क्रान्ति–बाटो सफल हुन्छ, त्याग्नु हुँदैन

गीत

घुम्ती–मोड आइराख्छन्– भुल्नु हुँदैन
जहाँ जाने गाडी पायो चढ्नु हुँदैन ।

मोड–घुम्ती छिचोलेरै भेदन हुन्छ लक्ष्य
यात्रा अघि बढिरे’छ थाक्नु हुँदैन ।

मोडैपिच्छे, घुम्तीपिच्छे रुक्नु हुँदैन
बाधा–अड्चन आउँछन् पक्का, झुक्नु हुँदैन ।

जीवन–लक्ष्य– बाटो रोज्ने काम आफ्नै हो
जोसुकैको लहैलहैमा लाग्नु हुँदैन ।

उकाली र ओराली त साथसाथै हुन्छन्
थोरै कष्ट पाउनासाथ भाग्नु हुँदैन ।

‘यो बाटो कि त्यो बाटो…’ धर्मरिनु हुँदैन
क्रान्ति–बाटो सफल हुन्छ, त्याग्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :