२१ औँ बेथान वीरता दिवस, भट्टेडाँडा मोर्चा दुस्मनको नाकैमुनि विजय

अशोक सुवेदी

घटना २०५५ साल पुसको तेस्रो साताको हो । घटना बुर्जुवाहरूको राजधानी काठमाडौँकै भए पनि यो राजधानी र नेपाल मात्र नभएर विश्वकै ध्यानाकर्षण गराउने किसिमको थियो । १९ वर्ष पुरानो घटना भएर पनि सञ्चार, मानवअधिकार र राजनीतिक क्षेत्रलाई पूरै प्रभावित पार्ने राजधानीको ‘भट्टेडाँडा काण्ड’ का नामले चिरपरिचित घटना थियो त्यो । नेपालको पूरै प्रेसमाथि राज्यपक्षले अत्यन्त ठूलो दमन गरेको त्यस घटनाबटै नेपाली प्रेसमाथि निरन्तर दमनको सिलसिला सुरु भएकाले त्यसलाई ‘कालो दिन’ का रूपमा पनि चित्रण गरिएको छ ।
०५२ साल फागुन १ गतेबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपालमा दीर्घकालीन सशस्त्र जनयुद्ध सुरु ग¥यो । एक वर्षपछि २०५३ साल पुस १९ गते राति रामेछापको बेथानमा जनयुद्धको पहिलो सफल फौजीमोर्चा सम्पन्न भयो । तीर्थ गौतम, फत्त स्मालीमगर र दिलमाया बम्जनले बलिदान गरे । दुस्मनतर्फ पनि क्षति भयो तर मोर्चा जितेर हतियार कब्जा भयो । माओवादीले रामेछापको बेथानमा तीनजनाको बलिदान पनि प्राप्त हतियारका भरमा युद्ध अघि बढायो । त्यसैले विजयको उक्त मोर्चाको सम्मानमा पुस १९ लाई बेथान वीरता दिवसका रूपमा, जनयुद्धको एक नयाँ दिवस वा पर्वका रूपमा मान्न थालियो । देशभर वीरता दिवसका दिन नयाँनयाँ मोर्चाहरू हुन थाले र विजयपताकाहरू फहराउन थाले ।

बेथान वीरता दिवसको तेस्रो र जनयुद्धको चौथो वार्षिकोत्सव मनाउने क्रममा माओवादी छापामारहरूले ललितपुर जिल्लाको भट्टेडाँडा प्रहरी चौकीमाथि सशस्त्र हमला गरे । हमलामा परी अधिकृतस्तरसहितका तीनजना प्रहरीको घटनास्थलमै मृत्यु भयो । चौकी जलेर नष्ट भयो । त्यो समाचार, मारिएका प्रहरीको फोटो र जल्दै गरेको प्रहरीचौकीको तस्बिरलाई त्यतिबेला माओवादीको मुखपत्र मानिने ‘जनादेश’ साप्तहिकले महŒवका साथ ‘भट्टेडाँडा प्रहरीचौकीमा साहसिक आक्रमण’ शीर्षकमा प्रकाशित ग¥यो ।  

त्यतिबेला ‘जनादेश’ को कार्यालय बागबजारको एउटा घरको चौथो तलामा थियो । समय त्यस्तै बिहानको ११ बजेको हुँदो हो । त्यसको केही महिनाअघि माक्र्सवाद, लेनिनवाद माओवाद तथा माओत्सेतुङ विचारधारा मान्ने जनपक्षीय पत्रकारहरूको त्रिचन्द्र क्याम्पसमा सम्पन्न भेलाले ‘जनपक्षीय पत्रकार सङ्घ, नेपाल’ गठन गरेको थियो । उक्त पत्रकार सङ्घको अध्यक्षमा वरिष्ठ पत्रकार शक्ति लम्साल छानिनुभएको थियो । सङ्घले विधान बनाएर दर्ताको प्रक्रिया बुझ्न र संस्था दर्ता गर्न मलाई सचिवको जिम्मेवारी दिएको थियो । म संस्था दर्ताको प्रक्रिया बुझेर र विधानको उद्देश्यसहितको मस्यौदा तयार पारेर छलफलका लागि ‘जनादेश’ साप्तहिक र ‘नौलो बिहानी’ का समेत सल्लाहकार रहेका सङ्घका अध्यक्ष शक्ति लम्सालसहितका साथीहरूसँग जनादेशको कार्यालयमा पुगेको थिएँ ।
हामी पत्रिका पढ्दै थियौँ । शक्ति दाइसँग नवगठित संस्थाका बारेमा सल्लाह पनि गर्दै थियौँ । केही साथी मात्र आइपुगेकाले हामी समय कटाएर बैठक बस्ने तयारी गर्दै थियौँ । साथी धनबहादुर मगर र उहाँका भाइ ग्राहकका लागि ‘जनादेश’ पोको पार्दै हुनुहुन्थ्यो ।

15826441_10154293187161229_7438799418456256513_n

त्यतिबेला मैले नौलो बिहानी मासिकको सम्पादन÷प्रकाशन सुरु गरिसकेको थिएँ । नयाँ अङ्क पत्रिकाको तयारीका लागि केही सामग्री जम्मा पार्दै थिएँ । मैले झोलामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका ‘छापामार डायरी’ हरू पनि बोकेको थिएँ । ‘जनपक्षीय पत्रकार सङ्घ’ को मस्यौदा विधान पनि झोलामै थियो । मेरो प्रकाशोन्मुख कवितासङ्ग्रह ‘युद्धघोष’ को कम्प्युटर प्रति र ‘नौलो बिहानी’ का लागि केही समाचार तथा लेखहरू पनि साथमै थिए । म बेलुकाबेलुका ‘हिमालय टाइम्स दैनिक’ मा सम्पादनको काम पनि गर्थें र समाचार पनि लेख्थें । ‘जनादेश’ कार्यालयमा छलफल चलिरहेकै थियो । एक्कासि पत्रिकाको कार्यालयकोठाको ढोकामा भिडन्तका लागि फायर खोल्न तैनाथझैँ देखिने दर्जनौँ पुलिसहरू देखापरे । उनीहरूले हामीलाई रुखो स्वरमा कतै डेग नचल्न आदेश दिए । कोठाभित्र रहेको ५÷७ जना साथीहरूका कन्चटमा बन्दुक तेर्सिइसकेका थिए । थाहा भयो, हामीलाई प्रहरीले घेरा हालिसकेको थियो । पत्रिकाको कार्यालय रहेको अर्काे कोठा पनि घेराउमा परिसकेछ । केही साथीहरू भ¥याङबाटै सुरक्षित स्थलतर्फ लाग्नुभएछ । ‘जनादेश’ ले त्यसै रात भट्टेडाँडा कारबाहीको समाचार सचित्र प्रकाशन गरेपछि त्यहाँ प्रहरीले हारेको समाचार, चौकीको समाचार लेख्ने, तस्बिर खिचेर ल्याउने पत्रकार र चौकी आक्रमण गर्ने छापामार खोज्न भनी ३÷४ वटा प्रहरी भ्यानले सिङ्गै घर घेराउ गरिसकेका रहेछन् ।

हेर्दाहेर्दै विद्युतीय गतिमा प्रहरीले टेलिफोन लाइन छिनायो, फ्याक्स मेसिन, कम्प्युटर र प्रिन्टरहरू पोको पा¥यो । कार्यालयको दराज खोलेर सम्पूर्ण खातापाता, लेखरचना, फोटो, क्यामेरा, पत्रिकाका फाइल सबै जम्मा पा¥यो । हामीलाई कन्चटमा बन्दुक तेस्र्याइरहेका थिए केही प्रहरी । उनीहरूले हामीलाई प्रतिवाद गर्नु त कहाँ हो कहाँ, चुँसम्म बोल्ने मौका दिएनन् । हाम्रो छलफल पूरै बिथोलियो । सबै सामग्री प्रहरीको कब्जामा परे । प्रहरीले हामीलाई कायरतापूर्वक गिरफ्तार ग¥यो । अघिपछि राइफल तेस्र्याएर भ¥याङबाट भुइँतलामा झा¥या । थाहा नपाएको त हामीले मात्र रहेछ, बागबजारको गल्लीगल्लीका मानिसले समेत प्रहरीले जनादेशको कार्यालय छापामारेको थाहा पाइसकेका रहेछन् । क्षणभरमा सयौँको सङ्ख्यामा स्थानीय बासिन्दा उपस्थित भइसकेका थिए । बन्दुकधारीहरूका अघिल्तिर प्रतिकार तथा विद्रोह गर्नसक्ने वा घेरा तोड्नसक्ने अवस्था थिएन । डरका कारण मूकदर्शक बनेर बसेका अरू मानिस पनि वास्तविकता नबुझेकाले अथवा त्रासका कारण केही बोल्न सकेनन् ।
कार्यालयबाट म, शक्ति दाइ, धनबहादुर मगरका दाजुभाइ, रेवती सापकोटालगायत सातजना गिरफ्तार भयौँ । ‘जनादेश’ प्रकाशित हुने नजिकैको इन्द्रेणी छापाखानाबाट प्रोप्राइटर ज्ञानेन्द्र मानन्धर, एकाउन्टेन्ट, प्रेसम्यानलगायत सातजनालाई पनि भ्यानमा ल्याएर कोचियो । त्यतिबेला सामूहिक गिरफ्तारीमा पर्नेमा हामी १६ जना थियौँ ।

हामीलाई बन्दुककै बीचमा वडा प्रहरी कार्यालय सिंहदरबार पु¥याइयो । त्यहाँ पु¥याएर हामीलाई हतकडीसहित जमिनमुनिको ओसिलो, अन्धकार कोठामा राखियो । एकआपसमा बोल्नसम्म दिइएन । पालैपालो अर्कै कोठामा लगेर अपराधीलाईजस्तो छातीमा केही लेखेर टाँस्दै पोजपोजका तस्बिर खिचियो । ‘जनादेश’ का वितरण सहयोगी मित्र धनबहादुर मगरलाई बयान लिने क्रममा ‘तैँ होइनस् भट्टेडाँडामा हाम्रा साथी मारेर फोटो खिच्ने ?’ भन्दै बन्दुकका कुन्दा र बुटले हानेर रक्तमुछेल पारियो । हामीलाई भिडन्तमा सहभागी र मतियारका रूपमा नानावली प्रश्न सोध्ने र वास्तविकता बताउन नदिने वातावरण बनाइयो । राजधानी काठमाडौँको मुटुबाटै पत्रकार र प्रेसका सञ्चालकसहित १६–१६ जनालाई गिरफ्तार गरिएपछि राजधानीमा मात्र नभएर देशभर सनसनी मच्चियो सुकेको खरमा आगो लागेजस्तै । राजधानीबट दिउँसो प्रकाशनमा आउने पत्रिकाले हामी गिरफ्तार भएको खबर प्रकाशित÷प्रसारित गरिरहेका थिए । स्वतन्त्र प्रेसमाथि प्रजातन्त्रको खोल ओढेको काङ्ग्रेस सरकारले दिनदहाडै गरेको हस्तक्षेपको चौतर्फी विरोध हुन थाल्यो राष्ट्रिय रूपमै । पत्रकारितासम्बन्धी सङ्घसंस्था, राजनीतिक पार्टी, मानवअधिकारलगायत क्षेत्रबाट हस्तक्षेपको विरोध र रिहाइका लागि स्वरहरू उरालिए । प्रहरीले कार्यालयका सम्पूर्ण सामान कब्जा गरेपछि ढोकामा ताल्चा झुन्ड्याइदिएको थियो । खानपिनको कुरा त टाढै थियो, पिउने पानीसम्म दिइएन । सरकार कति क्रूर र निरङ्कुश देखियो भने हामीमाथि कुनै मानवीय व्यवहार नै गरिएन । त्यस साँझ ज्ञानेन्द्र दाइको परिवारले उहाँका लागि ल्याइदिएको सीमित खाना बाँडेर खायौँ ।

त्यतिबेलाको अनामनगरस्थित वडा प्रहरी कार्यालय सिंहदरबारका इन्सपेक्टर हुनुपर्छ ती, थर चुडाल हो, नामचाहिँ भरत हो कि के हो, कति क्रूर व्यवहार गरे भने बयान गरिसाध्य छैन । सरकारले पत्रिकाको कार्यालय र प्रेसबाट गिरफ्तार गरिएका मानिसहरूलाई अलग्याएर र फुटाएर भिन्नाभिन्नै ठाउँमा लैजाने निर्णय गरेछ क्यार । हामीले नमान्दानमान्दै पनि अलगअलग भ्यानमा राखेर तितरबितर पार्न थाल्यो । कसैलाई अन्तैको हिरासतमा लगेछ । म र भारत नामका एकजना साथीलाई भने मध्यरातमा भ्यानमा राख्न थाल्यो । हामीले हामीलाई कहाँ लगिँदैछ ? भनेर प्रश्न गर्दा हप्काइदप्काइ गरियो र चुँसम्म नबोल्न भनियो । रातको समय, आँखामा पट्टी र हतकडी । मध्यरातमा हातमा आधुनिक हतियार लिएका दर्जनौँ प्रहरी हामीलाई भ्यानमा चढाउने तयारीमा थिए । उनीहरू हामीप्रति अत्यन्त असहिष्णु, क्रूर र आक्रामक व्यवहार गरिरहेका थिए । तिमी, तपाईंजस्ता शब्दहरू सायद उनीहरूका शब्दकोषमै थिएनन् ।

उनीहरूले हामीलाई जुन ‘अपराध’ मा दोषी ठह¥याएर वा शङ्का गरेर गिरफ्तार गरेका थिए, हामी दोषी वा जबाफदेही व्यक्ति भए पनि उनीहरूको व्यवहार सद्भावपूर्ण हुनुपर्ने थियो । उनीहरू तर्साएर, हप्काएर, दप्काएर र जङ्गली व्यवहार देखाएर हामीलाई घटनामा फसाउने षड्यन्त्र गरिरहेका थिए । हामीलाई धकेलेर जथाभाबी भन्दै भ्यानभित्र कोचेपछि एउटा कमान्डरजस्तो लाग्नेले ‘केटा’ हरूलाई आदेशको स्वरमा सोध्यो, ‘ए केटाहरू हो, सबै सामान ठीक पारिस् ?’ ‘ठीक भो’ साप्’ केटाहरूको एकैसाथ जबाफ फर्काए । ‘हतियार लोड गरिस् ?? सबै ठीकठाक छ ? अहिले मौकामा, चाहिएको बेलामा नपड्किएला नि ???’, उसले लापर्बाहीपूर्वक आदेश दियो । कमान्डरवालाका यी पछिल्ला शब्दहरूले मरो मनभित्र नमिठो गरी बिझायो । मनमा लाग्यो, यी बगरेहरूले अवश्य हामीलाई कतै मार्न लैजाँदैछन् । अनि मनमनमा लाग्यो– कस्तो शिक्षकले पढाएछन् कुन्नि ? आदर र सम्मान त परै जाओस्, नेपाली व्याकरण एउटा वाक्य पनि शुद्ध बोल्न नजान्ने ! यसरी मानसिक त्रासको भुमरीमा पार्दै उनीहरूले हामीलाई मध्यरातमा एउटा अस्पतालजस्तो ठाउँमा पु¥याए । २÷३ तल्लामाथि पु¥याएपछि आँखाको पट्टी खोलियो तर हतकडी खोलिएको थिएन ।

रोएको, बिलौना गरेको, चिच्याएको, अपशब्द बोल्दै हकारेको सुनिने त्यो ठाउँ वीरेन्द्र प्रहरी अस्पताल महाराजगन्ज रहेछ, पछि थाहा भयो । हामीलाई केही क्षणमै अङ्गभङ्ग भएर स्टेचरमा सुताइएका र जीवनको अन्तिम पलमा पुगेजस्ता देखिने बीभत्स अनुहारनजिक लगेर सोधियो, ‘ए ? तँ यसलाई चिन्छस् ?’ स्टेचरमा सुताइएकोमध्ये एकजनाले नियालर हेरेझैँ ग¥यो र बिस्तारै मुन्टो फर्कायो । मलाई लाग्यो हामीलाई कुनै ठूलै षड्यन्त्रमा फसाइँदै रहेछ । उसले ऐयाऽ, ऐयाऽ गर्दै अर्काेतिर मुन्टो बटारेपछि मैले सोचेँ– यो इमानदार रहेछ । पुलिसभित्र पनि इमानदारहरू हुँदा रहेछन् क्यार । तर मेरो तन्द्रालाई पल्टा ख्वाउँदै पल्लो स्ट्रेचरमा छट्पटाइरहेको अर्काे पुलिसले हतास हुँदै भन्यो, ‘यो थियो हजुर ¤ ए, हान्हान्, अझै जिउँदै छ भन्दै थियो यो… । यसले त जोर राइफल भिरेको थियो साप्….।’
यति भनिसकेपछि हामीलाई हतकडी लगाएर र आँखामा कालोपट्टी बाँधेर घिसार्नेहरूका आँखा झन्झन् राता र डरलाग्दा हुँदै गए । उनीहरूका हाकिम हुनुपर्छ सायद यता र उता केके न खोजेझैँ र भेटेझैँ गरी दगुरिरहेका थिए । एउटाले तनक्क तन्केर सलाम ठोक्यो र भन्यो, ‘पत्ता लाग्यो साप्, यिनीहरू नै रहेछन् । घाइते केटाले ठ्याक्कै चिन्यो ।

हुलियासमेत मिल्यो…।’अझ क्रूर र हिंस्र्रक व्यवहार गर्दै हामीलाई फेरि कालोपट्टी र हतकडीसहित भ्यानमा कोचेर रातारात कतै लगिँदै थियो । भ्यानवालाहरू अब हामीलाई सीधै आतङ्ककारी, हत्याराजस्ता शब्द प्रयोग गरिरहेका थिए । ‘हाम्रा साथी मार्ने आतङ्ककारी यिनै हुन् । यिनीहरूलाई कतै लगेर मारिदिनुपर्छ’, उनीहरू हाकाहाकी हामीलाई सुनाएरै भन्थे । उनीहरूसँग आफ्नो तथ्य कुरा राख्न खोज्नु र निर्दाेषिताको प्रमाण पेस गर्ने प्रयास गर्नु बगरेका अघिल्तिर खसीबोकाले जीवनदान माग्नुसरह थियो । त्यस्तै बिहानको ३÷४ बजेतिरको समयमा हामीलाई एउटा खोरमा लगेर कोचियो । हामी कहाँ लगिएका छौँ भन्ने हामीलाई पनि थाहा थिएन । साथीहरूलाई छिन्नभिन्न पारिसकिएको थियो । घरपरिवारका सदस्यहरूलाई थाहापत्तै थिएन । गिरफ्तार गर्नुअघि पुर्जी दिनु त कता हो कता, थुनिसकेपछि पनि कसैलाई खबर गरिएन । हामीलाई बेपत्ता परेर हत्या गर्ने षड्यन्त्र गरिएको रहेछ ।
तीन दिन तीन रातसम्म खानु न पिउनु एउटा सानो कोठामा कोचिएको थियो । एउटा फाटेको गुन्द्रीको चौटो थियो भुइँमा ।

बिस्तरा भनौँ वा उपियाँ र उडुसको गुँड, ओढ्नेओछ्याउने जे भने पनि त्यही थियो । पुसको ठिहि¥याउँदो समय । मानिसको स्वरूपका बगरे हुन् वा पुराकथाहरूमा वर्णन गरिएका राक्षस हुन् जस्तो लाग्थ्यो अघिल्तिर हतियार लिएर उभिएकाहरू । उज्यालो नदेखेको र राम्रो शब्द नसुनेको धेरै भइसकेको थियो । आपसमा गुनगुनाउनु वा एकअर्कामा गफगाफ गर्न, छलफल गर्न पाउनु त टाढाको कुरा, हतकडी र नेलको आवाज आयो भने पनि बाहिरपट्टिबाट कुनै पुलिसले बीभत्स गाली गरेको सुन्नुपथ्र्याे । ‘भट्टेडाँडा प्रहरीचौकीमा साहसिक आक्रमण’ गर्ने व्यक्ति हामीलाई नै ठह¥याइएको थियो । त्यो ठाउँ जिप्रका हनुमानढोका रहेछ, पछि ‘बयान’ का लागि कुमार कोइराला वा यस्तै नामको पुलिस अधिकारीको कोठामा पु¥याएर एकछिन आँखाको पट्टी खोलिदिएपछि थाहा भयो । ‘अपराध अनुसन्धान’ हो वा ‘आतङ्ककारी नियन्त्रण’ कुन शाखाका हाकिम रहेछन् उनी । मैले प्रस्ट शब्दमा भनेँ, ‘म दैनिक रूपमा हिमालय टाइम्स पत्रिकामा सम्पादन तथा समाचार लेखनका लागि खटिरहेको छु । दैनिक बेलुका ३–४ बजेदेखि राति ११–१२ बजेसम्म त्यहाँ हाजिर छु । स्वतन्त्र लेखन र आफ्नो पत्रिका ‘नौलो बिहानी’ को लेखन÷सम्पादनमा अरू समय दिन्छु । आस्थाकै आधारमा कसैलाई कुनै घटनामा मुछेर षड्यन्त्रपूर्वक फसाउन पाइँदैन ।’ तिनले मेरा कुरा सुनेनन् । अझ फोनमा कसैलाई यस्तो सुनाएर उनी काङ्ग्रेसीराजको विजेता सुरक्षाकर्मी बन्न खोज्दै थिए– केटाहरू गलेका छन् ।

घाइते प्रहरीको बयान सुनाउँदै उनले मलाई घटनामा संलग्न भएको पाइएको आदेश सुनाए । उनको भनाइ थियो– अरू साथीहरूले घटना स्विकारिसकेका छन् र मलाई पनि पोेलेका छन् । घटनामा असंलग्न व्यक्ति ममाथि लगाइएका र प्रमाणित भनिएका उनीहरूका भनाइ, व्यवहार र आदेशले उनीहरू अत्तालिएर यस्तो गलत निर्णय लिएकोमा कुनै द्विविधा रहेन । ललितपुर जिल्लाको विकट गाउँ भट्टेडाँडा प्रहरीचौकीमा आक्रमण गर्ने माओवादी छापामारहरू काठमाडौँको मुटु बागबजारस्थित ‘जनादेश’ पत्रिकाको कार्यालयमा बसेर बैठक गर्छन् भन्ने पत्याउन टाट पल्टेको काङ्ग्रेसी दिमाग, प्रहरी, उनका हाकिम र तिनका परिचालक काङ्ग्रेसी नेताहरूबाहेक अरूले सक्ने कुरै थिएन ।
आँखामा पट्टी, हतकडी र नेल भिराइएकै अवस्थामा सायद हाम्रो वास्तविकता बुझेको व्यक्ति हुनुपर्छ एकजना प्रहरीजवानले हामी दुईजनालाई भट्टेडाँडा (घटनास्थल) तिर लगिँदैछ र त्यहाँ लगेर मुठभेडका नाममा समाप्त परिँदैछ भन्ने सूचना दिए । मसँगै रहेका साथी भरत अलि चिन्तित देखिन्थे । उनले आफ्ना प्राविधिक पदमा डीएसपी रहेका मामा नाताका मानिसलाई फोन गरिदिन ती सहृदयी पुलिसलाई आग्रह गरे ।

सायद प्रहरीचौकी आक्रमण गरेर देशको राजधानीमै राज्यसत्तालाई चुनौती दिने विद्रोही छापामार भेट्न नसकेर विश्वमै लाजमर्दाे बन्नपुगेको काङ्ग्रेसी सरकार हामी दुईजना निर्दाेष पत्रकारलाई भट्टेडाँडामा लगेर भिडन्तका नाउँमा बलि चढाएर आफ्नो अनुहार छोप्ने षड्यन्त्र गरिरहेको थियो । संयोगवश साथीका मामाले हाम्रो वास्तविकता बुझिदिए । मध्यरातमा भट्टेडाँडा लैजानुअघि नै उनी हाम्रो जमानी बसिदिए । षड्यन्त्रकारी राज्यसत्ताले पालेका क्रूर र अविवेकी जत्थाभित्रका एक ती पुलिस हाम्रो मात्र नभएर सबै न्यायप्रेमी, अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका आफन्त हुन्जस्तो लाग्यो । जन्मिसकेपछि मृत्यु त एक दिन अवश्य हुन्छ नै । हजारौँ सहिदहरूले दुस्मनविरुद्धको लडाइँमा वीरगति प्राप्त गरिरहेका थिए । लाग्यो, भिडन्तमा बहादुरीसाथ सहादत प्राप्त गर्नुमा बेग्लै आनन्द आउँदो होला । यसरी बेथान वीरता दिवस मनाउने क्रममा हामीले झन्डै क्रूर शासकहरूको आज ढाक्न बलि दिनुपरेको थियो । बेथान पानीघाटमा गौरवशाली बलिदान गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सहिद दिलमायाको सम्मानमा कोरिएका कविताका पङ्क्ति राख्दै बिदा हुन्छु ः
दिलमाया !
गाढा नीला आँखा
लमतन्न बिच्छ्याएर
दुश्मनक्याम्पमा विस्फोटित
हाम्रो आस्थाकी सगरमाथा तिमी !
उर्लंदो यौवन र रूपलाई
फ्युजन गराएर मालेमामा
दुस्मन इलाकामा बारुदको फ्युज जोड्दै गरेकी
धर्तीको असमानता नामेट पार्न
भर्भराउँदो रक्तभेल बगाउँदै गरेकी
हाम्रो निष्ठाकी अविचल चन्द्रमा !
‘निष्पट्ट अन्धकार भगाउन
आफैँ मशाल बन्नुपर्छ
दुष्टता र निचता अन्त्य गर्न
आफैँ नमुना बन्नुपर्छ
सल्काउनुपर्छ आफ्नै टाउकोमा
आगोका लप्काहरू’
गर्दै कासन दुश्मन क्याम्पका भग्नावशेषहरूमाथि
बलेर आफैँ चम्किरहेकी
लालभूमिकी चमचमाउँदी सितारा !
उठ न उठ एकफेर
ए ! बेथानकी सन्तान !
ए ! लालभूमिकी जूनमाया !
तिम्रो चिरनिद्राको १७ शिशिरपछि
हातमा लिएर तिम्रो प्रतिमूर्ति
गरिरहेछु ऐलान–
जगाऊ न जगाऊ एकफेर
तिमीसँगै विस्फोटित लालहरूलाई पनि
लामो यात्राकी विश्वासिली पथप्रदर्शक !
तिम्रो महायात्रापछिको यो अवधि
तिमीसँग बिछोडपछिको यो पल
तिम्रो रक्ततर्पणपछिको यो तप्त समय
आशा–निराशा–आशा बन्दै
तय गरिरहेछ अर्को लामो यात्रा
आऊ न आऊ प्यारी कमान्डर
गरिदेऊ न नेतृत्व एकफेर नयाँ यात्राको
गोलमटोल मस्तिष्कहरूलाई
गतिहीन मुटुका धड्कनहरूलाई
लक्पकाउन लागेका तिघ्राहरूलाई
गरिदेऊ न जोडजोडले कासन एकफेर
यात्रा नटुङ्गिँदै बास बस्न हतारिएका
सा¥यौ र गौँथलीहरूलाई
औँल्याइदेऊ न एकफेर
कर्मी माहुरी र दुष्ट अरिङ्गालहरूलाई
त्याग, शौर्य र बलिदानकी प्रतिमूर्ति
मध्यरातकी जूनकीरी
श्मसानकी दुन्दुभी !
ए, लालधरतीकी लालपुत्री !
ए, नवीन आयुधकी वीराङ्गना !!
देखाइदेऊ न सही बाटो
यात्रामा रुमल्लिरहेका पथिकहरूलाई
पर्गे्लिदेऊ न गन्तव्य
आगो ओकल्न तयार अग्निबीजहरूलाई
नौलो युगकी संवाहक तिमी
गर न फेरि ललकार दुष्टहरूलाई
रातो समयकी लालतार तिमी दिलमाया !
लालभूमिकी लालपुत्री तिमी जूनमाया !!!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :