विप्लवका दलिलहरू– २

विप्लवका दलिलहरू– २

क्रान्तिकारी लक्ष्य, भावना र उत्सर्गको विसर्जन भैसकेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विसर्जित हुनु अनिवार्य थियो र विसर्जित पार्टी विप्लव–प्रकाण्ड गुटमा परिणत हुनु अनिवार्य थियो, भयो पनि । क्रान्तिकारी प्रतिष्ठा, जनताको विश्वास समाप्त भएपछि त्यो गुटमा आक्रोशको राग उम्लिएको छ, नक्कली अहंकारले राज गरेको छ र विक्षिप्त मनोदशा शरीरमा एसिडझैँ फैलिएको छ । उनले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) विरुद्ध जे वाणीहरू बौछार गरेका छन् त्यसले उनको मानसिक हीनता, निकृष्ट संस्कृति, कुण्ठा र वितृष्णाको भारी बोकेको छ । यसको अन्तिम परिणाम भनेको आपराधिक हर्कतमा उत्रनु हो । उनका हर्कतहरू अहिले त्यही दिशामा बढेका छन् ।

लेखक : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

विप्लवले आफ्ना निम्नपुँजीवादी रोमाञ्चवादी सम्पूर्ण औकात बिर्सिएर ‘गद्दार लिनपियाओवादी चरित्र बोकेका वाम आवरणका अवसरवादी–अराजकतावादी…हरूले हमला गरे’ भनेका छन् । गद्दार लिनपियाओवादको प्रसङ्ग चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा देखापर्छ । लिनपियाओ तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीका उपाध्यक्ष थिए जतिबेला माओ त्सेतुङ अध्क्षक्ष हुनुहुथ्यो । उनी ती व्यक्ति थिए जसले माओको हत्या गर्ने योजना बनाएका थिए । माओका विरुद्ध गरिएको त्यो घटनाको पछि प्रतीकात्मक रूपमा नेतृत्वका विरुद्ध हमला गर्ने प्रवृत्तिलाई लिनपियाओवादी भत्रे गरिन्छ । यसका दुई अर्थ हुने गर्छन् : पहिलो अर्थ जुन हमला भएको छ त्यो अन्यायपूर्ण हो र दोस्रो अर्थ जसमाथि हमला हुन्छ त्यो माओकै हैसियत राख्ने व्यक्ति हो । विप्लवले अपनाएको सम्पूर्ण राजनीतिक चरित्र, उनका कतिपय विद्रोह र पेट्टी बुर्जुवा रोमान्टिस्ट कारबाहीहरूको कसीबाट विप्लवलाई जाँचेर हेर्ने हो भने विप्लव स्वयम् लिनपियाओवादी हुन् भत्रे प्रमाणित हुन्छ ।

यसमा पहिलो कुरा, हामीले प्रचण्डसँग विद्रोह गर्दा नेपाली क्रान्तिको वैचारिक, दार्शनिक, राजनीतिक र साङ्गठनिक समस्या समाधान गर्ने उद्देश्यले पार्टी पुनर्गठन गरेका थियौँ । नेपाली क्रान्तिको समस्या समाधान गर्ने नेपाली कम्युनिस्ट नेतृत्वले वैचारिक, राजनीतिक, दार्शनिक क्षेत्रमा चुक्ने गरेका खाईहरू, आउने गरेका विचलनका बिन्दु पहिल्याउने र त्यसबाट बच्ने विधिहरूको विकास गर्ने उद्देश्य थियो । परन्तु पार्टी अलग भैसकेपछि विप्लवसँगको लामो सहकार्यबाट स्पष्ट हुँदै आयो– उनको पार्टी पुनर्गठन गर्नुको उद्देश्य प्रतिशोध पूरा गर्नु थियो । हुन पनि त्यति बेला प्रचण्ड र त्यहाँ भएका साथीहरूले विभित्र आर्थिक, राजनीतिक प्रलोभनका कारण पार्टी फुटाएको आरोप लगाउने गरेका थिए । त्यस आरोपको एउटा पुष्टि वादलहरूको संसद्वादप्रति भएको पुनर्एकताले गरिसकेको छ । दोस्रो पुष्टि हेर्न हामीले विप्लवका बानी–बेहोरा, विचार र दृष्टिकोणहरू नै हेर्नुपर्छ । विप्लवले धेरैजसो समयमा जसरी प्रचण्डले पैसा जम्मा गरेको, जनमुक्ति सेनाको पैसा लुकाएको, जीवन आलिसान बनाएको बारे छलफको एजेन्डा बनाउने गर्थे, त्यसको तुलनामा माओवादी नेतृत्वमा जनवादी गणतन्त्र स्थापना गर्ने अवस्थामा पुगेको जनयुद्ध किन असफल भयो, त्यसमा कुन–कुन शक्ति र कुन–कुन बाध्यताले काम गर्यो र यसप्रकारको बाध्यता हाम्रो अगाडि खडा हुनसक्छ कि सक्दैन भत्रे विषय कमै एजेन्डा हुने गर्थे र माओवादी आन्दोलनमा देखापरेका राजनीतिक, वैचारिक र दार्शनिक समस्याका विषयमा खासै ध्यान पुग्दैनथ्यो । संसद्वाद र माक्र्सवादबीच भेद छुट्ट्याउन नसक्नेले पार्टी फुटाउनु; पार्टी बनिसकेपछि हमेसा जुझारु अर्थवादमा ध्यान दिनु (जसअन्तर्गत आन्दोलनलाई सुधारवादी कार्यनीतिमा घुमाउनु र पार्टी र आन्दोलनको दुरुपयोग गर्दै पार्टीको प्रतिष्ठालाई चन्दाको मोलमोलाइमा गिराउनु हुन्छ); राजनीतिक हिसाबले चुनावमा भाग लिँदै संसद्‌वादमा आत्मसमर्पण गर्नु र त्यसमा अहिले संसद्‌वादमा पतन भए पनि कुनै समयमा जनवादी गणतन्त्रका लागि लडेको प्रचण्डलाई हराउन सम्पूर्ण रूपले माओवादी आन्दोलन, क्रान्ति र जनताविरुद्ध लागेका एमाले र काङ्ग्रेससँग चुनावी गठजोड गर्नुले उनको राजनीतिक भित्रता एमाले, काङ्ग्रेस र माकेभन्दा फरक रहेन भत्रे कुरा प्रस्ट भएको छ । विप्लवको पनि सुधारवादी राजनीति हुने, भित्र तरिकाले सम्पत्ति कमाउनकै लागि उस्तै सुधारवादी राजनीति अँगालेका प्रचण्डका विरुद्ध पार्टी फुटाएको हो भने र सम्पत्तिमै हालीमुहाली गरेको प्रतिशोधमा कैलालीमा बम हात्र लगाएको हो भने वास्तविक लिनपियाओवादी विप्लव भएको होइन ? के विप्लवले यो ऐतिहासिक तथ्यको हेक्का राखेका छन् ? आगामी दिनहरूमा शब्द चयन र वाक्य गठनमा विप्लवले ध्यान दिऊन् ।

अब आउँछ अरूलाई लिनपियाओवादी भनेर आफू माओ स्तरमा भएको दाबी गर्ने प्रसङ्ग । माओ महान् मार्क्सवादी–लेनिनवादी हुनुहुन्थ्यो जसको योगदानले मार्क्सवाद–लेनिनवादलाई मार्क्सवाद–लेनिनवाद–माओवादमा विकास गरेको छ । यो सबैका अगाडि प्रस्ट छ । उहाँका बारेमा यहाँ धेरै उल्लेख गर्न आवश्यक छैन । तर आफैँलाई माओको स्तरमा निर्लज्ज रूपमा दाँज्ने विप्लव को हुन ? विप्लव पहिलो कुरा प्रचण्डले त्यति बेला ठाउँ नदिएको कारण प्रतिशोधमा उभिएका रहेछन् भत्रे कुरा यो एक दशकको आन्दोलन र अनुभवले प्रमाणित गर्यो । विप्लव राजनीतिक हिसाबले संसदीय संशोधनवादी, दार्शनिक हिसाबले सारसङ्ग्रहवादी, वैचारिक हिसाबले दक्षिणपन्थी अवसरवादी, सङ्गठनात्मक हिसाबले निरङ्कुशतावादी अधिभूतवादी, आन्दोलनका हिसाबले जुझारु अर्थवादी, मनोवैज्ञानिक स्वभावका हिसाबले निम्नपुँजीवादी रोमाञ्चवादी हुन् भत्रे तथ्य पनि यो एक दशकको आन्दोलन र अनुभवले सिद्ध गरेको छ । यसप्रकारको व्यक्तिले आफैँलाई माओसँग दाँजेर प्रस्तुत गर्नु विप्लवको बच्कना बालरोग हो । त्योभन्दा अझ अगाडि बढेर विप्लवले लेखेका छन्, ‘त्यति मात्र होइन, उनीहरूको यो षड्यन्त्रकारी हमलाभित्र बाकुनिन, कामेनेव, जिनोवेब, खु्रस्चोभका प्रसस्त अन्तरघाती जीवाणुहरू चल्मलाइरहेका देखिन्छन् ।’ क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने कञ्चन ख्रुस्चोभ हो कि क्रान्तिकारी पार्टीलाई संसदीय राजनीतिमा धकेल्ने विप्लव ? ख्रुस्चोभ, कामेनेव, जिनोवेबको नेपाली रूप त ती विप्लव–प्रकाण्डमा औतारिएको हो जसले क्रान्तिकारी पार्टीलाई संसद्‌वादी राजनीतिमा पतन गराउँदै विप्लव–प्रकाण्ड गुटमा सीमित गरे । भनिरहन आवश्यक छैन– विप्लव–प्रकाण्डहरूले अहिले २१ औँ शताब्दीमा त्यही लाइन पकडेका छन्, जुन १९ औँ र बीसौँ शताब्दीका संशोधनवादीहरूले अपनाएका थिए जसरी अहिले विप्लवले मार्क्सवाद २०० वर्ष पुरानो भैसक्यो, अब नयाँ दर्शन र राजनीति चाहिन्छ भन्दै सुधारवाद र संशोधनको बाटो समातेका छन् । त्यसैले उनीहरू मार्क्सवाद–लेनिनवाद–माओवाद होइन, बाकुनिनवाद, कामेनेववाद, जीनोवेववाद, ख्रुस्चोभवाद, तेङवाद वा भनौँ चाउचेस्कुवादका अनुयायी बत्र पुगेका छन् । यसरी दक्षिणपन्थी भासमा जाकिएको विप्लवले अरूलाई जिनोवेब, कामेनेव भनेर आफूलाई लेनिनको स्तरमा देखाउने चेष्टा गर्नु आफैँमा हास्यास्पद हो ।

विप्लवको मनोगतवाद, रोमान्टिक्स, काल्पनिक स्वेरतरलता एवम् मानसिक सनकले अधिभूतवादी मूल्याङ्कन गर्दै माओ र लेनिनसँग तुलना गरे पनि अहिलेकै लागि वस्तुवादी तरिकाले तुलना गर्ने हो भने विप्लवको मिल्दोजुल्दो प्रवृत्तिका हिसाबले सटिक प्रकारले दाँज्ने हो भने बिरप्पनसँग दाँज्नु वस्तुपरक हुन्छ, बिल्कुल स्वाभाविक हुन्छ । राजनीतिक तथ्यहरूले प्रमाणित गर्नसक्ने कुरा के हो भने विप्लवका तमाम गुणहरू बिरप्पनसँग मिल्दाजुल्दा छन् । बिरप्पन एक्लै जङ्गलमा बस्न रुचाउँथे, विप्लव त्यस्तै रुचाउँछन् । बिरप्पन राजनीतिलाई गौण र हतियारलाई प्रमुख बनाउँथे, विप्लव पनि राजनीतिलाई गौण र हतियार नै प्रमुख मान्छन् । बिरप्पन हतियारको बलमा सामन्तको सम्पत्ति लुटपाट गर्थे, विप्लव पनि त्यसै गर्न रुचाउँछन् । बिरप्पन समाजवाद भन्थे, विप्लव पनि समाजवाद नै भन्छन् । बिरप्पन निमुखा जनताको सेवा गर्नुपर्छ भन्थे, विप्लव पनि त्यस्तै भत्र रुचाउँछन् । बिरप्पनले पुँजीवादी हुँदाहुँदै पनि र चुनावमा भाग लिन चाहँदाचाहँदै पनि राज्यका कारण भारतमा हुने सबै चुनावहरू बहिष्कार गरेका थिए, विप्लव पनि राज्यका कारण चुनाव बहिष्कार गर्न विवश भएका छन् । यिनै कारण र तथ्यहरूको कसीमा जाँचपडताल गर्ने हो भने यति बेलाका सन्दर्भमा, यति बेला विकास भएको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा, वैज्ञानिक निष्कर्षसहित भत्र मिल्छ : विप्लव प्रवृत्तिबराबर बिरप्पन प्रवृत्ति हुन्छ अथवा बिरप्पन प्रवृत्तिबराबर विप्लव प्रवृत्ति हुन्छ ।

यी त भए विप्लव र बिरप्पनबीच मिल्ने तथ्यहरू । जसरी वस्तुको विकासका सन्दर्भमा केही अपवाद पैदा हुन्छन् त्यस्तै गरी विप्लव र बिरप्पनका बीचमा केही अपवाद अवश्य छन् । उनीहरूका बीचको मिल्ने प्रवृत्तिका बाबजुद नमिल्ने एउटा गुण छ । बिरप्पन सामन्तबाट लुटेको सम्पत्ति गरिबहरूमा वितरण गर्थे, विप्लव भने सबै आफैँले कुम्ल्याउन चाहन्छन् । यी ज्यामितीय तथ्यहरूले पुष्टि गर्छन्– विप्लवले त्यति बेला प्रचण्डबाट पार्टी फुटाउन हामीसँग जुन सहकार्य गरे त्यो प्रचण्डका विरुद्ध विद्रोह थिएन, त्यो उनको लिनपियाओवादी कमजोरी थियो । हामीले त १२ औँ केन्द्रीय समितिको बैठकमा उनको प्रस्ताव खारेज गर्न बहस गर्याैँ, विप्लवलाई गलत कार्यनीति परित्याग गर्न प्रोत्साहित गर्यौँ, विप्लवले गलत नीति सच्याएबापत हामीले आभार प्रकट पनि गर्यौँ, पार्टीलाई एकताबद्ध बनाएर जनवादी केन्द्रीयताका आधारमा विप्लवको नेतृत्वमा पार्टीका कामहरूलाई शिखरमा पुर्याउने वचनबद्धता गर्यौँ अनि जब विप्लवले ११ दिनको बहस, केन्द्रीय सदस्यहरूको जनवादलाई लत्याएर पराजित भएको उनको संसद्‌वादपरस्त कार्यनीति व्यवहारमा लागू गरे त्यसपछि पनि हामीले उनलाई आत्मालोचना गर्न प्रस्ताव गर्यौँ । १ सेकेन्ड भए पनि कारबाहीमा बस्न र जनताको दृष्टिमा विप्लव भनेको अनुशासित नेता हो भत्रे स्थापित गर्न प्रस्ताव गर्यौँ । यी सबैका बाबजुद विप्लव–प्रकाण्डको यात्रा संसद्‌वादको दिशामा पतन भएपछि हामीले खुला तरिकाले, तीव्र गतिमा, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सबै विरासतहरूमा नयाँ आयाम थप्दै विप्लव गुटलाई पार्टीबाट निष्कासन गर्यौँ र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पुनर्गठन गर्यौँ । यो विद्रोहलाई लिनपियाओवाद भत्रु विप्लवको जडसूत्रवाद हो, कुण्ठा भरिएका पीडाहरू हुन्, आक्रोश, अहंकार र विक्षिप्तताको बराही–क्रन्दन (बराह अर्थात् सुँगुर; बराही अर्थात् सुँगुर प्रकृतिको) हो । यो गुटले कम्युनिस्ट नैतिकताका सामान्य मूल्यहरूसमेत उल्लङ्घन गरेपछि, सबै ठाउँमा अनुशासनमाथि पूरापूर धोती लगाएपछि, आडम्बरी अजीर्णताको पराकाष्टा देखाएपछि, अराजकताको ताण्डव नृत्य देखाएपछि र सचेत रूपमा संसदीय राजनीतिमा प्रवेश गरेपछि हामीले उनको यो गुटलाई पार्टीबाट निष्कासन गरेर पार्टी पुनर्गठन गरेका हौँ । यी तथ्यहरूलाई विप्लवका कुनै पनि भावनात्मक र मनोगत तर्कले विस्थापित गर्न सक्दैन ।

यो अवस्थामा विप्लवका लागि अझै पनि अपवादका रूपमा के हुनसक्छ भने उनले वैचारिक, राजनीतिक, दार्शनिक खोटलाई विनम्रतापूर्वक सच्याए भने यी सबै तथ्यहरू उल्टिन सक्छन् । यो द्वन्द्ववादी नियम हो र यसलाई हामीले कदाचित नजरअन्दाज गर्नु हुँदैन । तसर्थ हाम्रा लागि विप्लवले आफ्ना राजनीतिक, वैचारिक कमजोरीहरू सच्याउनु ठूलो शुभेच्छा हुनेछ ।

विप्लवले आफ्नो लेखमा भनेका छन्, उनले गरेको ‘महाधिवेशन’ ले विप्लवको ‘सही विचारको (शब्दमा जोड मेरो) रक्षा गर्न मूलभूत रूपले सफल भएको छ ।’ यहाँ विप्लवका लागि सही विचार के हो ? उनको सही विचार भनेको त्यही हो जो माथि उल्लेख गरिएको छ । उनको महाधिवेशनले जुन हटाउनुपर्ने विचार हो, जसमा शुद्धीकरण गर्नुपर्ने हुन्थ्यो, जसमा उनले दुनियाँले बुझ्ने गरी आत्मालोचना गर्नुपर्ने हुन्थ्यो त्यही कुरा रक्षा गर्न सफल हुनु यो केवल दुनियाँका लागि उदेकको विषय मात्र होइन, स्वयम् विप्लवका लागि पनि लज्जास्पद विषय हो ।

अब आउँछ विप्लवको चुनाव बहिष्कारको कुरा । चुनावको बहिष्कार गर्नेबित्तिकै क्रान्तिकारी होइन्छ भत्रु गलत कुरा हो । विश्वका तमाम देशहरूमा र नेपालमै पनि तमाम पुँजीवादीहरू, संसद्‌वादीहरूले परिस्थिति नमिलेको अवस्थामा चुनाव बहिष्कार गर्दै आएका छन् । त्यसको पछिल्लो नमुना नेपालका तमाम ढुलमुल राजनीतिक पार्टीहरू र स्वयम् विप्लव–प्रकाण्ड गुट हो जो संसदीय चुनावमा जान चाहेर पनि, उनको विचारमा, जान राज्यले निषेधको व्यवहार गरेका कारण भाग लिन असम्भव भयो । विप्लवले उनको निबन्धमा भनेका छन्, ‘पार्टीले असोज १ ऐतिहासिक नवौँँ महाधिवेशन काठमाडौँमा उद्घाटन गर्दैछ र तयारी धुमधामसँग हुँदैछ अनि साउन २२ बाट सङ्घ र प्रदेशको चुनावमा भाग लिन चाहने दलहरूले दल दर्ता गर्नु पर्नेछ, पार्टीले आन्तरिक र मित्रशक्तिसँग छलफल गर्दैछ । यो सबैलाई हेरेर मालिकहरूलाई खुसी पार्ने, महाधिवेशनलाई बिथोल्ने र पार्टी चुनाव उपयोगका पक्षमा जानै चाहे पनि भाग लिन नसक्ने बनाउने उद्देश्यका साथ घटना घटाइएको छ ।’ संसदीय चुनावमा भाग लिन नपाउनुको अरण्य रोदन हो यो विप्लवको । चुनावको बहिष्कार राजनीतिक हो कि प्रतिशोध ? यो राजनीतिक नभएर प्रतिशोध हो भत्रे तथ्य तलको वाक्यले स्पष्ट गर्छ । उनले भनेका छन्, ‘यो खेलमा मुख्यतः माके र काङ्ग्रेस संलग्न देखिन्छन् ।’

उनका भनाइहरूलाई विचार गरौँ : साउन २२ बाट सङ्घ र प्रदेशको चुनावमा भाग लिने पार्टी र दलहरूले दल दर्ता गर्नु पर्नेछ । विप्लव–प्रकाण्ड गुट पनि चुनावमा जानुपर्ने भएकाले त्यो समयावधिमा दर्ता गर्नु पर्नेछ किनकि दर्ता नगरीकन, संविधान, नियम, कानुनप्रति सम्पूर्ण रूपले समर्पित नगरीकन र दलाल पुँजीवादी संसदीय व्यवस्थालाई संस्थागत गर्ने प्रतिबद्धतामा सहीछाप नगरीकन चुनावमा भाग लिन पाइँदैन । त्यसका लागि उनको गुटले एक्लै संसदीय राजनीतिमा स्थान बनाउन नसक्ने भएपछि मित्रशक्तिहरूसँग अथवा आहुती, ऋषि कट्टेल, कर्णजित बुढा, केपी ओलीलगायत सङ्गठनहरूसँग छलफल गर्नैपथ्र्यो । पार्टी (भनेको विप्लव–प्रकाण्ड गुट) चुनाव उपयोगका पक्षमा जानै चाहे पनि भाग लिन नसक्ने बनाउने उद्देश्यका साथ घटना घटाइयो जुन घटना सरकारले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका नेताहरूमाथि वारेन्ट गरेको थियो । अब विषयहरू स्पष्ट हुँदै आउँछन्– विप्लव–प्रकाण्ड गुटको बहिष्कार के हो ? यो क्रान्तिकारी समाजवादी कार्यनीति हो कि बुर्जुवा तथा सामन्ती प्रतिशोधात्मक प्रतिगामी कार्यनीति ? उनका भनाइहरूबाटै प्रस्ट हुन्छ विप्लव उनको संसद्‌वादपरस्त राजनीतिक नीतिअनुसार संसदीय चुनावमा जान चाहन्थे, परन्तु सरकारले वारेन्ट गरेको घटना घटाएका कारण चुनावमा भाग लिन बर्जित गरिए । विप्लवले जसरी आफूलाई क्रान्तिकारी देखाउने कोसिस गरेका छन् त्यसमा कि उनलाई क्रान्तिकारी र सुधारवादी के हो भत्रे कुनै भेउ छैन कि त उनले त्यहाँ भएका तमाम साथीहरूलाई उल्लु बनाइरहेका छन् जसको श्रम र पसिनाको प्रयोग गरेर भोलिका दिनहरूमा चन्दा सङ्कलन, गिट्टी–बालुवाको व्यापार, कुटपिट, गुन्डागर्दीको रक्षा गर्नेछन् । यही क्रममा विप्लवले उनको आलेखमा भनेका छन्, ‘जरुरी पर्छ भने सम्पूर्ण दाउ थापेर पनि भिड्न सक्नुपर्छ । परिस्थितिले हामीलाई त्यही दिशातिर धकेलिरहेको छ’ र उनले ठीक त्यही गरेका पनि छन् जो उनले भनेका छन्, जसको सुरुआत नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनमाथि साङ्घातिक हमला गरेका छन् । यो हर्कत उनको विक्षिप्त मनोदशा, आपराधिक प्रवृत्ति, हीनताबोध, लघुताभास र नीचताको पराकाष्टा हो ।

क्रमशः अर्को अङ्कमा

प्रतिक्रिया दिनुहोस्