स्टालिनले कहिल्यै मस्को छोड्ने सोच्नुभएन : भासिली प्रोनिन

भासिली प्रोनिन, अध्यक्ष, मस्को सोभिइत तथा रक्षा दल, सन् १९३९–१९४५
भासिली प्रोनिन, अध्यक्ष, मस्को सोभिइत तथा रक्षा दल, सन् १९३९–१९४५

पचास वर्ष घर्किसकेको छ । सन् १९४१ मा जस्तै फेरि एउटा चक्र पूरा भयो । हाम्रो देशको भविष्य मस्कोमा केन्द्रित हुँदै आयो । भोलि के हुने होला ?
तर भविष्यको आङ्कलन नगरी सन् १९४१ को शरद र ग्रीष्मयाममा भएको रक्तपातपूर्ण घातक सङ्घर्षमा हामीले मस्कोको पर्खालअघि फासिवादी हमलाको सामना ग¥यौँ । ती दिनहरूको सम्झना गरौँ र ती दिनहरूका प्रभावबारे बुझौँ… । सैनिक कमान्डरको दृष्टिकोणबाट होइन, मस्को सोभियतका अध्यक्ष भासिली प्रोनिन ९ख्बकष्ष् िएचयलष्ल०बाट कुरा सुनौँ । उनी सन् १९३९ अप्रिलदेखि १९४५ सम्म मस्को रक्षा दल ९ःयकयखष्भत०का अध्यक्ष थिए । सैन्य इतिहास जर्नलका सम्पादक कप्तान एसजी इसेन्को ९ऋबउतबष्ल क्।न्। क्ष्कजभलपय०ले उनीसँग लिएको अन्तर्वार्ता प्रस्तुत छः
भासिली प्रोकोरोबिच, तपाईं ३३ वर्षको उमेरमा मस्को नगर सोभियतका प्रमुख भएको मलाई जानकारी छ । जनताका कमान्डरहरूसमेत मस्कोमा मोटरसाइकलमा हिँड्ने त्यो समय बुझ्न गाह्रो छ । तपाईं कसरी मस्को सोभियतको प्रमुख बन्नुभएको थियो ?
एउटा घडी कारखानाको पार्टी समिति सविचका रूपमा काम गर्दै गर्दा खुस्चेभले लेनिनग्राद जिल्लाअन्तर्गत मस्कोको सचिवमा मलाई सिफारिस गरेका थिए । सन् १९३९ अप्रिलमा कमरेड मोलोतोभसँग भेट्न मलाई बोलाइयो । उनले मलाई अभिवादनबाहेक केही भनेनन् । अर्काे ठाउँमा छलफल हुने बताए । अनि हामी स्टालिनको कार्यालयमा गयौँ । जेभी स्टालिनसँगको त्यो मेरो पहिलो भेट थियो । जर्मन फासिवादीहरू मस्कोको ढोकामै आइपुगेको समयमा मस्कोले झेल्नुपरेका समस्याहरू, जस्तैः आलु, सागपातका समस्या आदिबारे स्टालिनले विस्तृत व्याख्या गर्नुभयो । त्यतिबेला मस्को प्रशासनले मस्कोवासीहरूलाई आवश्यक वस्तुको ४० प्रतिशतमात्र भण्डारमा सञ्चय गर्न सकेको थियो । यो विषम परिस्थितिका लागि दोषीहरूलाई अदालतले कारबाहीको फैसला गरिसकेको थियो । स्टालिनले यो अवस्थामा सोभियत सङ्घको जीवनमरणको सङ्घर्षको व्याख्या गर्दै सोभियत जनताका शत्रुहरूलाई उदिङ्ग्याउँदै जेलमा कोच्नुपर्ने बताउनुभयो । नाकाबन्दीका कारण दसौँ लाख सोभियत जनता मारिनुभन्दा त्यो उपयुक्त कदम थियो । यो अभिव्यक्ति मेरानिम्ति पनि खबरदारी थियो । मैले सोझो अर्थमा बुझेँ ।
हाम्रो यो अन्तर्वार्तामा स्टालिनका विषयमा पटकपटक चर्चा गर्नेछौँ । मस्को सोभियतको प्रमुखको नाताले तपाईंले बारम्बार स्टालिनसँग भेट्नुभयो । पछिल्ला ४० वर्षमा हामीले सुन्दै आएको स्टालिनविरोधी आक्रोशबारे तपाईं के भन्नुहुन्छ ?
यो निकै कठिन प्रश्न हो । मेरो कामको सिलसिलामा पक्कै पनि मैले धेरैपटक स्टालिनसँग भेटेँ । प्रचारक, इतिहासविद् तथा विगत र वर्तमान नेताहरूले स्टालिनबारे लेखेका र बोलेका कुरामा कुनै पनि सत्यता छैन । केही पनि वास्तविक वा विश्वसनीय छैन । स्टालिन कुनै मूर्ख वा कमजोर हुनुहुन्नथ्यो । ज्यादै कठिन समयमा स्टालिन एकजना दृढ नेता हुनुहुन्थ्यो । हाम्रो सिमानाभित्र र बाहिर हाम्रा शत्रुहरू थिए ।
तपाईंलाई स्टालिनसँग डर लाग्थ्यो ?
स्टालिन? हुनसक्छ म डराउँथेँ । तर स्टालिन भव्य र निकै विद्वान् व्यक्तित्वका धनी हुनुहुन्थ्यो । कुनै पनि समस्याउहाँ व्यवस्थित रूपमा सामना गर्नुहुन्थ्यो । सन् १९३०–४० सम्म हामीले त्यसरी नै काम ग¥यौँ । मस्को रक्षाका लागि गहिराइमा पुगेर काम भयो । स्टालिन हरेक दिन मस्कोका सबै क्षेत्रको भ्रमण गर्नुहुन्थ्यो, सबै किल्लाहरूका लागि आलोचना गर्नुहुन्थ्यो । ससाना कुरामा पनि उहाँको ध्यान पुग्थ्यो । सानाभन्दा साना भेदबारे पनि चासो राख्नुहुन्थ्यो । म प्रायः उहाँसँगै जान्थेँ । कहाँ जाने हो, उहाँसँग जनरल भ्लासिभ ९न्भलभचब िख्बिकष्ख०,सोर्बाकोभ ९क्जअजभचदबपयख०र ज्दानोभ ९श्जमबलयख०अथवा मोलोतोभ हुन्थे । प्रायजसो यस्तो भ्रमण साँझपख हुने गथ्र्याे ।
गन्तव्यमा पुगेर हामी रक्षाव्यवस्था, बन्दुक राख्ने ठाउँलगायत अन्य संरचनाको अवलोकन थाल्थ्यौँ । हामी योजनाका विषयमा छलफल गथ्र्यौं । सुधारका लागि के गर्न सक्छौँ, परामर्श गथ्र्याैं अथवा काममा दिन निश्चित योजना बनाउँथ्यौँ । स्टालिनलाई देखेर जनता झुम्मिन्थे । म एक ठाउँको घटना सम्झन्छु, लेनिन स्मारकमा आफ्नो वरपर झुम्मिएका जनतालाई स्टालिनले भन्नुभएको थियो, ‘कमरेडहरू, यो जनसभा होइन । हामी यहाँ निर्माणकार्य अवलोकन गर्न आएका हौँ ।’ स्टालिनलाई कसैले हमला गर्ला कि भनी यताउता दौडिँदा भ्लासिभको पसिना छुट्थ्यो । …स्टालिनको अरू कोही अङ्रक्षक थिएन । उहाँ स्वतन्त्र ढङ्गले जनतासँग भेट्नुहुन्थ्यो, कुराकानी गर्नुहुन्थ्यो, हात मिलाउनुहुन्थ्यो ।

estalin
स्टालिन सबै विषयमा चासो राख्नुहुन्थ्यो । उहाँलाई सबै कुरा थाहा हुन्थ्यो । त्यसमध्ये पनि मस्कोको सुरक्षा उहाँको विशेष ध्यानको विषय भयो । जुबोम्स्की बजार भत्काउने विषयमा स्टालिनले कागानोविचलाई दिनुभएको सल्लाह झल्झली सम्झन्छु । जाडो छल्न आवासीय भवन वा सरकारी भवन निर्माणका बखत स्टालिन कहिलेकहीँ घन्टौँसम्म भवन वा सरकारी भवन निर्माणको बखत स्टालिन कहिलेकहीँ घन्टौँसम्म प्राविधिक एवम् वास्तुविद्हरूका प्रविधि र तिनका समस्याबारे कुरा सुन्नुहुन्थ्यो । (उतिबेला जाडो छल्ने प्रविधिको विकास भइसकेको थिएन ।)
खुस्चेभबारे नि ? खुस्चेभबारे तपाईं कस्तो सोच्नुहुन्छ ?
उनीसँग सहकार्य सामान्य नै थियो । उनले मस्को सोभियतलाई योजना निर्माण र प्रस्तावमा सघाए । उनी सुन्थे तर कहिल्यै कुनै सुझाव र विचार दिन्नथे । उनी आफ्नो विचार भएका मान्छे थिएनन् ।
नगरका प्रायशः सोभियत जनता उनलाई मन पराउन्नथे । उनीहरू खुस्चेभसँग अप्ठ्यारो मान्थे । किन ? खुस्चेभको शिक्षण राम्रो थिएन र त्यति खुल्दैनथ्यो । त्यो उनको कमजोरी थियो ।
त्यतिबेला भएका कुनै पनि दमनका लागि प्रायशः उनी जिम्मेवार थिए । किन ? किनभने उनको टाउकोमाथि डेमोकल्सको तरबार झुन्डिएको थियो । सन् १९२० देखि खु्रस्चेभले सधैँ त्रोत्स्की र उनको मोर्चालाई मत दिए र समर्थन गरे । ….लेनिनका अन्तिम दिनहरूमा उनले लेनिनका विपक्षमा समेत मत व्यक्त गरे । बदलाको डरले उनले ‘शत्रुको खोजी’ मा दिलोज्यान लगाए ।
खु्रस्चेभले मुख्यतः असल कम्युनिस्ट र सोभियत कार्यकर्ताविरुद्ध दमनचक्र चलाए । उनकै निर्देशनमा मस्कोका २३ जना सचिवलाई गिरफ्तार गरियो, कति यस्ता घटनाबारे स्टालिनलाई जानकारी पनि थिएन । कात्सलबोगेन ९प्बतकभभिदयनभल०, मार्गाेलिन ९ःबचनयष्लि०जस्ता जिल्ला, प्रान्त र क्षेत्रका सबै सचिवहरू र उनकै सहयोगीहरूलाई समेत उनले गिरफ्तार गर्न लगाए । सन् १९३८ आफू युक्रेनमा छँदा ख्रुस्चेभले मस्कोका सबै अधिकारीहरूलाई गिरफ्तार गर्न लगाए ।
हामी उतिबेला भर्खरका युवक थियौँ । खुस्चेभको कुरा सुनेर हामी आश्चर्यमा पथ्र्याैं । उनकै शब्दमा उनी आफै ‘जनताका शत्रु’ को घेराबन्दीमा परेको बेला कसरी हाम्रो असल, इमानदार कम्युनिस्ट कार्यकर्ता हौँ भनी ढुक्क हुनसक्थ्यौँ र ¤ मस्को पार्टी समितिमा उनी एक्लै हुन्थे ¤
के तपाईंले उतिबेलाका तथाकथित दमन मुख्यतः खुस्चेभको काम अथवा त्यसका निम्ति उनी जिम्मेवार भएको भन्न खोज्नुभएको हो ?
हो, धेरै हदसम्मे मैले त्यही भन्न खोजेको हुँ । सन् १९३८ मा मस्को पार्टी सङ्गठनको सेर्बाकोभ९क्जअजभचदबपयख० आएपछि मस्को नगरका कोही पनि पार्टी कमरेडहरूलाई दबाइएन वा कामबाट निकालिएन । सन् १९४० जुलाईमा बसेको पोलिटब्युरोबैठक म स्मरण गर्छु ः सेर्बाकोभको क्षमतामा केही प्रश्न उठाएर खुस्चेभ र उनका सहयोगीहरूले उनलाई पदमुक्त गर्ने कुरा उठाए । सङ्गठनलाई ‘शत्रुहरू’ बाट मुक्त पार्न कुनै कदम नचालेको आरोप पनि उनीमाथि लगाइएको थियो । सेर्बाकोभलाई जोगाउन स्टालिनले भूमिका निर्वाह गर्नुभयो । मेरो उपस्थितिमै सेर्बाकोभ मस्को पार्टी सङ्गठनको प्रमुखमा आएपछि पार्टी एकाइ र आफ्नो गिरफ्तारीविरुद्ध अतिरञ्जनापूर्ण आरोप लगाएको भन्दै एनकेभीडी ९ल्प्ख्म्० का कमान्डरबाट पार्टीलाई मुक्त गर्न खु्रस्चेभले भूमिका खेले । यी सबै कारबाही हुनबाट स्टालिन र सेर्बाकोभले जोगाउनुभयो ।
भालिसी प्रोकोरोबिच, त्यतिबेला मस्कोको ढोकासम्मै जर्मन फासिवादीहरूको शीघ्र आगमनबारे तपाईंले के अनुभव गर्नुभयो ?
सन् १९४० जनवरी देखि नै मस्कोको सुरक्षा गर्न योजना बनाउने र योजना कार्यान्वयन गर्न पूर्ण तयारीमा केन्द्रीय समिति लागेको थियो । त्यतिबेला प्रायशः कारखाना र प्रतिष्ठानहरू युद्धजन्य उत्पादनस्थलमा परिणत भइसकेका थिए । विशेषतः स्टालिनले यो काममा इमानदार बन्न र शीघ्रातिशीघ्र सम्पन्न गर्न आग्रह गर्नुभएको थियो । फासिवादविरुद्धको घातक सङ्घर्षबाट तिनलाई जोगाउनु थियो । मस्कोमा बृहत् विमान उत्पादक कारखाना थियो । मस्को सोभियतलाई विशेषतः विमान र हातहतियार उत्पादनमा अनुगमन गर्ने जिम्मेवारी दिइएको थियो । सोभियत सङ्घको कम्युनिस्ट पार्टी केन्द्रीय समितिमा यी विषयहरूमा धेरैपटक छलफल भए र मलाई सधैँ त्यहाँ बोलाइन्थ्यो । सन् १९४० जुलाईमा उत्पादन परिणाम र तदारुकता अपेक्षित बिन्दुमा नपुगेकाले पार्टीमा सम्पूर्ण मस्को सोभियतको कडा आलोचना भयो ।
फिनिस युद्धको आरम्भसँगै नगरको पीभीओ ९एख्इ० र एमपीभीओ ९ःएख्इ०को रक्षाको तदारुकता र गुणलाई उच्च प्राथमिकता दिइयो । व्यापक रूपमा निर्माणकार्य अगाडि बढाइयो । सुरुङ खनियो ।जलसञ्चय स्थलहरू बनाइए । जिल्लाजिल्ला र मस्कोबाहिर रेलको सुरक्षा बलियो बनाइयो र सबै सुरुङहरूमा पानी, ग्याँस, विद्युत् वितरण गर्ने पाइपको व्यवस्था गरियो ।साथै हावा भित्र–बाहिर गर्ने भेन्टिलेसनहरूको पनि बन्दोबस्त गरियो । २ हजारभन्दा बढी गट्ठाघरहरूबनाइए । बिजुली बत्ती केन्द्रित गरियो । मस्कोभरि कमान्ड चौकीहरू बनाइए । सेनाबाहेक लाखौँ मस्कोबासीहरूलाई लड्ने, रक्षा गर्ने, गोली हान्ने, प्राथमिक उपचार आदिको तालिम दिइयो । ६ लाखभन्दा बढी मानिस, तिनमा पनि अधिकांश महिलाहरूलाई तालिम दिइएको थियो । सन् १९४० मा मात्र हामीले निर्माणकार्यका लागि २२ सय मिलियन (९२ अर्ब २० करोड)बजेट विनियोजन ग¥यौँ ।
हामीलाई आसन्न युद्धले मस्कोलाई फरक आँखाबाट हेर्ने बनाएको थियो । धेरै समस्याहरू थिए । त्यतिबेलै मस्कोको जनसङ्ख्या १ लाख ५० हजार पुगिसकेको थियो । वरपरका जिल्लाबाट धेरै मानिस मस्कोमा ओइरिएका थिए । यातायातको समस्या पनि विकराल थियो । मस्कोका साँघुरा सडक र पुलहरूले ट्याङ्करहरूलाई अगाडि लान ज्यादै गाह्रो थियो । युद्धपछिका दिनहरूमा हामीले किन १२ वटा फराकिला पुल, ४५ छोटा बाटा, भूमिगत बाटा र अन्य संरचनाहरू बनायौँ ? हामीलाई समस्या उत्पन्न ग¥यो । खानेपानीको अभाव थियो– व्यावहारिक रूपमा भन्नुपर्दा पूरै नदी पिएरै सिध्याइयो ।
नदीले जम्मा ६ करोड ग्यालेन पानी उपलब्ध गराउँथ्यो जबकि मस्कोलाई १० करोडग्यालेन पानीको आवश्यकता थियो । नगरको केन्द्रमा पानी पाँचौँ तलाभन्दा माथि चढ्न सक्दैनथ्यो । मस्को–भोल्गा सुरुङ निर्माणपछि यो समस्या समाधान भयो । सयौँ पाउरोटी उत्पादन कारखाना बनाइए र तातो बनाउने आयोजनाहरू स्थापना गरिए । मस्कोलाई रक्षा गर्न मात्र यी सबै काम गरिएको थिएन, बरु युद्धपछिको मस्कोको निमित्त पनि ती सबै निर्माण गरिएका थिए । मस्कोलाई छोड्ने विचार कहीँकतै थिएन ।
त्यसपछि युद्ध सुरु भयो ।
जर्मनी र उसका सहयोगी बलिया शक्तिहरूले गरेको अचानकको हमलाले हामीसँग युद्धमोर्चामा सहायता पु¥याउन सबै हातहतियार र बन्दोबस्तीका सामग्रीको अधिकतमउत्पादनको माग ग¥यो । त्यसकारण युद्धपूर्वको परिचालनलाई दुईदेखि तीन गुणासम्म बढाइयो । के तपाईं त्यसको कल्पना गर्न सक्नुहुन्छ ? युद्धमोर्चामा सबै राम्रा र सक्षमजनशक्ति परिचालित भइसकेको अवस्थामा यी सबै काम फत्ते गर्नुपर्ने अवस्था थियो । मस्कोबाट लाखौँ मानिस युद्धको मोर्चामा थिए । केही साताभित्रै सबै कारखाना र उत्पादन उद्योगहरू युद्धको आधारस्थलहरूमा परिणत भए । राज्यसत्ता समितिले हामीलाई मोर्चाकालागि उत्पादन बढाउने काम दिएको थियो । ती कारखानाबाट पोसाक र बुट उत्पादन गर्न त सजिलो थियो तर त्यहाँबाट बन्दुक, गोली, ट्याङ्क आदि उत्पादन गर्न भने ज्यादै कठिन थियो । सन् १९४१ जुलाईको सुरुतिर प्रमुख मुख्यालयले मस्को सोभियतलाई रकेट प्रक्षेपण गर्ने ट्याङ्क उत्पादन थाल्न अनुरोध ग¥यो । ती ‘कात्युसास’९प्बतथगकजबक० मस्कोका ५० वटाभन्दा बढी कारखानाहरूमा उत्पादन गर्न थालियो । यो महŒवपूर्ण कामका लागि एउटा समन्वय समिति गठन गरिएको थियो । हाम्रो उत्पादनको प्रमुख जिम्मेवारी सोभियत सुरक्षा समितिका सहअध्यक्ष भोज्नीसेन्सकी ९ख्यशलभकभकपथ० लाई दिइएको थियो । उत्पादनमा आइरहेको व्यवधानबारे हामी दैनिक छलफल गथ्र्याैं । हामीलाई रकेट प्रक्षेपण गर्ने औजारको समस्या आइप¥यो । ती रकेटका लागि आवश्यक ट््युब युरालबाट मस्कोमा ल्याउनुपर्ने भयो । हामीलाई मेसिनगनअति आवश्यकथियो । स्टालिनले धेरै उत्पादनको माग गर्नुभयो तर हामी सेनाको प्रत्येक टुकडीलाई १ सय मेसिनगन दिन पुग्नेमात्र उत्पादन गर्न सक्थ्यो । मेसिनगन उत्पादनका लागि हामीले २० वटा कारखानालाई जिम्मेवारी दियौँ । सन् १९४३ सम्मका मार्सलजुकोभ ९श्जगपयख० र मार्स भासिलेभ्स्की ९ख्बकष्भिखकपथ० को सेनाले मात्र १० लाख मेसिनगन पाएका थिए । सन् १९४१ अक्टोबरमा यातायातको साधनबारे सोध्नुभयो । यसको कारण व्याख्या गर्दै भनेः एउटा मोर्चा र अर्काे मोर्चाबीचको दूरी धेरै भएकोहुँदा एउटा खतराको बिन्दुदेखि अर्काे बिन्दुसम्म सिपाही ओसार्न ट्रकहरूको खाँचो रहेछ । हिलोमा गाडिएको ट्याङ्क निकाल्ने क्रेनको माग पनि धेरै आए । हामीले विज्ञहरूलाई लगाएर तत्कालै त्यस्तो प्रयोजनको भीमकाय क्रेनको डिजाइन गरी उत्पादन थालिहाल्यौँ । हामीले हिलोमा गाडिएका १३ सयभन्दा बढी ट्याङ्कहरूलाई निकाल्यौँ ।… हाम्रो मात्र होइन हामीले जर्मनीको ट्याङ्कहरू पनि निकालेर उनीहरूकै विरुद्ध प्रयोग ग¥यौँ ।
धेरै ठूलो प्रतिशतमा कलकारखाना पूर्वतिर सारियो, सँगै हजारौँ विशेषज्ञहरू पनि सरे । यी सबै बीच पनि मस्कोले १९ हजार लडाकु विमान, ३ हजार ७ सय ४५ रकेट प्रक्षेपक ‘कात्युसास’, ३५ लाख स्वचालित राइफल, ३ करोड ४० लाख विद्युतीय धराप र बम, १ करोड पोसाक आदि उत्पादन ग¥यो ।
युद्धको समयमा सोभियत जनताको वीरताको विषयलाई अवमूल्यन गर्नु ठीक होइन । तर आजभोलिका नेताहरू ती दुःखदायी दिनहरूलाई लिएर हाँसो र व्यङ्ग्य गर्छन् । उनीहरू नागरिकहरू मस्को वा व्यवस्था जोगाउन चाहँदैनथे भनी पुष्टि गर्ने प्रयास गर्छन्, हामी त्यतिबेलाका तथ्यमा चर्चा गरौँ ।
सन् १९४१ जुलाई २ को रात केन्द्रीय समितिका सचिव मालेन्कोभले टेलिफोन गरेर मलाई तुरुन्त भेट्न बोलाउनुभयो । त्यतिबेला म एउटा काममा अत्यन्त व्यस्त थिएँ । त्यसैले क्रेमलिनमा मालेन्कोभलाई भेट्न मेरो सहयोगी कोरोभेल गए । बैठकमा सबै जिल्लाका सचिवहरूको उपस्थिति थियो । मालेन्कोभले भन्नुभयो ः ‘हाम्रो मातृभूमि भयानक खतरामा छ, हामीले जनप्रतिरोधलाई बलियो बनाउनु परेको छ ।’ यसका लागि पार्टीले आह्वान गरेको ५ दिनभित्र शिक्षक, सहकारी कर्मचारीलगायत ३ लाखभन्दा बढी मस्कोवासीहरू जनप्रतिरोध समितिमा सरिक भए । तीमध्ये १ लाखभन्दा बढी कम्युनिस्टहरू थिए भने कोमसोमोल (युवा सङ्गठन सदस्य) हरू १ लाख ५० हजारभन्दा बढी थिए । सबै कारखाना र कार्यालयमा जनताका बटालियनहरू गठन गरिए । उनीहरूलाई गहिरा सुरुङ खन्ने काममा लगाइयो । तिनीहरू समाजवाद एवम् मातृभूमिका रक्षकहरू थिए । स्वयम्सेवी सबै जनतालाई हामी युद्धमोर्चामा पठाउन सक्दैनथ्यौँ । त्यसो गर्दा सहर पूर्ण रूपमा रित्तो हुन्थ्यो । हामीले १ लाख २० हजार स्वयम् सेवीहरूलाई मात्र त्यसको लागि छनोट ग¥यौँ । हामीले जनमिलिसियाका १३ डिभिजनहरू गठन ग¥यौँ । सबै बन्दुक र पोसाक सोभियत सेनाका लागि पठाइने भएकाले हामीलाई बन्दुक र पोसाककै समस्या थियो । केही कारखानालाई जनमिलिसियाका यी आवश्यकता पूरा गर्न उत्पादनलाई निरन्तरता दिने जिम्मेवारी दिइएको थियो । तिनलाई तालिममा प्रयोगगरियो । जनतालाई ग्रिनेड र मोलोतोभ हातेबम दिइयो ।
जनमिलिसियाले निर्वाह गरेको भूमिका अकल्पनीय थियो । आजभोलि भनेको सुन्दा टिठ लाग्छ ः ‘के त्यति धेरै नागरिक परिचालन गर्न जरुरी थियो ?’ ‘के ती स्वयम्सेवीहरूलाई जर्मनी फासिवादी ट्याङ्कको सामना गराउनु आवश्यक थियो ?’ ‘त्यो त सेनाको काम हो, जनताको होइन ।’
आजभोलिका मानिसहरू बुझ्दैनन् वा उनीहरू बुझपचाएर वीरहरूको अपमान गर्नतिर लागेका छन् । युद्धको सुरुका दिन हुनसक्ने महामारी अथवा सङ्कटबारे सबजनाले बुझ्न जरुरी छ । फासिवादीहरूको मानोमानी हमलापछि हाम्रो भण्डारघरमा भण्डारण गरिएका धेरै युद्धसामग्री लुटाए । जर्मनहरूले भेटाएका भण्डारघाटहरूबाट हिटलरका सिपाहीले दसौँ लाख राइफल कब्जा गरे । शत्रुले कतिबेला हमला गर्ने हो, अनुमान नै गर्नसकिँदैनथ्यो । हामीसँग थोरै मात्र गुप्तचर थिए । दोहोरो गुप्तचरी गर्नेहरूले गलत सूचना दिन्थे । हिटलरलाई पहिलासोभियत सङ्घमा हमला गर्न उक्साउने अनुमान गरिएका सहयोद्धा देशहरूले हाम्रा दैनिक अधिकारीहरूलाई गलत सूचना दिन्थे ।
सुरुको हमला सामना गर्दै आफ्नो जीवन बलिदान गर्ने वीरहरूप्रति हामीले हाम्रो शिर झुकाउनुपर्छ । उनीहरूकै कारण हामी जीवित छौँ ।
वास्तविक मस्को रक्षा कहिलेबाट सुरुभयो ?
हमलाको पहिलो दिनबाटै मस्को रक्षा व्यवहारतः सुरु भयो । मस्कोबाट २०–३० माइल बाहिर प्रतिरक्षा घेरा बनाइएको थियो । मस्कोभित्र तीनवटा प्रतिरक्षा घेरा थिए । मस्को रक्षा गर्न १ लाखभन्दा बढी जनता खटेका थिए । एउटा तथ्य स्पष्ट पारूँ– प्रतिरक्षामा खटाइएको कोही पनि सर्वसाधारण धोखा दिएर भागेन ।
नागरिक प्रतिरक्षा टोली तालिम प्राप्त थियो र बजारमा लड्न तयार थियो । प्रत्येक ब्लकमा कमान्ड पोस्ट थियो, प्रत्येक जिल्लामा मुख्यालय थियो । पार्टी र मातृभूमिप्रति प्रेम र समर्पणको भावना त्यतिबेलाजस्तो उँचो कहिल्यै भएन ।
तपाईं केन्द्रीय कमान्डको सदस्य हुनुहुन्थ्यो । मस्कोको प्रतिरक्षा वा खाली पार्ने विषयमा त्यतिबेला कुनै मतान्तर थियो ?
मतान्तर थिएन, एकता थियो । अक्टोबर १९ को रात हामीलाई जनरल स्टाफ कमान्डमा आउन खबर भयो । त्यहाँ एउटै विषयमा मात्र छलफल भयो ः के हामी मस्कोको प्रतिरक्षा गर्दैछौँ ? चलनचल्तीअनुसार सुरुमा सबै उच्चाधिकारी र मस्कोका सचिवहरू ः बेरिया, मालेन्कोभ, मोलोतोभबीच क्रेमलिननमा कुराकानी भयो ।
सैनिक उच्च नेतृत्वबाट कोही थिएन ?
जनरल अर्टाेमियभ ९ब्चतभचmष्भख० थिए । मार्सल जुकोभ मोर्चामा थिए ।
यसको अर्थ मस्कोलाई छोड्न कि प्रतिरक्षा गर्ने भन्ने निर्णय गर्ने अधिकार सरकारी नागरिक प्रशासनलाई छोडिएको देखियो, होइन त ?
हो, त्यस्तै देखियो । हामी स्टालिनको कार्यालय जान सबैजना हलमा भेला भयौँ, बेरियाले मस्को खाली छोड्न सबैलाई सम्झाउने बताए । उनी मस्को छोड्ने र जर्मनीलाई सुम्पिने पक्षका थिए । भोल्गा नदीमा रक्षा मुख्यालय स्थापना गर्नुपर्ने उनको मत थियो । मालेन्कोभ पनि बेरियासँग सहमत थिए, मोलोभतोभ भने ज्यादै रुष्ट थिए र उनी यसको विपक्षमा थिए ।अरू सहभागीहरू मौन थिए । म बेरियाका शब्दहरू पनि सम्झन्छुः ‘के हामी मस्कोको रक्षा गर्छाैं? हामीसँग प्रतिरक्षाका लागि केही पनि त छैन । हामीलाई उनीहरूले छिन्नभिन्न पार्नेछन् र भङ्गेरोलाई जस्तै भुट्नेछन् ¤’
त्यपछिहामी स्टालिनकोमा गयौँ । हामी १०जना थियौँ । सधैँजस्तो मुखमा धूम्रपाइप सल्काउँदै स्टालिन आफ्नो कार्यालयमा हुनुहुन्थ्यो । हामी सबै बसिसकेपछि उहाँले प्रश्न सोध्नुभयो ः ‘के हामी मस्कोको रक्षा गर्दैछौँ?’
सबैजना चुपचाप थियौँ । केही मिनेटसम्म त्यतिकै भयो र उहाँले फेरि त्यही प्रश्न गर्नुभयो । फेरि पनि हामी मौन थियौँ । ‘तपाईंहरू यसरी नै चुपचाप बस्नुहुन्छ भने म प्रत्येकसँग बेग्लाबेग्लै सोध्नेछु ।’ उहाँले सबभन्दा सुरुमा मोलोतोभलाई सोध्नुभयो । मोलोतोभले भने ः ‘हामी मस्को रक्षा गर्दैछौँ ।’ स्टालिनले सबैसँग बेग्लाबेग्लै सोध्नुभयो । बेरिया र मालेन्कोभसहित सबैजनाले मस्को रक्षाकै पक्षमा मत व्यक्त गरे ।
उहाँले मतिर हेरेर भन्नुभयो ः ‘प्रोनिन, यो कुरा लेख त ।’ मैले कागज र सिसाकलम झिकेँ र स्टालिनले भनेअनुसार लेख्दै गएँ । यो कुरा हामीले सबै जनतालाई जानकारी गरायौँ… अनि उहाँले यो खबर प्रमुख मुख्यालय ९न्ज्त्त० र रेडियोमा पनि पठाउन भन्नुभयो । त्यसपछि उहाँले टेलिफोनबाट युद्धमोर्चामा सम्पर्क गर्नुभयो । अनि सबै डिभिजन, कमान्डर, सेनाको सेक्सनका सम्पूर्ण नम्बर भएको उहाँको सानो पुस्तिका हेर्दै सबैतिर आफैँले सम्पर्क गर्नुभयो । प्रधानसेनापतिको हैसियतमा उहाँले तत्काल मस्कोवरपर आआफ्ना सेना परिचालन गर्न आदेश दिनुभयो । कसले हो, युराल क्षेत्रबाट सेना मस्को ल्याउन पुग्दो रेलवे सेवा नभएको कुरा उठायो । स्टालिनले जोडपूर्वक भन्नुभयो ः ‘तपाईंसँग रेल हुनुपर्छ । यहाँ कागानोबिच हुनुहुन्छ ।उहाँले रेल यातायातको व्यवस्था गर्नुभएन भने उहाँको टाउको खतरामा छ ।’
हेर्नाेस्, स्टालिनले कहिल्यै मस्को छोड्ने सोच्नुभएन ।
मस्को रक्षामा स्टालिनको निर्देशनमा सबै तयारी हुँदाहुँदै आजभोलिका नेताहरू

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :