्रिक नामको एमाले र कांग्रेस गठबन्धनको बीचमा संघर्ष चर्किएको छ । त्यसको कारण समानुपातिक सांसद्,  प्रदेशसभा, प्रतिनिधिसभा, सरकार गठनलगायत सारा कामहरू प्रभावित भएका छन् । विवाद बढ्दै जाँदा संवैधानिक अङ्गहरू पनि तानिन थालको छन् ।

एमाले नेतृ तथा राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको निर्देशनमा प्रस्तावित विधेयक पारित गर्न आनाकानी गरेपछि कांग्रेस सरकार लम्ब्याउने खेलमा छ भने एमाले जनमतको बलमा तोडफोड र ठेलठालको मानसिकतामा देखिन्छ । एमालेको सामान्य बहुमत भए पनि माकेसहित मात्र दर्इु तिहाइ बहुमत छ । गएको निर्वाचनमा जसरी नै माओवादी केन्द्र निर्णायक स्थानमा छ । कांग्रेस, माके, राजपा र फोरमको मत जोड्दा एमाले अल्पमतमा पर्ने देखिएको छ । त्यसकारण सरकारको चाबी माओवादी केन्दक्रो हातमा रहेको देखिन्छ । त्यसकारण राजनीतिक स्थिरताको नारा पनि धरापमा परेको छ ।

वाम गठबन्धन र एमाले–माके पार्टी एकताको चर्चा भइरहेको बेला कतिपय विश्लेषकहरूले चुनावी स्वार्थका लागि मात्र वाम गठबन्धन भएको र पार्टी एकता सम्भव नभएको बताएका थिए । कतिपय विश्लेषकले त पच्रण्ड र देउवाको संयुक्त सरकार बन्ने सम्भावना नै प्रवल रहेको बताएका थिए । निर्वाचनकै समयमा ओली रूपमा कांग्रेसप्रति प्रस्तुत  कडा प्रस्तुत  हुँदै आएका थिए भने प्रचण्ड स्वभाव प्रतिकुल सन्तुलित देखिन्थे । त्यसलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । स्रोत : रातो खबर साप्ताहिक, पूर्णाङ्क १२२, पुस ५ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :