जनगणतन्त्र कोरियाद्वारा संयुक्त सैन्य अभ्यासविरुद्ध दर्जनौँ मिसाइल प्रक्षेपण

जनगणतन्त्र कोरियाद्वारा संयुक्त सैन्य अभ्यासविरुद्ध दर्जनौँ मिसाइल प्रक्षेपण

काठमाडौँ : आफूलाई संसारको शक्तिशाली बनाइराख्न चाहने साम्राज्यवादी अमेरिका र त्यसको कठपुतली दक्षिणकोरियाले हालै संयुक्त सैन्य अभ्यास गरेपछि जबाफमा जनगणतन्त्र कोरियाले दर्जनौँ (नेपालस्थित जनगणतन्त्र कोरियाली दूतावासका अनुसार असीभन्दा बढी) ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । दुई देशले संयुक्त रूपमा आफू लक्षित सैन्य अभ्यास गरेपछि जनगणतन्त्र कोरियाले सम्भावित खतराबाट बच्न जबाफमा मिसाइल अभ्यास गरेको हो । जनगणतन्त्र कोरियालाई लक्षित गरेर अक्टुबर ३१ देखि नोभेम्बर ५ सम्म अमेरिका र दक्षिणकोरियाले संयुक्त हवाई सैन्य अभ्यास गरेका थिए । त्यसका विरुद्ध तत्क्षण जनगणतन्त्र कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।
हालै जनगणतन्त्र कोरियाली जनसेनाकोे सैनिक कारबाहीसम्बन्धी जनरल स्टाफको रिपोर्टमा अमेरिका र दक्षिणकोरियाले आफू लक्षित सैन्य अभ्यास गरेको र त्यसमा सेनाका विभिन्न विभागहरूलाई सक्रिय बनाइएको उल्लेख छ । त्यसका लागि आफ्नो देशमाथि हुने खतरालाई ध्यानमा राखेर जनगणतन्त्र कोरियाले आफ्नो सैन्य शक्तिलाई तयारीमा राख्दै जबाफमा दर्जनौँ मिसाइल परीक्षण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :