अनियन्त्रित बस चलाउने चालकलाई कार्वाही गर्न क्रान्तिकारीको माग

अनियन्त्रित बस चलाउने चालकलाई कार्वाही गर्न क्रान्तिकारीको माग

कन्चनपुर : कन्चनपुरको बेदकोटमा बसको टक्करबाट विद्यार्थीको मृत्यु भएको घट्नालाई लिएर अखिल (क्रान्तिकारी) कन्चनपुरले दोषीमाथि कार्वाहीको माग गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै क्रान्तिकारीका कञ्चनपुर जिल्ला संयोजक विरेन्द्र नाथले अनियन्त्रित तरिकाले बस चलाउने चालकलाई कार्वाही गर्न माग गरेका छन् । विज्ञप्तिमा उक्त घटना प्रति संगठन स्तब्ध भएको भन्दै मनोमानी तरिकाले बस चलाउने बस चालक सन्तोष ऐरलाई आवश्यक कार्वाहीको माग गरिएको छ । साथै क्रान्तिकारीले मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिन माग समेत गरेको छ । शुक्रबार बिहान महाकाली बस व्यवसायी समितिको ना ७ ख ६५५२१ नम्बरको बसले ठक्कर दिदा विद्यालय गईरहेका बेदकोट नगरपालिका वडा नम्बर ६ सिसैया घर भई श्री कञ्चन बिद्यामन्दिर बिद्यालय स्नातक पहिलो बर्षमा मा अध्यनरत बर्ष २१ का कवि राज बैजको मृत्यु भएको क्रान्तिकारीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :