सलाम युगपुरुषहरु ! : अनिल शर्मा

माओले आफ्नो जीवनको उत्तराद्र्धमा देशभित्रै संशोधनवादको सामना गर्नुपरेको थियो । लिन प्याओको षड्यन्त्र असफल पार्नुपरेको थियो भने आफ्नै आ“खाअगाडि सोभियत सङ्घमा प्रतिक्रान्ति देख्नुप¥यो । त्यसको प्रभाव चीनमा परेको थियो । क्रान्तिपछि पनि देशभित्र पछौटे उत्पादनप्रणाली, सामन्ती चिन्तन र संस्कृति तथा देशबाहिर साम्राज्यवादले क्रान्तिका विरुद्ध हमला गरिरहेको हुन्छ भन्ने कुरा पनि उहा“ले अनुभूत गर्नुभएको थियो । 

अङ्ग्रेजी पात्रोअनुसार डिसेम्बरको अन्तिममा दुईजना युगपुरुषको जन्मोत्सव पर्दछ । जसअनुसार पुस ६ गते विश्व सर्वहारावर्गका महान् नेता कमरेड जोसेफ स्टालिन र पुस ११ गते अर्का युगपुरुष माओ त्सेतुङको जन्मोत्सव पर्छ । सर्वप्रथम हामी नेपालबाट, श्रमिक वर्गका तर्फबाट उहाँहरूलाई सम्झन चाहन्छौँ र उहाँहरूको बाटोमा अगाडि बढ्ने प्रण गर्दछौँ ।

क. स्टालिन एकजना गरिब, सार्की परिवारमा जन्मेर हुर्केका नेता हुनुहुन्थ्यो । उहाँ जर्जियाको गरिब परिवारबाट आन्दोलनमा आउनुभयो र सधैँभरि महान् लेनिनको निकट रहेर बोल्सेबिक क्रान्तिको नेतृत्व गर्नुभयो । क. लेनिन र क. स्टालिनका बीचमा अनुपम एकता थियो । अदम्य विश्वास थियो । जनजाति पृष्ठभूमिका नेता भएका कारण रुसको जनजाति आन्दोलनका विषयमा विचार निर्माणको काम लेनिनले स्टालिनलाई सुम्पिनुभएको थियो । आन्दोलनका क्रममा उहाँ पटकपटक गिरफ्तार हुनुभयो र साइबेरिया निर्वासनमा पठाइयो । निर्वासनको घेरा तोडेर उहाँ पटकपटक पार्टी सम्पर्कमा आउनुहुन्थ्यो । क्रान्तिका कठिन क्षणमा जहाँ समस्या हुन्छ, त्यहाँ लेनिनले स्टालिनलाई पठाउनुहुन्थ्यो । हरेक निर्णयमा स्टालिनको उपस्थिति लेनिनका लागि अनिवार्य थियो । सन् १९१७ मा अन्तरिम सरकारले मेन्सेबिकहरूसमेतको संलग्नतामा लेनिनलाई पक्राउ गर्ने षड्यन्त्र गरेको समयमा स्टालिनले आफ्ना सहयोद्धा तथा गुरु लेनिनलाई गरिबको झुपडीमा भूमिगत रूपमा बस्ने व्यवस्था गरेर त्यहीँबाट क्रान्तिको नेतृत्व गर्नुभएको थियो । लेनिनका दाजुलाई जार सरकारले फाँसी दिएको थियो । दाजुको व्यक्तिहत्याको राजनीति र पीडालाई आक्रोश र विवेकमा बदलेका लेनिन उच्च जातका मध्यमवर्गीय वकालत पेसाका व्यक्ति हुनुहुन्थ्यो । स्टालिन दलित जात र गरिब परिवारबाट आउनुभएको थियो ।

फरकफरक भौतिक अवस्थाले सोच्ने तरिकामा पनि फरक ल्याउँछ । तर लेनिन र स्टालिनमा त्यस्तो समस्या कहिल्यै आएन । महान् लेनिनको असामयिक निधनपछि हिटलरको नेतृत्वमा बेलायत र अमेरिकाको अप्रत्यक्ष सहयोगमा समाजवादी शिविरको केन्द्र सोभियत सङ्घमाथि आक्रमण भयो । हिटलरसँगको लडाइँको अग्रीम मोर्चामा स्टालिन आफैँ भिड् नुभयो । युद्धमा स्टालिनका छोरा हिटलरको कब्जामा परे । हिटलरले जर्मनीका बन्दीसँग स्टालिनका छोरा साट्ने प्रस्ताव ग¥यो तर स्टालिनले हिटलरको प्रस्ताव अस्वीकार गर्नुभयो । तत्कालीन राजधानी पिटर्सबर्गमा मात्रै लाखौँको बलिदान भयो । हिटलरलाई सोभियत सङ्घले पराजित मात्र गरेन, पूर्वीयुरोपभरि क्रान्तिको विस्तार भयो । उहाँले सर्वहारा वर्गको अधिनाकत्वलाई दह्रोसँग लागू गर्नुभयो । समाजवादी सत्ताको निर्माण गर्नुभयो । आज स्टालिनलाई हेर्ने प्रश्न संशोधनवाद र माक्र्सवादका बीचको मानक प्रश्न बनेको छ । … … विश्व सर्वहारावर्गका महान् नेता तथा गुरु हुनुहुन्छ माओ त्सेतुङ । उहाँ निम्नमध्यमवर्गको परिवारमा हुर्किनुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी रुसी नेतृत्वबाट प्रभावित थियो । तर माओ भने चीनको क्रान्ति रुसी बाटोबाट नभएर मौलिक ढङ्गले गर्नुपर्ने ठान्नुहुन्थ्यो । लामो समयसम्म माओ अल्पमतमा पर्नुभयो, जसमा स्टालिनको गलत सुझावले काम गरेको थियो । लामो समयपछि स्टालिनले चीनप्रतिको आफ्नो धारणा सच्याउँदै माओ कार्यदिशालाई सहयोग गर्नुभएको थियो ।

२०३० को दशकमा भयानक क्षति बेहोर्नुपरेपछि माओ बचेखुचेको शक्ति लिएर ‘लम्बे अभियान’ मा निस्कनुभयो । उहाँले किसान र ग्रामीण क्षेत्रमा आधारित दीर्घकालीन जनयुद्धको कार्यदिशा विकसित गर्नुभयो । किसान आधारित जनमुक्ति सेना निर्माणको अवधारणा नयाँ जनवादी क्रान्ति, सर्वहारा सांस्कृतिक क्रान्तिजस्ता मौलिक विचारहरूको प्रयोग र आविष्कार गर्नुभयो । माओको नेतृत्वमा सुरुमा जापानी साम्राज्यवाद र त्यसपछि अमेरिकी साम्राज्यवाद पराजित भयो । कोरियाबाट जापान पछाडि हटेपछि अमेरिका ढाल बनेर उभिएको थियो । कोरियाको युद्धमा माओका छोरा सहभागी थिए । त्यहीँ उनको मृत्यु भएको थियो । माओकी जीवनसँगिनीको युद्धमै मृत्यु भएको थियो । १९४९ मा चीन मुक्त भएको थियो । १९५६ मा माओले १५ वर्षमा हामीले बेलायतलाई उछिन्नुपर्छ भन्नुभएको थियो । ‘राजनीतिलाई समात, उत्पादन बढाऊ’ माओको नीति थियो । यही वर्ष सोभियत सङ्घर्षमा खु्रस्चोभले प्रतिक्रान्ति ग¥यो । चीन–सोभियत सङ्घ विवाद चर्कियो । माओले क्रान्तिकारी माक्र्सवादको रक्षा गर्नुभयो र ख्रुस्चोभका विरुद्ध स्टालिनका विचार र कार्यको रक्षा गर्नुभयो । उहाँले स्टालिनबाट ७० प्रतिशत असल र ३० प्रतिशत कमजोरी रहेको संश्लेषण गर्दै ‘स्टालिनका महान् कार्यका अगाडि उहाँका नगण्य कमजोरी रहेका छन्’ भन्नुभएको थियो । माओ एकजना कवि तथा संस्कृतिकर्मी पनि हुनुहुन्थ्यो । ‘येनान गोष्ठीमा साहित्य र कलाको प्रवचन’ मा माओका साहित्यिक धारणा प्रस्तुत भएका छन्, जसलाई जनसाहित्यको मानक ठानिन्छ ।

माओले आफ्नो जीवनको उत्तराद्र्धमा देशभित्रै संशोधनवादको सामना गर्नुपरेको थियो । लिन प्याओको षड्यन्त्र असफल पार्नुपरेको थियो भने आफ्नै आँखाअगाडि सोभियत सङ्घमा प्रतिक्रान्ति देख्नुप¥यो । त्यसको प्रभाव चीनमा परेको थियो । क्रान्तिपछि पनि देशभित्र पछौटे उत्पादनप्रणाली, सामन्ती चिन्तन र संस्कृति तथा देशबाहिर साम्राज्यवादले क्रान्तिका विरुद्ध हमला गरिरहेको हुन्छ । केन्द्रीय सत्ता कब्जापछि पनि सत्ता छिनाझप्टी चलिरहन्छ र अन्तिम जित कसको ? भन्ने प्रश्न बाँकी नै रहने निष्कर्ष माओको थियो । त्यसैले उहाँले निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभयो, जसअनसार १९६६–१९७६ सम्म महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गर्नुभयो ।

चीनमा क्रान्तिपछि अमेरिकाले चीनलाई आणविक बमको धम्की दिएर आत्मसमर्पण गराउन चाहेको थियो । माओले त्यसलाई ‘कागजी बाघ’ भन्दै दुत्कार्नुभयो । २०६० कै दशकमा चीन आणविक शक्तिराष्ट्र बन्यो र चीनको उपस्थितिबिना संयुक्त राष्ट्रसङ्घ नै असफल बन्ने भएपछि ताइवानको सदस्यता खारेज गरेर चीनलाई सदस्यता दिइयो । चीन संयुक्त राष्ट्रसङ्घको अमेरिका, बेलायत, फ्रान्स र रसियापछि पाँचौँ विशेषाधिकार (भिटो) प्राप्त देश बन्यो । जर्मनी, जापान र भारत चीनभन्दा पछाडि परे । त्यो अमेरिकी चाहनाविपरीत थियो । माओले पहिलो, दोस्रो र तेस्रो विश्वको अवधारणा प्रतिपादन गर्दै अन्तरसाम्राज्यवादी अन्तरविरोधको पनि संश्लेषण गर्नुभएको थियो ।

तेस्रो विश्वयुद्ध अरबको तेल भण्डारलाई लिएर हुने माओको निष्कर्ष थियो । तेस्रो विश्वयुद्ध त भएको छैन तर अन्तरविरोधको केन्द्र अरबको तेल नै भएको छ । 

माओ क्रान्तिको निर्यातका पक्षमा हुनुहुन्थेन । नेपालमा माओका योगदानमा टेकेर दस वर्ष जनयुद्ध भयो । त्यसमा थप विकास गर्दै क्रान्तिको कार्यभार पूरा गर्नुछ । विश्वका अरू थुप्रै देशमा माओको दिशानिर्देशनमा क्रान्तिको यात्रा जारी छ । माओपछि विश्वमा सर्वहारा क्रान्ति हुनसकेको छैन । यस बेला सर्वहारावर्ग, श्रमिक जनसमुदाय र उत्पीडित समुदायका पक्षमा लड्नु र नयाँ जनवादी क्रान्ति पूरा गर्नु नै स्टालिन र माओप्रति सच्चा सम्मान हुनसक्छ । युगपुरुषद्वयप्रति हाम्रो पनि श्रद्धासुमन !

स्रोत  :रातो खबर साप्ताहिक, पुस ५ गते मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!