फिलिपिन्स कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष जोसे मारियाको निधनप्रति बहुमतद्वारा शोक व्यक्त

फिलिपिन्स कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष जोसे मारियाको निधनप्रति बहुमतद्वारा शोक व्यक्त

काठमाडौँ : फिलिपिन्स कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष जोसे मारिया सिसनको ८३ बर्षको उमेरमा यही डिसेम्बर १६ मा भएको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले शोक व्यक्त गरेको छ । पार्टीका संयोजक कञ्चनले आइतबार एक शोक वक्तव्य जारी गर्दै सिसनको निधनबाट शोक सन्तप्त फिलिपिनी जनता र कम्युनिस्ट पार्टीप्रति समवेदना व्यक्त गरेका हुन् । विज्ञप्तिमा जोसे मारिया एक मार्क्सवादी–लेनिनवादी–माओवादी नेता रहेको र उनको विश्व कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान रहेको उल्लेख छ ।

शोक वक्तव्यको पूरा पाठ….

विश्व सर्वहारा वर्गको एक टुकडि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) फिलिपिन्स कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष जोसे मारिया सिसनको ८३ बर्षको उमेरमा यही डिसेम्बर १६ मा भएको निधनप्रति गहिरो शोक व्यक्त गर्दछ । उहाँ बिरामी भई दुई हप्तादेखि हल्याण्डको उटरेट शहरमा रहेको अस्पतालमा भर्ना हुनुहुन्थ्यो ।

जोसेमारिया सिसन अमेरीकी साम्राज्यवादका बिरुद्ध फिलिपिनी जनताको एकताका लागि क्रान्तिकारी बाटोमा निरन्तर अघि बढिरहनुभएको थियो । यही कारण उहाँ फिलिपिनी शासकको दमनमा परि लामो समयदेखि निर्वासनमा रहनुभएको थियो । विश्व कम्युनिस्ट आन्दोलनमा जोसे मारिया सिसनको वैचारिक राजनीतिक सङ्घर्षमा महत्वपूर्ण योगदान रहेको छ । एकजना मार्क्सवादी–लेनिनवादी–माओवादी नेता गुमाउनु पर्दा हामी दुःखित छौँ । हाम्रो पार्टी उहाँको निधनबाट शोक सन्तप्त फिलिपिनी जनता र कम्युनिस्ट पार्टीप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :