नेकपा (बहुमत) द्वारा आशिकादेवी चन्दप्रति हार्दिक श्रद्धाञ्जली

नेकपा (बहुमत) द्वारा आशिकादेवी चन्दप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी, नेकपाका तत्कालीन पोलिटब्युरो सदस्य वीरजङ्ग, उक्त पार्टीका वर्तमान महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तथा जयेन्द्र चन्दकी आमा आशिकादेवी चन्दप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । प्रवक्ता सुदर्शनले शनिबार श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै आमा आशिकाको निधनले शोकसन्तप्त चन्द परिवारमा गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।

प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘महान् जनयुद्धका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी, नेकपाका तत्कालीन पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, उक्त पार्टीका वर्तमान महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तथा जयेन्द्र चन्दकी आमा आशिकादेवी चन्दको ९६ वर्षको उमेरमा शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको खबरले हाम्रो पार्टीलाई दुःखी बनाएको छ । हाम्रो पार्टी आमा आशिकादेवी चन्दप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै शोकसन्तप्त चन्द परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :