कतार मोर्चाको भेलाले गर्यो कार्यसमितिको पुनर्गठन

कतार मोर्चाको भेलाले गर्यो कार्यसमितिको पुनर्गठन

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा कतारले अक्टोबर ३० मा केन्द्रीय भेला गरी कार्यसमिति पुनर्गठन गरेको छ ।

पुनर्गठित कार्यसमितिमा अध्यक्ष जयकिशोर पोद्दार, उपाध्यक्ष जमुना श्रेष्ठ, महासचिव रविन पुन, सचिवहरू किरण पुर्जा, सचिव देवबहादुर भर, कोषाध्यक्ष मनोजकुमार शाह र सदस्यहरू कमल खड्का, कमल पुन, सुवन्ता पौडेल, नोमबहादुर ओली, विकास थापा, गणेश जीसी, रमेश श्रेष्ठ, लक्ष्मण बागदास, विष्णुप्रसाद ज्ञवाली, सन्देश केसी, दीपेन्द्र ठाकुर, सन्तोष बर्देवा, कामना श्रेष्ठ, सञ्जीव थापा र अच्युत थापा रहेको मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

मोर्चाले गत २०१९ अगस्त २३ तारिखमा सातौँ अधिबेशन सम्पन्न गरेको थियो । उक्त अधिवेशनले जयकिशोर पोद्दारकै नेतृत्वमा २७ सदस्यीय केन्द्रीय समितिको चयन गरेको थियो ।

केन्द्रीय समितिका सल्लाहकार रमेश गिरीको प्रमुख आतिथ्य तथा अध्यक्ष जयकिशोर पोद्दारको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन कोषाध्यक्ष रविन पुनले गरेका थिए । भेलामा सल्लाहकार रेशम पौडेल र श्रीकृष्ण भट्टराई अतिथिका रुपमा उपस्थित थिए ।

केन्द्रीय सदस्य मनोज शाहको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा सल्लाहकार प्रमुख रमेश गिरी, सल्लाहकार भट्टराई र पौडेलले प्रशिक्षणात्मक मन्तव्य दिएका थिए । प्रशिक्षणकै क्रममा प्रमुख अतिथिले देश एमसीसीमार्फत विदेशी फौजहरूको युद्धमैदान बन्दै गएकाले विदेशमा रहेका युवाहरू राष्ट्रिय भावनाले ओतपोत हुँदै स्वदेशको रक्षामा खटिनुपर्ने बताए ।

भेलाले जयकिशोर पोद्दारको नेतृत्वमा तीन सदस्य पछि थप गर्ने गरी २५ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन गरेको जनाइएको छ । मोर्चा इतिहास तथा समसामयिक अवस्थाबारे प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष पोद्दारले भेला समापन गरेका थिए । मोर्चाले केन्द्रीय सल्लाहकार समिति यथावत् रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :