कमाएर तिघ्रा कहाँ पार लाग्छ यात्रा !

कविता

दुईचार भेल–बाढी नतरेको जीवन के जीवन ?
दुई–चार युद्ध नझेलेको जीवन के जीवन ?
एकतमासको जीवन त गँड्यौलाले पनि बिताउँछ
दस–बीस उल्झन नसल्ट्याएको जीवन के जीवन ?!

जुन बाटो काटियो त्यसमा पनि कुनै पश्चाताप छैन
जुन बाटो काट्नु पर्नेछ, त्यो पनि स्वीकार्य छ गौरवसाथ नै
नियति मान्दिनँ, जारी छ नियतसँगको भीषण सङ्घर्ष
सङ्घर्षकै लागि सदा तयार जीवनसँग कुनै गुनासो छैन ।

बरु जसले तर्न पाएनन्स/केनन् यी जँघारहरू
थकथकी र पश्चाताप त तिनलाई हुनेछ
काट्नैपर्ने उकाला र पहाड नकाटेको/काट्न नसकेकोमा
मर्नु ग्लानिबोध त तिनलाई हुनेछ ।

जो हिँड्छ हिम्मत गरेर, उसले पार गर्ने हो यात्रा
नहिँड्नेको त पूरै बाँकी रहन्छ
आखिर पार लगाउनै छ यो विभेदपूर्ण थितिलाई
कमाएर तिघ्रा कहाँ पार गरिन्छ यो अनिवार्य यात्रा !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :