१२५ औं माओ दिवस सम्पन्न

काठमाडौं : १२५ औं माओ दिवसका सन्दर्भमा माओ दिवस समारोह समितिले   काठमाडौं, अनामनगरस्थित संवाद डबलीमा मंगलबार ‘विशेष अन्तरसंवाद कार्यक्रम’ सम्पन्न  गरेको छ । कार्यक्रमको प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य अनिल शर्मा ‘विरही’ हुनुहुन्थ्याे ।  कार्यक्रममा नेकपा केन्द्रीय सल्लाकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ , अखिल (क्रान्तिकारी)का अध्यक्ष पुर्णबहादुर सिंहले  पनि मन्तव्य राख्नुभएकाे थियाे ।  कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य गम्भीर, पार्टीका विभिन्न जनवर्गीय संगठनका अध्यक्षहरु उपस्थित रहेका थिए । कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले गर्नुभएको थियाे  भने कार्यक्रम सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले गर्नुभएको छ ।

 त्यसैगरि १२५ औं माओ जयन्ती साथै राजबन्दी अभिनन्दन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथी ओमप्रकाश पुन हुनुहुन्थ्यो भने सभाध्यक्षता नेकपा गण्डक ब्युरो इन्चार्ज साबित्रा दुरा ‘आस्था’ले गर्नुभएको थियो । कार्यक्रममा चुनाव खारेजी अभियानका क्रममा हिरासत पर्नुहुने सम्पुर्ण कार्यकर्ताहरुलाई सम्मान पत्रसहित अभिनन्दन गरिएको थियो । अतिथि तथा कार्यक्रममा सहभागिहरुले माओ तस्विरमा माला लगाएर अभिनन्दन गरेका थिए ।

२०७४ पुस ११ गते दिउसो १ :५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :