गिरफ्तार गरिएका नेता–कार्यकर्ता तत्काल रिहा गर : पाटन जङ्गली

गिरफ्तार गरिएका नेता–कार्यकर्ता तत्काल रिहा गर : पाटन जङ्गली

काठमाडौँ : नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपालले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य प्रबिनलाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ । युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले कैलालीको धनगढीबाट २०७७ कात्तिक १५ गते प्रबिनलाई गिरफ्तार गरी बेपत्ता पारेको भन्दै तत्काल सार्वजनिक गरी निःसर्त रिहाइको माग गरेका छन् ।

विज्ञप्तिमा युवा सङ्गठनका अध्यक्ष पाटनले वर्तमान केपी सरकार जनताका समस्या समाधान गर्नबाट पछि हटेको भन्दै आपत्विपद्मा जनताले पाउनुपर्ने र गर्नुपर्ने दायित्वबाट सरकार पन्छिएको र जनताका समस्याहरु हल गर्नेभन्दा पनि भ्रष्टाचारीको संरक्षण तथा कुर्सीको खेलमा लिप्त भएको उल्लेख गरेका छन् ।

युवा अध्यक्ष पाटनको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो असफलतालाई ढाकछोप गर्न देशैभरि हाम्रा नेता–कार्यकर्ता तथा जनतामाथि व्यापक धरपकड, गिरफ्तारीका साथै सङ्कटकालको झल्को दिने गरी गाउँ अप्रेसन गरी जनताको ध्यान अन्यत्र मोड्न खोज्नुले सरकार पूर्ण रूपमा असफल भयको पुष्टि हुन्छ । तसर्थ कथित दलाल सरकार जनताका आवाजहरुलाई कुल्चिँदै दमनको बाटो अवलम्बन गरी आफ्नो लुटको सत्ता बचाउने कुचेष्टा गरिरहेको छ । यसप्रकारका दमनले देशलाई जबर्जस्ती युद्धमा धकेल्ने निश्चितप्रायः छ भने यसको पूर्ण जिम्मेवार केपी सरकार हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :