बारा र रौतहटमा किसान आन्दोलन : अनिल शर्मा

अनिल शर्मा (विरही) नेकपा (माओवादी) पोलिट व्यूरो सदस्य तथा प्रकाशन विभाग ईन्चार्ज
अनिल शर्मा (विरही) नेकपा (माओवादी) पोलिट व्यूरो सदस्य तथा प्रकाशन विभाग ईन्चार्ज

रौतहटपूर्व र बारापश्चिम रहेका यी दुई नेपालको तराईमा अवस्थित जिल्ला हुन् । रौतहटको पूर्वमा बागमती नदी पर्छ । यसले सर्लाही र रौतहटलाई छुट्ट्याएको छ । बाराको पश्चिममा पर्सा र उत्तरमा मकवानपुर जिल्ला पर्छन् । रौतहटको उत्तरमा भने सिन्धुली जिल्ला पर्छ । दक्षिणमा दुवै जिल्लाको सिमानामा अन्तर्राष्ट्रिय सिमाना अर्थात् भारत बिहारको चम्पारन जिल्ला पर्छ । त्यहाँ थारू, कछार, दनुवार, मुसहर, यादव, तेली, दुसाध, चमार र बाहुन, क्षेत्री, तामाङ, मगरलगायत समुदायको बसोबास छ । यहाँ एकातिर अर्बपति जमिनदार छन् जसले गाई–भैँसी होइन, हात्ती पाल्छन्, अर्काेतिर पुस्तैनी माटोमा रगतपसिना खर्चिंदा पनि अनिकाल, भोक र रोगले मरिरहेका छन् । भ्रष्ट कर्मचारी, विदेशी भारतीय साहू–महाजन र कालाबजारीबाट जनता थिचोमिचोमा परेका छन् । तराईका जनतालाई काठमाडौँका संदसीय सत्ताले भन्दा कम शोषण त्यहाँका सामन्त र दलाल तत्वले गरेका छैनन् । तर छट्टु नेताहरू (जमिनदार र दलाल व्यापारीवर्ग) ले काठमाडौँतिर चोर औँला देखाएर आफूले एकलौटी लुटेका छन् । भ¥याङ बनाएका छन् । उनीहरूले वर्गीय शोषणलाई ढाकछोप गर्ने, जाति, धर्म र क्षेत्रको नारा उरालेर जनता जुधाउने र लुटको राज कायम गर्ने नीति लिएका छन् ।

आजभोलि उनीहरू त्यसका लागि भारतको आशीर्वाद थापिरहेका छन् । तर आफ्नै देशका जनतालाई अधिकार नदिने भारतीय दलाल सत्ताले नेपालको तराईबासीलाई अधिकार दिलाउन सहयोग गर्ला त ? बारा र रौतहटमा सयौँ वर्षदेखि जोताहामाथि उत्पीडन हुँदै आएको छ । त्यसका विरुद्ध समयसमयमा किसानहरूले विद्रोह पनि गर्दै आएका छन् । २००९ सालमा त्यस क्षेत्रमा ठूलो किसान विद्रोह भएको थियो । जोतहा किसानमाथि तराई मूल र पहाडे मूलका ठूलाबडाको शोषण र अपमानका विरुद्ध त्यहाँ ठूलो विद्रोह भएको थियो । चमार, मुसहर र थारूलाई मान्छे नै मान्दैनन् । ‘मान्छे होइन, थारू आयो’ त्यसरी सोच्ने र व्यवहार गर्ने गर्थे । ‘रे’ भनेर बोलाइन्छ । नेकपाको नेतृत्वमा त्यसका विरुद्ध विद्रोह भएको थियो ।

त्यसबेला गाउँगाउँमा कतै गुप्त र कतै खुला रूपमा किसान सङ्गठन बनाउन थालिएको थियो । त्यसबेला ‘रे’ होइन ‘जी’ सम्बोधन गर भनेर नारा लगाउन, दबाब दिन थालियो । त्यो आत्मसम्मान र प्रतिष्ठाको लडाइँ थियो । किसान सङ्गठनले कसैले कुनै किसानलाई ‘रे’ भनेर जस्तै ‘सोमलाई’, ‘विकुरे’ भन्न नपाउने आदेश ग¥यो । नमान्नेलाई जनकारबाही गर्न थाल्यो । अब कुनै किसानलाई बोलाउँदा ‘सोमलालजी’ भन्नुपर्ने भयो । त्यो निर्णय आँधीभन्दा छिटो र बलशाली भएर वरपर फैलियो । त्यो आन्दोलनको प्रभावका विषयमा किसान नेता रामबहादुर ज्यापू आÇनो कृति ‘नेपालमा किसान आन्दोलनको एक झलक– भाग १’ मा लेख्छन्– ‘सुतिरहेका किसानहरू उठ्न थाले । हेलाँ, अपमान र बेइज्जतीको अर्थ बुझ्न थाले । तर शोषकहरूले किसानहरूलाई ‘जी’ भन्न मानेनन् । समानताको सङ्घर्ष सुरु भयो । गाउँगाउँमा किसानहरूले ‘रे’ को बदला ‘रे’ ले दिन थाले । बाराको वातावरण तनावपूर्ण भयो ।

rural-scene-es23_l

रौतहट र बाराका शोषक र सामन्तहरू काँप्न थाले । वस्तुगत नियम नै हो सुकेको वनमा भन्दा रौतहटमा विद्रोहको डढेलो फैलिएको थियो । रौतहटका इनरबारी, कोपवा, पिपरिया, लौकाहा, बसनपट्टी, पोखरिया, इथियाही, मनसरी, पथरा, पथिवाही, गइया, डुमरिया, महमदपुर, मोतीपुरलगायत गाउँमा सङ्घर्ष विस्तार भएको थियो । किसानहरूले विजय प्राप्त गर्दै गए । इनरबारी गाउँमा पहिलो विजय भएको थियो । जहाँ जादोलाल शाह नामको ठूलो सामन्त थियो । उसले किसान सङ्गठनको आदेश उल्लङ्घन गरेर एकजना किसानलाई ‘के’ सम्बोधन गर्नासाथ किसानको अरिङलजस्तो भीडले उसलाई लट्ठी, मुक्का, जुत्ता र घोचाले आक्रमण गरे । किसान नेता ज्यापु त्यस गाउँको विद्रोहका विषयमा लेख्छन्, ‘युगौँयुगदेखि सुतिरहेका किसानहरू इज्जतका निम्ति उठे । आत्मसम्मानका निम्ति किसानहरूको रगत उम्लिरहेको थियो । समानता र इज्जतका लागि किसानहरूले पार्टीको झन्डा अझ माथि उचाले । जमिनदार जादोलाल शाहले किसानहरूसामु आत्मसमर्पण ग¥यो ।’ त्यसपछि त्यसवरपरका अरू सानातिना जमिनदार र ठालुहरूले किसानलाई ‘जी’ भनेर सम्बोधन गर्न थालेका थिए ।

आत्मसम्मानको त्यो लडाइँमा विजयी भएपछि किसानहरू सङ्गठित हुनेक्रम तीव्र भयो । किसान सङ्गठन र नेपाल कम्युनिस्ट पार्टीले किसानलाई समग्र सत्ता र क्रान्तिका विषयमा जनचेतना फैलाउन थाले । जनसङ्घर्ष वर्गसङ्घर्षतिर सोझिन थाल्यो । इनरबारीमा जस्तै सङ्घर्ष बाराको कोचरता गाउँमा भएको थियो । त्यहाँ प्रहरी चौकी पनि थियो । किसान सङ्गठनले प्रहरीको नाक अगाडि नै सङ्घर्ष गर्ने योजना बनाएको थियो । एक दिन किसान प्रतिनिधिहरूले प्रहरी चौकीका प्रमुखलाई भेटेर भने, अबदेखि किसानलाई ‘रे’ भनेर कसैले बोलायो भने उसलाई पनि ‘रे’ भनिनेछ । यो कुरा सबै जमिनदारलाई भनिदिनुहोला । अपमान रोक्नुहोला । अन्यथा झगडा वा लडाइँ भयो भने त्यसको जिम्मा प्रहरी र सामन्त नै हुनेछन् ।

चारैतिर किसान आन्दोलन भैरहेको कारण त्रसित प्रहरीले त्यो सूचना जारी गरिदियो । तर ठूलाठूला सामन्तहरू प्रहरीको आदेश मान्न तयार भएनन् । उनीहरू पनि सङ्गठित हुन थाले । जमिनदारहरूको सभा भयो । उक्त सभामा सबैभन्दा ठूला जमिनदार द्रोणशमशेर राणाले भनेको थियो, ‘सयौँ वर्षदेखि हामीले तिनीहरूलाई ‘रे’ भन्दै आएका छौँ । आज पनि ‘रे’ नै भन्छौँ । ज्यान फाल्न तयार छौँ । तर थारू, चमार, दमैलाई ‘जी’ भन्न सक्दैनौँ । सरकारलाई हाम्रो सुरक्षा गर्नु कति रकम चाहिन्छ, बरु त्यो दिन्छौँ (झिल्को, २०४६ असोज) ।’ जमिनदार र शोषकहरूको सभाले उत्पीडन कायम राख्न आपसमा चन्दा सङ्कलन गरे । जिद्दी र घमण्ड गरे । घुसले अघाएका प्रहरी प्रमुख, सरकारी कर्मचारी, प्रहरी र जमिनदारहरू गाउँमा गएर किसानलाई धम्क्याउन र भड्काउन थाले ।

उनीहरूको ‘नेताहरूको पछि नलाग, ‘जी’ भनेर तिमीहरूले पैसा पाउने होइन, भोक मेटिने होइन, बरु धनीहरू रिसाए भने बटैया(अधियाँलाई तराईमा बटैया भनिन्छ) पनि खोसिन्छ । परम्परादेखिको चलनअनुसार चल । अन्यथा दुःख पाउनु पर्ला’ भन्न थाले ।कम्युनिस्ट पार्टीद्वारा प्रशिक्षित किसानहरूले त्यसको चोटिलो जबाफ फर्काए । हामीले केही पाउँदैनौँ भने तिमीहरू ‘जी’ भनेर के गुमाउछौ त ? अथवा हामीले तिमीहरूलाई ‘रे’ भनेर के बिग्रन्छ त ? भन्न थाले । जालीफटाहाहरू त्यसपछि लुते कुकुरझैँ पुच्छर लुकाएर भाग्न थाले । त्यो आन्दोलनले सरकारी कर्मचारी, प्रहरी, सरकार र जमिनदार आÇना विरोधी रहेछन् भन्ने कुरा उनीहरूले बुझे । किसान पक्षको सरकार चाहिन्छ भन्ने चेतना उनीहरूमा दह्रो हुँदै गयो । सरकारसँग लड्नु र गाउँका जमिनदारसँग लड्नु एउटै हो भन्ने भन्ने उनीहरूले बुझे । 

कचरुवा गाउँमा ठाकासा नामको अर्काे तराई मूलको जमिनदार थियो । उसले किसान नुनुलाललाई ‘नुनुवारे’ भनेर बोलायो । उनले पनि ‘ठाकासारे’ भनिदिए । जमिनदारले त्यो घटनालाई आफूमाथि भयानक अपमान ठान्यो । उसले आÇनो छातीमा गोली लागेझैँ बज्रपात ठान्यो । उसले कमरेड नुनुलालमाथि आक्रमण ग¥यो । घटनाको सूचना मिल्नासाथ सारा किसानहरू घटनास्थलतिर जम्मा भए । आक्रोशित र आत्मसम्मानले जलेका किसानले जमिनदारलाई घिसारे । कतिले पिटे, कुल्चे, भकुरे लेखाजोखा भएन । अपराधीलाई किसान सङ्गठनको कार्यालयमा पक्राउ गरेर लगे । उनीहरूले युगयुगदेखिको बदला लिए ।कासा नामको जमिनदारलाई थुनेर राखिएको ठाउँमा कार्यालयको सुरक्षार्थ ५० जना युवा किसानले लाठी र भालासहित पहरा दिएर बसेका थिए । जमिनदारका लठैत आउलान् भनेर किसानले पहरा दिएका थिए । किसानको शासन चलेको समय थियो त्यो गाउँमा त्यसबेला । अर्काे दिन अनुमानअनुसार १० जना जमिनदारका लठैत त्यो स्थानमा पुगे । तर पहरा देखेर भागे । केही दिनपछि जमिनदारहरूले ठाकासालाई अपहरण गरेर लास बेपत्ता पारेको भन्दै प्रहरी चौकीमा उजुरी दिए । अर्काे दिन २ जना प्रहरी जवान किसान कार्यालयमा पुगेर ठाकासालाई रिहा गर्न अनुरोध गरे । तर किसानहरूले प्रहरीको आदेश मान्न अस्वीकार गरे । अर्काे दिन प्रहरीको ठूलो बलले किसान कार्यालयलाई घेरा हाल्यो । किसानहरू पनि गाउँगाउँबाट ओइरिन थाले । विशाल विद्रोही भीडबाट त्रसित प्रहरीले किसान नेतासँग भेट्न माग ग¥यो । आक्रमण गर्ने दुष्प्रयास छोड्यो । प्रहरीलाई जमिनदार ठाकासालाई भेट्न दिइयो । त्यसपछि बल्ल जमिनदार ठाकासाले प्रहरीसहित किसानसमक्ष आत्मसमर्पण ग¥यो । उसले अबदेखि किसानहरूलाई बोलाउँदा ‘जी’ भन्न मन्जुर छु भन्दै कबुलियतनामा ग¥यो । त्यसपछि किसानले उसलाई रिहा गरिदिए ।  

 त्यो सफल सङ्घर्ष र विजयले बारामा सङ्गठनको विस्तार तीव्र भयो । किसानमा प्रेरणा र जोश बढ्यो । सामन्तहरू काँप्न थाले । त्यसपछि बारामा समानताको सङ्घर्षले वर्गीय चेतना बढायो । आज पनि बारा र रौतहट जिल्लामा वामपन्थी जनमत पार्टी र उसबेलाका किसान नेताको परिश्रम, त्याग र बलिदान छ । यसको जगमा हामी आज नयाँनयाँ सपना रोपिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :