माअाेवादी केन्द्र तीन टुक्रा

काठमाडाैं :  माओवादी केन्द्र तीन टुक्रा हुँदै माओवादी केन्द्र तीन टुक्रा हुँदै  प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको एमालेमा विलयसँगै सो पार्टीभित्र कचिङ्गल र विद्रोह तिब्र भएको छ । सो पार्टीका प्रभावशाली नेता विश्वभक्त दुलालको नेतृत्वमा अलग समूह पुस महिनाभित्रै गठन हुने भएको छ । उनलाई सोनाम साथी, निनु चापागाई, राजु खड्का, जागृत रायमाझी,संगीतस्राेता, केवल विनावीलगायतले साथ दिने निश्चित भैसकेको छ । त्यसैगरी अर्का नेता गोपाल किराँती ‘साईला’ को नेतृत्वमा प्रचण्डसँग एमालेमा विलय हुनु अगाडि आठौं महाधिवेशन बोलाउन लिखित पत्र पठाएका छन्। सो माग पुरा नभए किराँतीले पुसभित्रै समानान्तर पार्टी गठन गर्ने भएका छन् । किराँतीको विद्रोहले प्रचण्डको पूर्वी नेपालमा प्रभाव खस्किने छ ।

२०७४ पुस १४ गते अपरान्ह ५ : २४ मा प्रकाशित  

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :