संसदीय संशोधनवादबाट विद्रोह गर्न युरोप र मध्यपूर्वबासी क्रान्तिकारीलाई नेकपा (बहुमत) को आह्वान

संसदीय संशोधनवादबाट विद्रोह गर्न युरोप र मध्यपूर्वबासी क्रान्तिकारीलाई नेकपा (बहुमत) को आह्वान

काठमाडौँ : नेकपा (बहुमत) अन्तर्राष्ट्रिय विभागले संसदीय संशोधनवादबाट विद्रोह गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि जारी क्रान्तिकारी आन्दोलन र त्यसको नेतृत्व गरिरहेको नेकपा (बहुमत) मा लामबद्ध हुन आह्वान गरेको छ ।

पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य पाभेलले ‘युरोप र मध्यपूर्वका क्रान्तिकारीहरूलाई अपिल’ प्रकाशित गर्दै विप्लव समूह दार्शनिक रूपमा सारसङ्ग्रहवाद, राजनीतिक रूपमा संसदीय संशोधनवाद, साङ्गठनिक रूपमा निषेधात्मक अधिभूतवाद, सङ्घर्षका हिसाबले आत्मसुरक्षावाद र आर्थिक हिसाबले जुझारु अर्थवादमा पतन भएपछि यसअघि पार्टीका तर्फबाट युरोप र मध्यपूर्व हेर्नेहरूमा विचलन देखिएकाले विद्रोह गर्दै क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुन आह्वान गरेका छन् ।

पाभेलद्वारा जारी अपिलमा भनिएको छ, ‘नेपाली कम्युनिस्ट आन्दोलन र शोषित–उत्पीडित जनताको मुक्तिका खातिर संसारभर छरिएका नेपाली श्रमजीवीहरू सङ्गठित हुँदै आएको कुरा सर्वविदितै छ । विप्लव समूह दार्शनिक रूपमा सारसङ्ग्रहवाद, राजनीतिक रूपमा संसदीय संशोधनवाद, साङ्गठनिक रूपमा निषेधात्मक अधिभूतवाद, सङ्घर्षका हिसाबले आत्मसुरक्षावाद र आर्थिक हिसाबले जुझारु अर्थवादमा पतन भएपछि पार्टीका तर्फबाट युरोप र मध्यपूर्व हेर्ने नेतृत्वका साथीहरूमा विचलन देखिएको छ । त्यहाँका क्रान्तिकारी साथीहरू र कमरेडहरूलाई नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सम्पर्कमा आई मोर्चाहरू सञ्चालन गर्न, पार्टी शाखा सक्रिय बनाउन र नयाँ ठाउँमा सङ्गठन बनाउन पार्टी विशेष अपिल गर्दछ ।’ अपिलको पूरा पाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :