पहिरोमा ज्यान गुमाउनेहरूप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

‘बेपत्ताको तत्काल उद्धार गर’

पहिरोमा ज्यान गुमाउनेहरूप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारतको उत्तराञ्चल, रुद्रप्रयागको गौरीकुण्डमा साउन १८ गते भीषण पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको खबरले पार्टीलाई निकै दुःखी बनाएको जनाएको छ ।

पार्टी प्रवक्ता कञ्चनले वक्तव्य जारी गरी घटनामा परी मृत्यु भएका कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रवक्ता कञ्चनले पहिरोमा परी मृत्यु भएकाहरूका परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।

वक्तव्यमा यतिका दिन बितिसक्दा पनि सरकारले पहिरोमा परेर बेपत्ता हुनेहरूको खोजी तथा उद्धारका लागि खासै चासो नदेखाएकोमा दुःख व्यक्त गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘वर्तमान राज्य प्रणालीको गलत रबैया र स्वदेशमा नै रोजगारीको व्यवस्था नभएकाले भारतलगायत बिदेसिएका नेपालीले अकालमा ज्यान गुमाउँदै आएका छन् । विदेशी माटोमा अकाल मृत्यु, घाइते तथा अशक्त हुने नेपालीको सङ्ख्या ठूलो छ । यसको मुख्य कारण वर्तमान दलाल संसदीय व्यवस्था र सत्तामा रहनेहरूको संवेदनहीनता नै हो । हाम्रो पार्टी यसको घोर विरोध तथा तीव्र भत्र्सना गर्दछ र बेपत्ताहरूको तुरुन्तै खोजी तथा उद्धार गरोस् भन्दै हाम्रो पार्टी नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :