क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको संयोजकमा पोषकान्त चापागाईँ

नवलपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको नगर समिति एकता भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले पोषकान्त चापागाईँको संयोजकत्वमा ३ जना पछि थपिने गरी १२ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

एकता भेलामा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक अनुकुल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महाधिवेशन आयोजक समिति सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज बन्दना, सह–संयोजक विशाल, सह–संयोजक प्रतापले शहिदको बलिदानी सम्झेर श्रद्धाञ्जली अर्पण गर्दै आ–आफ्ना मन्तव्यले प्रशिक्षण दिएका थिए ।

उक्त भेलाको अन्त्यमा सभापतित्व तथा सञ्चालन गरेका नगर संयोजक पोषकान्त चापागाईँले क्रान्तिलाई थप उचाइँमा पुर्याउन जनताका जनजिविकाका सवालमा अभूतपूर्व कदम चालिने प्रतिबद्धतासहित कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :